शाहको रिस बाबुराममाथि


नीर शाह सितिमिति बोल्दैनन्, बोल्नै परे भित्तै पुर्‍याएरै बोल्छन्। राष्ट्रिय चलचित्र संरक्षण मञ्चका संयोजक शाह फिल्मकर्मीको मागलाई ध्यान नदिएको भन्दै सरकारविरुद्ध नै खनिन थालेका छन्। यतिसम्म कि उनले प्रधानमन्त्री बाबुराम भट्टराईको राजनीतिक योग्यताभन्दा आफ्नो कलाकर्मको योग्यता कम नभएको समेत बताइरहेका छन्। कतै फिल्मकर्मी शाहले पनि प्रधानमन्त्रीको राजीनामै मागेका त होइनन् ?





सम्बन्धमा शंका

कहाँ भेटिएला ? की नायिका श्वेता खड्काको प्रसंग उठ्यो कि श्रीकृष्ण श्रेष्ठको नाम जोडिहाल्छ। उनी भने श्रीकृष्णलाई बिजनेस पार्टनर मात्र भन्छिन्। तर, सुख-दुःख साट्ने, फिल्मी उद्योगको सबैभन्दा नजिकका मान्छेचाहिँ श्रीकृष्ण नै हुन् उनको। श्रीकृष्णका साथी विजय नकर्मीमार्फत रजतपटमा छिरेकी श्वेताको नाम यसबीचमा अरूसँग पनि खासै जोडिँदैन। सार्वजनिक समारोहमा उनी प्रायः श्रीकृष्णसँगै देखिन्छिन्। तर, 'प्रेमीचाहिँ होइन, अरू कुराले नजिक छौँ' भन्छिन् श्वेता। यी बिजनेस पार्टनरको कुरा बुझिनसक्नु छ।





उपन्यास नै स्मिता !

मोडल भनौँ भने उनले फाट्टफुट्ट र्‍याम्प सो गरनि् होला। हिरोइन भनौँ भने कुनै फिल्म खेलेकी छैनन्। मात्र उत्तेजक तस्बिरहरू पत्रिकामा छपाएर 'ग्ल्यामरस' छवि बनाएकी स्मिता थापा केही वर्षअघि कान्तिपुर साप्ताहिकमा दिएको 'लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ' भन्ने अभिव्यक्तिसहितको अन्तर्वार्तापछि 'सेलिबि्रटी' भइन्। त्यो अन्तर्वार्ता अश्विनी कोइरालाको अन्तर्वार्ता संग्रह उनीमा पढेपछि गीतकार तथा लेखक राजेन्द्र थापालाई बुढेसकालमा यौनवादमा उपन्यास लेख्ने जोस पलायो। जोसैजोसमा झन्डै १ सय ५० पृष्ठको उपन्यास खेलौना ४० दिनमा लेखे। यो कुरो थाहा पाएपछि स्मिता खुसी नहुने कुरै भएन। उनले सो उपन्यासको नामै स्मिता राख्ने अनुमतिसमेत दिइसकिन्रे !





हिरोइनको झोला

'अनलक्की हिरोइन'को बिल्ला भिराइएकी गरिमा पन्तले अब 'झोला' भिर्दै छिन्। कृष्ण धरावासीको कृति झोलामा फिल्म बनाउन तम्सेका पत्रकार यादव भट्टराईको निर्देशनमा पन्त मुख्य अभिनेत्रीमा छनोट भइसकेकी छन्। गरिमा त्यो भूमिका निर्वाह गरेपश्चात् करयिर उँभो लाग्ने बताउँछिन्। भन्छिन्, "भाग्यभन्दा बढी र समयभन्दा अगाडि कसैले केही पाउँदैन, त्यसैले अब सफल हुने पालो मेरो आउँदै छ।" फिल्ममा सती जान लागेकी एउटी महिलाको चुनौतीपूर्ण भूमिका गरिमाको अभिनय जीवनकै 'टर्निङ् प्वाइन्ट' बन्ला ?





करिश्मा निर्देशक !

रूपसी हिरोइन करिश्मा मानन्धरले फिल्म निर्देशक बन्ने बाटो पहिल्याउन लागेको गाइँगुइँ सुनियो। छोरीको अफिसियल कामका लागि तीन महिना अमेरिका पुगेर आएकी करिश्माले उतै बसेर आएका हिरो रमेश उप्रेतीले बनाउने फिल्मको निर्देशन गर्दै छिन्। निर्देशक तय भइसकेर पनि अहिलेसम्म फिल्म बनाउने कथा अर्थात् स्त्रिmप्टको खोजीमा रमेश र करिश्मा लागिरहेका छन्। कलिउडका स्त्रिmप्ट राइटरहरू हो, मौका यही हो। चौका

नहान्ने ?





सिम्पलको आगमन

कान्तिपुर टीभीको भविष्यदर्पण कार्यक्रमबाट चर्चा बटुलेकी सिम्पल खनाल आफ्नो पहिलो फिल्म माझीदाइपछि धेरैजसो विज्ञापन र म्युजिक भिडियोमै अल्भिmएकी थिइन्। अहिले उनी अध्यायबाट ठूलो पर्दामा र्फकंदै छिन्। टीभीपछि सिंगापुर हान्निएकी उनले क्रुज र आईटी कम्पनीमा काम गरनि्। तर, उताको बसाइ त्यति लामो समय टिकेन। श्रीमान्सँग डिभोर्स भयो। बीचमा थुप्रै फिल्मका अवसर आए पनि म्युजिक भिडियोले समय खाएकाले नभ्याएको बताउने उनलाई अहिले बल्ल फुर्सद मिलेजस्तो छ।





'नर्भस’ नरेश

करिब पाँच दर्जन कलाकारसँग कुरा गर्दासमेत आफ्नो फिल्ममा उपयुक्त कलाकार छान्न नसकेका निर्देशक नरेश पौड्याल अन्ततः एक वर्षसम्मका लागि आफ्नो योजना नै स्थगित गर्ने मनस्थितिमा पुगेका छन्।

स्विट डि्रम्स फिल्मका लागि पौड्यालले आर्यन सिग्देल र पि्रयंका कार्कीसँग पनि कुरा गर्न भ्याएका थिए। प्रस्ताव मात्रै राखेको विषयमा दुवैले फिल्म नै खेल्ने पक्कापक्की भएको प्रचार गरेको भन्दै पौड्याल उनीहरूसँग रुष्ट बनेका मात्रै थिएनन्, 'चलेका कलाकारको भाउ बढेछ' भन्दै आफ्नो फिल्मका लागि सबै नयाँ कलाकार खोज्ने बताएका थिए । त्यसपछि भदौमै पाँच दर्जन कलाकारसँग कुरा गर्दासमेत नरेशले कलाकार छान्न सकेनन्। कलाकार छान्नै नसकेका उनले सिनेमा बजारमा मन्दी आएको भन्दै फिल्म निर्माण नै एक वर्षका लागि सार्ने भएका हुन्। भन्छन्, "यस्तो बेला फिल्म बनाएर के गर्नू ?"  





सित्तैँमा सिनेमा ?

मण्डला थिएटरमा नाटक 'सुनकेशरी' हेर्न प्रतीक्षा गररिहेकी अभिनेत्री दिया मास्केलाई एक सिनेकर्मीले 'खोइ सुनगाभा देखाउने होइन ?' भन्दा उनले भनिन्, "जानूस् न त हेर्न।" सिनेकर्मीले 'पास पाइन्न ?' भनेपछि हाँसिरहेकी दियाले सिरयिस भाव ल्याउँदै भनिन्, "एक त म त्यस फिल्मको निर्माता होइन, सित्तैँमा देखाइदिन। अर्को, सबैले सित्तँैमा हेर्न खोजेपछि कसरी हुन्छ, फिल्मको विकास ? खल्तीबाट पैसा तिरेर पनि हेर्न जान्नुपर्‍यो नि!" त्यसपछि ती सिनेकर्मी मलिनो मुहार बनाउँदै तर्किएछन्?

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar