'डेढ अर्ब रुपियाँ किसानका हातमा’

- जलनकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत, नेपाल साना किसान विकास बैंक

साना किसान विकास बैंकको प्रभाव क्षेत्र र वित्तीय अवस्था कस्तो छ ?

साना किसान विकास बैंकको स्रोत परिचालन ठूलो नभए पनि यसको प्रभाव क्षेत्र ठूलो छ। हामीसँग गएको मंसिरसम्म ३ सय १८ संस्था आबद्ध छन्। विभिन्न कार्यक्रममार्फत २ लाख ५० हजार घरधुरी समेटिएका छन्। गत आर्थिक वर्षमा मात्र बैंकले ६ करोड ३४ लाख खुद नाफा गर्‍यो। ऋण लगानी करबि तीन अर्ब रुपियाँ छ।

बैंकले कुन क्षेत्र र वर्गमा आफूलाई केन्दि्रत गरेको छ ?

विशेष गरी कम आय र न्यून पुँजी भएका किसानमा केन्दि्रत छौँ। हाम्रा कार्यक्रम सहकारीको मोडलमा आधारति छन्। सहकारी मोडलमा सदस्यले मात्र सेवा पाउँछन्। बचत पनि सदस्यले मात्र गर्छन्। कृषि हाम्रो प्राथमिकताको क्षेत्र हो।

बैंकले के कस्ता वित्तीय उत्पादन तथा सेवा अघि सारेको छ ?

पहिलो त तरकारी नै हो। धादिङ, चितवन, काठमाडौँमा साना किसानमार्फत तरकारीमा निकै राम्रो सफलता हासिल भएको छ। पूर्वमा चिया खेती राम्रो भएको छ। करबि सात करोडको लागतमा प्रशोधन कारखाना बन्दै छ। यो साना किसानको तहमा भएको सबैभन्दा ठूलो प्रोजेक्ट हुनेछ।

बंगलादेशको जस्तो सफलता यहाँ सम्भव छ ?

कुनै पनि कार्यक्रमको निरन्तरताले ठूलो महत्त्व राख्छ। नेतृत्वको निरन्तरता यसका लागि आवश्यक रहन्छ। बंगलादेशको ग्रामीण बैंकको सफलताको सूत्र त्यही हो। नेपालमा पनि सुरुआत निकै राम्रो भएको हो। तर, त्यसलाई अगाडि बढाउने नेतृत्वले निरन्तरता पाएन।

मासुमा आत्मनिर्भर बनाउने कार्यक्रमको अवस्था के छ ?

मासुको आन्तरकि मागमा राँगाको मासुको ६० प्रतिशत, खसीबोका २० प्रतिशत  र बाँकी कुखुरा तथा बंगुरको मासुको हिस्सा छ। दुई वर्षअघिको तथ्यांक हेर्ने हो भने १० अर्बभन्दा बढीको मासु आयात भएको छ। उत्पादन नबढाउने हो भने आयात अझ बढ्छ। जीवनस्तर सर्वेक्षणले पनि मासुको खपत बढिरहेको देखाउँछ। मासुमा आत्मनिर्भर बन्ने कार्यक्रम अन्तर्गत अहिलेसम्म झन्डै २२ हजार किसानको हातमा हामीले डेढ अर्ब रुपियाँ पुर्‍याइसक्यौँ।

वित्तीय क्षेत्रका सम्भावना र चुनौती के के हुन् ?

व्यक्तिको हैसियतभन्दा बढीको ऋण प्रवाह हुँदा समस्या देखापर्छ। निक्षेप उत्पादनशील क्षेत्रमा लगानी हुनुपर्छ। त्यस्तो क्षेत्रमा लगानी भयो भने मात्र प्रतिफलसहित फिर्ता आउँछ। लघुवित्तको हकमा पनि त्यही लागू हुन्छ। लगानी शतप्रतिशत फिर्ता हुने ग्यारेन्टी हुनुपर्छ।

सहकारीका नाउँमा भइरहेका अराजकता नि ?

एकाध घटना हेरेर पूरै क्षेत्रलाई बदनाम गर्नुहुँदैन। सम्बन्धित निकायले अनुगमन बढाउनुपर्ने खाँचो छ। सहकारीमा सर्वसाधारणको बचत हुन्छ। व्यवस्थापन जनताप्रति उत्तरदायी हुनुपर्छ। २५ हजार सहकारीको नियमन गर्ने कुरामा सम्बन्धित निकायहरू चनाखो हुनुपर्छ। सहकारीमाथि जनताको ठूलो विश्वास रहेकाले हरेक वर्ष सहकारीको संख्या बढ्दै गएको छ। त्यो विश्वास नटुटोस् भन्नका लागि चुस्त नियमन आवश्यक छ।





बजारमा नयाँ : सिक्स मोसन वासिङ् मेसिन

तपाईंको वासिङ् मेसिनले लुगा कत्तिको सफा पार्छ ? वासिङ् मेसिनले राम्रो सफाइ नगर्दा बेलाबेलामा हात नै प्रयोग गर्नुपरेको होला। चौधरी समूह अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले बजारमा ल्याएको एलजी ब्रान्डका नयाँ वासिङ् मेसिनले तपाईंको अपेक्षा पूरा गर्न सक्छ।

यो विश्वकै पहिलो सिक्स मोसन वासिङ् मेसिन भएको कम्पनीले जनाएको छ। सिक्स मोसन अर्थात् लुगा धुने क्रममा मेसिनले धुलाइका विभिन्न ६ वटा पद्धतिको एकसाथ प्रयोग गर्छ। फेबि्रक र मैलोको मात्रा अनुसार टम्बल, स्विङ्, फिल्ट्रेसन, स्क्रब, रोलिङ् र स्टेपिङ् पद्धतिमार्फत लुगा धुने यस वासिङ् मेसिनले अरू मेसिनको तुलनामा सजिलै लुगा सफा पार्छ। यो मेसिनको प्रयोगले ३० प्रतिशत इन्धन जोगाउने बताइएको छ। एकपटकमा सात किलो लुगा धुन सकिने यो मेसिन सानो परिवार र अपार्टमेन्टका लागि उपयुक्त हुने कम्पनीको दाबी छ। छैन त गज्जब !





बजार-संक्षेप : केल्भिनेटरका नयाँ वासिङ् मेसिन

ईओएल प्रालिले केल्भिनेटर ब्रान्डका दुई नयाँ वासिङ् मेसिन बजारमा ल्याएको छ। ६ किलो र ६.५ किलो क्षमताका यी दुई नयाँ मोडलका वासिङ् मेसिन लुगा धुनका लागि अत्यन्त प्रभावकारी भएको कम्पनीले जनाएको छ। यसको बजार मूल्य क्रमशः २३ हजार ७ सय ९० र २६ हजार ७ सय ९० रहेको छ। कम्पनीले नेपालमा सिङ्गल डोर र डबल डोरका केल्भिनेटर रेपि|mजेरेटरहरू बिक्रीवितरण गर्दै

आएको छ।



यामाहाले बनाउनेछ 'ह्याप्पी’

नयाँ वर्ष २०१३ मा कत्तिको खुसी हुनुभयो ? खुसी हुनका लागि तपाईंलाई अहिलेसम्म अवसरै नजुरेको भए नेपालका लागि यामाहाको आधिकारकि विक्रेता एमएडब्लू इन्टरप्राइजेजले 'ह्याप्पी विन इयर' योजना ल्याएको छ। तर, योजनामा सामेल हुन यामाहाका वाईबीआर ११०, वाईबीआर १२५, एसएस १२५, एसजेटआर, इन्टाइसर, एलवाईएम ११० लगायत मोडलका मोटरसाइकलमध्ये कुनै एक भने किन्नैपर्ने हुन्छ। २० पुसबाट सञ्चालनमा आएको यस योजना अन्तर्गत खरदिकर्ताले तत्काल १३ हजार रुपियाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar