रिसोर्ट : सुनकोसी छेवैमा

काठमाडौँबाट बीपी राजमार्गमा ४६ माइल यात्रा गरेपछि सिन्धुलीको नेपालथोक पुगिन्छ। सुनकोसी नदी किनारको पातलो जंगलमा छ,४६ माइल्स रिसोर्ट । रूखबाट बनेका चारवटा स्थायी कटेजसहितको ४६ माइल्स रिसोर्टमा पाहुनाका लागि टेन्टको सुविधासमेत उपलब्ध हुन्छ।

प्राकृतिक वातावरणमा पिकनिक, क्याम्पफायर गरेर रमाउन खोज्नेका लागि लक्षित गरेर बनाइएको रिसोर्टमा लङ् ड्राइभ गरेर  पाहुना पनि त्यत्तिकै भेटिन्छन्। यहाँ नदी किनारमा 'बिच भलिबल'को मज्जासमेत उठाउन सकिन्छ। त्यसबाहेक मोटरबोट चलाउँदै मान्छे हावामा तैरने प्यारासेल र र्‍याफ्टिङ्को एउटा नयाँ स्वरूप हाइड्रोस्पिडको अवसर पनि छ । नजिकै कुशेश्वर महादेवको मन्दिर छ। यो क्षेत्र बसाइ सररिहने चराको ट्रान्जिट हो। यहाँबाट आदिवासी जनजाति पदमार्ग, तिमालडाँडा र सुनपाते डाँडाको हाइकिङ्मा समेत जान सकिन्छ। सुनकोसीको पानीमा पाइने माछाको परिकार धेरैका लागि स्वादिलो लाग्न सक्छ।

काठमाडौँबाट निजी गाडीमा झन्डै दुई घन्टामा पुगिने यो रिसोर्टमा बसाइ र अन्य मनोरञ्जनको मात्रा हेरेर प्रतिरात १ हजार ५ सय रुपियाँदेखिको प्याकेज उपलब्ध छ।



सन्दर्भ : काठमाडौँका तस्बिर

काठमाडौँ भन्नेबित्तिकै हनुमानढोका, बौद्धजस्ता मठमन्दिर एवं ऐतिहासिक महत्त्वका तस्बिरमा मानिसका आँखा पर्छन्। तर, त्यहाँको मानवीय जीवनको पाटोबारे कमैले मात्र थाहा पाउँछन्। त्यही मठमन्दिर परसिरका मानवीय जीवनलाई नर्वे, बंगलादेश र नेपालका ३८ फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरेका छन्। यस्ता तस्बिर फोटो सर्कलले हालै सार्वजनिक गरेको तस्बिर पुस्तक काठमाण्डू, अ पकेटफुल अफ मोमोजमा संग्रहित छन्। सन् २०१० र २०१२ मा खिचिएका जम्माजम्मी ८० तस्बिर पुस्तकमा छन्। फोटोग्राफर किशोरकुमार शर्मा भन्छन्, "पुस्तकमा विभिन्न परविेशका मानिसका फरक-फरक भाव र भंगिमा समेटिएका छन्।"



परिकार : चिकेन इन पोटेटो रोल

बोनलेस चिकेनभित्र उसिनेको आलु रोल गरेर चिकेन इन पोटेटो रोल बन्छ। आलु राख्नुअगाडि नै चिकेनमा कन्टिनेन्टल मसला लगाइन्छ। त्यसलाई तावामा गि्रल गरेपछि यो तयार हुन्छ। सेस्मी अयलको फ्लेवरमा तयार पारिने यो परिकारमा रोजमेरी, अरगिाना, भेनेगर, गार्लिक जिन्जर पेस्टमिश्रति मसला हुन्छ। र, यसलाई सलादसँग सर्भ गरिन्छ। अर्डर गरेको १० देखि १५ मिनेटमा तयार हुने यो परिकारको मूल्य २ सय ९५ रुपियाँ पर्छ।





फिल्म : खेलाडीको नयाँ किस्सा

अक्षय कुमार अभिनीत खेलाडी सिरजिको आठौँ फिल्म हो, खेलाडी ७८६। यसअघि उनले मे खेलाडी तु अनाडी, सबसे बढा खेलाडी, मिस्टर एन्ड मिसेस खेलाडी, इन्टरनेसनल खेलाडीजस्ता फिल्ममा अभिनय गरसिकेका छन्।

खेलाडी ७८६ मा बहत्तर सिंह (अक्षय कुमार) एक नक्कली पुलिस हुन्छन्। पुलिसलाई निकै सघाउने हुँदा पन्जाब पुलिसले उनलाई आफ्नै एक हिस्सा सम्झेको हुन्छ। बहत्तर सिंह पुलिसको काबुबाहिरको कामसमेत सजिलै गरिदिन्छन्। कतिपय घटनामा बहत्तर पुगेर स्थितिलाई साम्य पारेपछि मात्र पुलिस त्यहाँ पुग्छन्। यसरी नै उनको परिवारको गर्जोसमेत टररिहेको हुन्छ। तर, उमेर छिप्पिसक्दा पनि बहत्तर सिंहको विवाह हुन सकेको हुँदैन। उता मुम्बईमा समेत अन्डरवल्र्ड डन टीटीटी (मिथुन चक्रवर्ती) आफ्नी बहिनी इन्दुको (असिन ठोट्टुमकल) विवाहका लागि एक असल केटा खोजिरहेका हुन्छन्। इन्दु भने जेलमा रहेका आफ्ना प्रेमी पर्खंदै कसैसँग विवाह गर्न मान्दिनन्। यी दुवैलाई चिनेपछि पुख्र्यौली लमी पेसा अँगालेका मनसुख -हिमेश रेसमिया) विवाहका लागि तम्सिन्छन्। सुरुमा मनसुखलाई बहत्तर सिंह नक्कली पुलिस हुन् भन्ने थाहा हुँदैन। एक्सन र हास्यमूलक ढंगमा फिल्मको कथा अघि बढ्छ।

फिल्ममा बहत्तर सिंहको एउटा वाक्य निकैपटक दोहोर्‍याइएको छ, भूतको संसार, असली प्रेम र बहत्तर सिंहको रफ्तार देख्न सकिँदैन। उनका एक्सन दृश्य पनि अपत्यारिला लाग्छन्। एक्सन र कमेडीको सम्मिश्रण गजबको छ। यद्यपि, मोडर्न लभस्टोरी हेर्न पल्केको पछिल्लो पुस्तालाई भने उति स्वादको नलाग्न सक्छ।





पहिरन : केप

जाडो मौसममा महिलामाझ पि्रय पहिरन हो, केप। केही खुकुलो यो पहिरनको बाउला हुँदैन तर नभएजस्तो पनि लाग्दैन। यसको विशेषता मोटो र पातलो दुवैखाले व्यक्तिलाई सुहाउनु हो। यसले मोटा व्यक्तिको मोटोपना छेक्छ भने दुब्लालाई केही मोटो देखाउँछ। यसमा हुड पनि छ। शतप्रतिशत पोलिस्टर कपडाले बनेकोे केपमा दुईवटा टप बटम छन्। क्लासिक ब्याक रंगमा जिओर्डानो ब्रान्डका केप दरबारमार्गस्थित जिओर्डानो सोरुममा ६ हजार रुपियाँमा उपलब्ध छ।





प्रविधि : इन्स्टाग्रामलाई धक्का

फोटो सेयरङि् वेब एप्लिकेसन इन्स्टाग्रामले केही दिनअघि ग्राहकका तस्बिर आफ्नो व्यापारकि प्रयोजनका लागि प्रयोग गर्न सक्ने निर्णय गर्‍यो। यस्तो अवस्थामा उसले ग्राहकलाई जानकारी र पैसा दिन आवश्यक नपर्ने ठान्यो। १२ अपि्रलमा झन्डै १ अर्ब अमेरिकी डलरमा इन्स्टाग्रामलाई फेसबुकले किनेपछि लोकपि्रयता चुलिएको इन्स्टाग्रामको त्यो पछिल्लो निर्णयले भने उसैलाई हानि गर्‍यो। धेरै सेलिबि्रटी, संघसंस्थालगायत साधारण प्रयोगकर्ताले समेत त्यसको विरोध गर्दै यसलाई नसच्याए इन्स्टाग्राम छाड्ने चेतावनी दिए। कतिले छाडे पनि। त्यही धक्काको फाइदा याहुको फि्लकर र ट्वीटरले उठाए। आफ्नो गिर्दो अवस्थाबाट झस्किएको इन्स्टाग्रामले ४ पुसमा आफ्नो उक्त कदम गलत नियतबाट प्रेरति नभई भाषागत त्रुटि भएको स्वीकार्‍यो।



संयोजन : प्रदीप बस्याल

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar