मुख्य समाचार


वीरताको चिनो

देहरादुन सहरको उत्तरपूर्वी किनारको शान्त बगैँचामा ठिंग उभिएका छन्, दुई पुराना स्मारक। यिनै स्मारकले १ सय ९८ वर्ष पुरानो इतिहास सम्झाउँछन्। भारत सरकारको पुरातत्त्व सर्वेक्षण कार्यालयले छेउमै टाँगेको छ, 'हमारी विरासत, हमारा गौरव' लेखिएको बोर्ड।

त्यही इतिहास, जहाँ वीर गोर्खाली -नेपाली) सेना आफ्ना परम्परागत हतियार र युद्धकौशलका सहायताले आधुनिक हतियारबद्ध अंग्रेज फौजलाई हायलकायल पार्छन्। सेनापति वीर बलभद्र कुँवरले आफ्ना ६ सय सैनिक, महिला तथा बालबालिकाका साथ ३ हजार ५ सयभन्दा बढी सैनिक रहेको अंग्रेज फौजसँग लड्छन् । अंग्रेज सेनाका सबैभन्दा योग्य मानिएका जनरल जिलेस्पीसमेत ठाउँको ठाउँ मारिन्छन् ।

लडाइँमा विफल भएपछि अंग्रेजले नेपाली फौजलाई सखाप पार्न नालापानी किल्लामा जाने पानी नै बन्द गरििदएको थियो। त्यसपछि बलभद्रले बाँकी रहेका ७० जना लडाकूका साथ स्वेच्छाले किल्ला छाड्ने घोषणा गरेका थिए। अंग्रेजले नेपाली फौजको अदम्य साहस र वीरताको कदर गर्दै आफ्ना जनरल जिलेस्पीकै समानान्तर बलभद्रको पनि स्मारक बनाइदिएका छन्। र, नेपाली फौजलाई भनेका छन्, 'हाम्रा वीर शत्रु।' यो संसारमै एक मात्र यस्तो स्मारक हो, जहाँ आफैँसँग लडेका शत्रु सेनाको प्रशंसा र सम्मान प्रकट गरिएको छ।



नालापानी पर्वतीय शृंखलाको सबैभन्दा अग्लो डाँडो। दक्षिणपश्चिममा लमतन्न फैलिएको छ, सेतो बर्को ओछ्याएजस्तो देहरादुन सहर। घना जंगलको यो निर्जन टाकुरामा आकाशै छेडूँलाजस्तो गरी ठडिएको छ, मानव निर्मित एक आकृति।

गोर्खाली वीरताको चिनोका रूपमा हालै देहरादुनका नेपालीले बनाएका हुन्, बलभद्र खलंगा युद्ध स्मारक। देहरादुनको सहस्रधारा रोडस्थित अंग्रेजले बनाएको पुरानो स्मारकभन्दा करबि तीन किलोमिटर टाढा। केही तल सागरताल छ, जहाँ अहिले पनि नेपालीहरू बर्सेनि खलंगा मेला भर्छन्।

त्यतिखेर गोर्खाली सेना आफू बस्ने छाउनीलाई खलंगा भन्ने गर्थे। तर, यस क्षेत्रमा नेपालीले बनाएको किल्ला, प्रयोग गरेका हतियार र अरू पुरातात्त्विक महत्त्वका वस्तुहरूको खोजी हुन सकेको छैन। यस क्षेत्रलाई पनि पुरातत्त्वले जिम्मा लिएर आवश्यक संरक्षण र उत्खनन गर्नुपर्ने, युद्ध क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग यहाँका नेपालीले उठाउँदै आएका छन्।



भारतमा शासन गररिहेको अंग्रेजलाई समेत चुनौती दिने दुई बलिया राजा थिए, संसार चन्द र रणजित सिंह। ती दुवैलाई एकसाथ थर्कमान बनाएका थिए, नेपालीले। पश्चिमोत्तर भारतको काँगडा राज्य नेपालीले कब्जा गर्दा त्यहाँका राजा संसार चन्द काँगडाको यस ढुंगे किल्लाभित्र थुनिएका थिए।

काँगडाको मूल बजार र वस्तीभन्दा निकै पर । बाणगंगा र माझी नदीको दोभानमा अवस्थित यस थुम्कोमा निर्मित ढुंगे किल्लालाई जसले कब्जा गर्छ, उसैको यो राज्य हुन्छ भन्ने मान्यतालाई समेत नेपालीले खण्डित गरेका थिए।

किल्लाबाट देखिने गरी नजिकै अर्को डाँडोमा बडाकाजी अमरसिंह थापाले जयन्ती माताको मन्दिर थापना गरी ध्वजा फहराइसकेका थिए। काँगडाको सिमाना सतलज नदीभन्दा पार िगोर्खाली फौज पुगिसकेको थियो। राजा संसार चन्द तीन वर्षसम्म यही किल्लाभित्र थुनिए। नेपालीलाई बर्सेनि लाखौँ रकम र आफ्नी छोरीसमेत दिन उनी तयार भए। आफ्नो ज्यान जोगाउन महिलाको भेष धारण गरी भागे। तर, पन्जाबका राजा रणजित सिंहले संसार चन्दलाई सहयोग गर्ने नाममा गोर्खाली फौजमाथि आक्रमण बढाए र काँगडा किल्ला कब्जा गरे। संसार चन्दको काँगडा राज्य पतन भयो ।

















तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

रामबहादुर रावलद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar