पर्वत पोर्तेल

श्रमदानमा नेता


दार्जीलिङ गएका बेला गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका कार्यकारी प्रमुख विमल गुरुङसँग भेट्ने इच्छा लाग्नु स्वाभाविकै हो। उनले हामीलाई बिहान ८ बजेको समय दिएका थिए। तर, दार्जीलिङको जाडोले समयमै उठ्न सकिएन, ढिलै भए पनि उनको निवास पातलेवास पुग्याँै। उनी त हामीलाई निकै बेर पर्खिएर बाहिर निस्किसकेछन्।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्माता राजेश घतानी तथा केही पत्रकार साथीहरूले उनलाई पछ्यायौँ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका कार्यकारी प्रमुखजस्ता व्यक्ति मजदुरसँगसँगै काम गररिहेका रहेछन्। उनी डोजरले भिरपहरा भत्काउँदै थिए। एउटा स्कुलको छात्रावास निर्माणका लागि उनी हरेक बिहान तीनदेखि चार घन्टा पसिना चुहाउँदा रहेछन्।  

हामीसँगै गएका एक गोर्खाली नेता स्थानीय लबजमा  भन्दै थिए, "अन्त हो, दोजु त सप्पै काम गर्छ त। ढुंगा त आफँै बोक्छ।" पछि थाहा भयो, उनको राजनीतिक जीवन पनि मजदुरबाटै सुरु भएको रहेछ।



गोर्खेलौरीमा 'फेरि भेटौँला’

विमल गुरुङकै गोर्खाल्यान्ड पर्सनल -जीएलपी) फोर्सका पूर्वजवान विशाल लिम्बू दार्जीलिङमै गाडी चलाउँदा रहेछन्। दार्जीलिङका रमणीय क्षेत्र दृश्यावलोकनका लागि हामी संयोगवश उनकै गाडी चढ्याँै। बतासे, बौद्ध गुम्बालगायत पर्यटकीय क्षेत्रमा दुई घन्टाजति घुमाउने क्रममा उनले विमल क्याम्पका चारवर्षे फेहरस्ित सुनाए।

"हामीले त्यत्रो आन्दोलन गर्‍यौँ तर विमल दोजु पैसामा बिक्यो," उनी हामीलाई सुनाउँदै थिए, "हाम्रो योगदानको कदर हुन सकेन।" उनी विमल प्रवृत्तिबाट आजित भएर गोर्खाल्यान्ड पर्सनलबाट समेत भागेका रहेछन्। "बरू गाडी चलाउँदा बढी आनन्द हुन्छ मलाई," उनले असन्तुष्टि पोखे।

जीएलपी क्याम्प निरीक्षणका लागि बाक्लै आउजाउ गर्दा रहेछन् विमल। उनी आउने खबर पाउनासाथ जवानहरू डरले थुरुरु काम्थे रे! उनी राम्रो काम गर्नेलाई पिठ्यूँमा धाप मार्थे भने गलत गर्नेलाई बेतको लाठीले गोरुलाई जस्तै कुट्थे। रोचक त के भने जीएलपीका जवान कुट्ने बेतको लाठीमा विमलले लेखेका रहेछन्, फेरि भेटाँैला ।

    

दार्जीलिङमा टल्किए मणि

दार्जीलिङको सूचना तथा संस्कृति विभागको जागिरे जीवनबाट निवृत्त भएपछि संगीतकार मणिकमल क्षेत्री वर्षको आधाजसो नेपालमै बिताउँछन्। त्यसै पनि नेपाल दार्जीलिङे स्रष्टाको कर्मभूमि हो। कुनै समय झापाको दमकमा गीत-संगीत सिकाउने क्षेत्री गत महिना नयाँ 'गेटअप'मा भेटिए, दार्जीलिङमै। उनलाई झट्ट हेर्दा लाग्थ्यो, प्रसिद्ध भियतनामी नेता होचिमिन्ह हनिमुनका लागि दार्जीलिङ आएका छन्। सफाचट पुरानो गेटअप उनीसँग रहेनछ। उनले दाह्री र जुँगा पाल्नुको कारणचाहिँ बुझ्न सकिएन ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

पर्वत पोर्तेलद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

कथा   [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar