शून्यमा नाटक लेखन

  • रंगकर्मी संस्थाहरू विदेशी नाटकको मञ्चनमै सीमित

यतिबेला रंगमञ्च सक्रिय छ तर नाटक लेखन सुषुप्त। सर्वनाम, गुरुकुल, एक्टर्स स्टुडियो, मण्डला, शिल्पीजस्ता अनगिन्ती रंगसंस्थाका कारण नाटक मञ्चनमा तरंग उठेको छ। तर, सर्वनामबाहेकका रंग संस्था विदेशी नाटकमै अल्भिmएका छन्।

कुनै जमाना नेपाल प्रज्ञा-प्रतिष्ठान, राष्ट्रिय नाचघर स्वयं रंगकर्ममा सक्रिय थिए, आफैँ या अरू संस्थाहरूसँग मिलेर। रंगमञ्चमा रूपान्तरण जति नै कठिन भए पनि नेपाली नाटककै प्रस्तुति दिन्थे। बालकृष्ण समको साहित्यिक नाटक पनि त्यसबेला नै रंगमञ्चमा पुगेको हो।

प्रचण्ड मल्ल, जितेन्द्र महत अभिलाषी, मदनदास श्रेष्ठ, हरहिर शर्माहरूले प्रज्ञा-प्रतिष्ठानमा जागिरे हुँदा निर्देशन गरेका नेपाली नाटक उत्तिकै स्मरणीय छन्। यी हस्तीहरूले बालकृष्ण सम, गोपालप्रसाद रमिाल, गोविन्द गोठाले, विजय मल्ल, सत्यमोहन जोशी आदिका गहकिला नाटकलाई प्रभावपूर्ण रूपमा प्रस्तुत गरे। नेपाली रंगमञ्च कुलीन त भयो नै। नेपाली नाट्य-साहित्य पनि समृद्ध भयो।

बालकृष्ण समले त त्यतिबेला बढ्दै गएको हिन्दी 'नौटंकी'को सेपबाट बचाउन आफैँले नाटक लेखे र आफ्नै निर्देशनमा मञ्चन पनि गराए। मुकुन्द-इन्दिरालाई आफैँले निर्देशन गरेर दरबार स्कुलमा मञ्चन गरे। त्यो क्रम रोकिएन। रमिाल र मल्ल दाजुभाइका साथै श्यामदास वैष्णवका केही नाटक पनि उल्लेखनीय छन्।

त्यसबेला रंगमञ्च प्रविधि सुविधासम्पन्न थिएन तर नाटक नेपाली भाषामै लेखिएका कृतिमै गरन्िथे। त्यसो त राष्ट्रिय नाचघर र नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रविधिसम्पन्न मञ्चमा कालजयी नेपाली नाटक प्रस्तुत नभएका होइनन्। रंगमञ्च उत्कर्षमा पुगेको पछिल्लो समय भने नेपाली नाटक देखिँदैनन्। नाटक लेखिएनन् या नाट्यकृति प्रकाशित भएनन् ? यो प्रश्नले नेपाली रंगमञ्चमा औँला ठड्याइरहेको छ।

नाटकमै नै विद्यावारिधि गरेका प्राध्यापक केशवप्रसाद उपाध्यायको अध्ययनमा पछिल्लो पुस्ता, सानातिना छरिता नाटक लेख्ने र पाण्डुलिपि बोकेर रंगमञ्चतिर दौडिहाल्ने प्रवृत्तिले गर्दा नाटकका कृति प्रकाशित हुन नसकेका हुन्। आजको मानिस साह्रै हतारमा छ। यस पुस्तालाई रोप्नासाथ फल खाने इच्छा जागृत हुन्छ। आफ्नो कृतिलाई फेरि दोहोर्‍याएर पढ्ने, नमिलेका ठाउँमा छाँटकाँट गर्ने र प्रकाशित गरेर विज्ञ पाठकको प्रतिक्रिया लिएर मात्र रंगमञ्चतिर लैजाने धैर्य छैन।

सम या रमिालका नाटक पहिले छापिन्थे अनि मञ्चनमा लगिन्थे। पहिला मञ्चन भएर पछि छापिएका नाटक पनि बारम्बार मञ्चित हुन्थे। लामो समय समको संगतमै रंगकर्म गरेका प्रचण्ड मल्ल रंगमञ्चका पहिलो समीक्षक पनि हुन्। "पहिलो कुरा त नाटकका पाठक नै सीमित छन्," नेपाली रंगमञ्च पुस्तकका यी लेखक भन्छन्, "उपन्यास, कथा या कविताजस्तो पुस्तकका रूपमा पढिने विधा होइन नाटक। त्यसैले यसको बिक्री पनि न्यून छ।"

प्रकाशित भएका नाटक पनि सरल हुन सकेनन्। सांकेतिक पात्र र कथासारमाथि लेखिने नाटकले न पाठकलाई सन्तुष्टि दिन सके, न त दर्शकलाई। "पात्रहरूको नाम नै क, ख, ग, घ राखिएका नाटकहरू पनि प्रकाशित भए," प्रचण्ड भन्छन्, "यसले गर्दा पढ्नेलाई पात्र बुझ्नै कठिनाइ पर्‍यो र यही समस्या नाटक मञ्चन गर्दा दर्शकलाई पनि पर्‍यो।" यस अर्थमा नेपाली मौलिक नाटक नलेखिनु र लेखिएकै नाटकले पनि मानिसको चित्त बुझाउन नसक्ने अवस्था रहेको उनको अनुभव छ।

प्रयोगधर्मी नाटककार अशेष मल्ल नेपाली भाषामा नाटक लेखिँदै नलेखिएको भन्दा पनि सशक्त नाट्य कृति प्रकाशित नभएको औँल्याउँछन्। "कथा, उपन्यासजस्तो धाराप्रवाह लेखिने विधा होइन नाटक। एक जुगमा एउटा वर्नार्ड शा, शेक्सपियर या सम जन्मिन्छन्," लेखक/निर्देशक मल्ल भन्छन्, "त्यसैले साहित्यका अरू विधामा जस्तो नाटकका स्रष्टा थोरै भए भन्ने गुनासो गर्नु नै बेकार हो।"

त्रिभुवन विश्वविद्यालयमा नाटक प्राध्यापन गररिहेका व्रतराज आचार्यको कथन यी मल्लद्वयको भन्दा नितान्त भिन्न छ। भन्छन्, "बालकृष्ण समदेखि नै नाट्य कृतिहरू मञ्चनका दृष्टिले भन्दा पाठ्यसामग्रीका दृष्टिले नै बढी उपयुक्त देखिएका छन्। सत्य यही हो, यसलाई स्वीकार्नैपर्छ।" ती नाटक मञ्चमा जानै नसक्ने भने होइनन्। तर, तिनमा साहित्यिकता प्रबल भएकाले र लामा-लामा मनोवाद र एकालाप रहेकाले सामान्य अभिनेताले प्रस्तुत गर्न सक्दैनन्। यसका लागि अत्यन्त कुशल शिल्पी चाहिन्छ। उनको भनाइमा नेपाली नाटक नलेखिएर भन्दा कुशल रंगकर्मी नपाएर मञ्चन नभएका हुन्।

पछिल्लो समय लेखिएका नाटक पनि एकांकी मात्र हुन्। "हुन त अहिले एकांकी र पूणर्ांकीको भेद मेट्न खोजिएको छ," उनी भन्छन्, "यो पूणर्ांकी नलेख्ने वा लेख्न नसक्नेहरूको आत्मरति मात्र हो। के त्यसो भए कथा र उपन्यास, या कविता र महाकाव्य एउटै हुन् त ?"

पछिल्लो समय नाटक किन लेखिएको छैन त ? उपाध्यायको भनाइमा नाटककार र रंगकर्मीबीच सहकार्य हुन नसकेर यसो भएको हो। पुराना नाटककारहरू आफैँ रंगमञ्चमा जान्थे, रंगशिल्पलाई बुझ्थे र नाटक लेख्थे। "नाटक लेखनले अरू विधामा भन्दा बढी तपस्या र साधनाको अपेक्षा गर्छ," उनी भन्छन्, "आजको पुस्तामा त्यो कुरा बिलकुलै छैन।"

हुन पनि बालकृष्ण सम, भीमनिधि तिवारी या विजय मल्ल लामो समय प्रज्ञा-प्रतिष्ठानसँग आबद्ध रहे र यही सेरोफेरोमा नाटक लेखिए। तर, उनीहरूले अरूका नाटकलाई प्रश्रय दिएनन्। प्रज्ञा-प्रतिष्ठानसँग आफैँद्वारा प्रशिक्षित कलाकारहरू थिए। तिनको जागिर नै नाटक निर्देशन र अभिनय गर्नु थियो। आफ्नो रंगशाला त थियो नै, कलाकार रहिर्सलदेखि मञ्च सज्जाका हरेक कुरामा त्यहीँबाट आर्थिक अनुदान प्राप्त हुन्थ्यो।

अहिले त नेपाल प्रज्ञा-प्रतिष्ठानले नाटक विधालाई छुँदै छुँदैन भने पनि हुन्छ। उसले गरेको पछिल्लो नाटक पनि विदेशी भाषाको अनूदित नाटक थियो। यसले पनि विदेशी नाटकबाटै मञ्चनको बिट मार्‍यो। नाटक र संगीतका लागि भनेर छुट्टै सङ्गीत-नाट्य प्रतिष्ठान स्थापना गरएिको छ। तर, यो प्रतिष्ठान नाटक मञ्चन होइन, खालि अनुसन्धानका काम गर्ने भनेर टकटकिएको देखिन्छ। यस अर्थमा नाटक मञ्चनको जिम्मेवारीबाट सम्बन्धित सरकारी निकाय पूरै पन्छिएका छन्। र, नाटक मञ्चनको एक मात्र जिम्मेवारी यिनै केही निजी रंगसंस्थाहरूको काँधको भारी हुन पुगेको छ। यी संस्थाहरू पुरानो प्रज्ञा-प्रतिष्ठान र राष्ट्रिय नाचघरभन्दा सक्रिय छन्। नवीनतम् रंगमञ्च शैलीका साथ प्रस्तुत भएका पनि छन्। तर, विदेशी नाटकलाई अनुवाद गरेर मात्र रंगमञ्चको सन्तुष्टि लिइरहेका छन्।

के नेपाली नाटक नभएकैले विदेशी नाटक मञ्चनको बाढी उर्लेको हो त ? "जुनसुकै साहित्यमा पनि नाटक विधामा हात चलाउने नगण्य हुन्छन्। अनि, ठूला र कालजयी नाटक लेख्नका लागि प्रतिभा पनि ठूलै हुनुपर्छ," उपाध्याय भन्छन्, "चुरो कुरा सहकार्य नभएर नै नाटक लेखिन नसकेको हो।"

नाटक सजिलै लेखिँदैनन्। यसमा आख्यान पनि हुन्छ, काव्य पनि हुन्छ, संगीत पनि हुन्छ। त्यसैले नाटक भनेको सबै साहित्यलाई समेट्ने विशिष्ट विधा हो। प्रायः नाटककार रंगकर्मीले निरन्तर घचघच्याएपछि मात्र मौलिक नाटक लेख्छन्। तर, आजका रंगस्रष्टाहरूमा यो प्रवृत्ति र आग्रह देखिँदैन। उनीहरू कुनै नाटककारलाई आग्रह गररिहनुभन्दा विदेशी नाटकको अनुवाद गरेर मञ्चमा लैजानुमै सुविधा अनुभव गर्छन्। उपाध्याय उदाहरण दिन्छन्, "सुनील पोखरेल र गुरुकुलले नघचघच्याएका भए अभि सुवेदीको कालजयी नाटक अग्निको कथा जन्मिने थिएन।"

आचार्यको भनाइमा अहिलेको रंगमञ्चमा वार्तालापात्मक नाटक बढी देखिएका छन्। यो संवादको एउटा शैली मात्र हो। कथा, उपन्यास या कवितालाई मञ्चमा प्रस्तुत गरेर प्रयोग त होला तर साँचो अर्थमा त्यो नाटक होइन। मर्मस्पर्शी नाटक लेखिए भने जनमानसमा त्यसको प्रभाव अत्यधिक रहन्छ। प्रचण्ड मल्ल आज पनि मनबहादुर मुखियाको नाटक अनि देउराली रुन्छको स्मरण गररिहन्छन्। त्यो नाटक पूर्ण आधुनिक शैलीको नभएर मल्लकालीन रंगमञ्चीय प्रवृत्तिमा ढालिएको थियो तर त्यसको सफलताले नेपाली रंगमञ्चमा आमूल परविर्तन ल्याइदियो।

सत्यमोहन जोशीको फर्केर हेर्दा पनि त्यसको सफलतापछि लेखिएको अर्को प्रभावशाली नाटक हो। तर, मुखिया रंगमञ्चबाट पूरै अलग्गिए। "कारण थियो, आफ्नो समूहको अभाव," मुखियाले भनेका छन्, "म स्थायी रूपमा नेपाल बस्न थालेपछि मेरो नाट्यसमूह दार्जीलिङतिरै छुट्यो, मैले फेर िअर्को यस्तै रंगकर्मीहरूको समूह बनाउन सकिनँ र रंगमञ्चबाट बिदावारी भएँ।"

प्रचण्ड मल्लका अनुसार प्रज्ञा-प्रतिष्ठानको हलभाडा एक सिफ्टको ४० हजार पुगेको छ। यसले गर्दा आफ्नो हल नभएका रंगकर्मीले नाटक मञ्चनको सपना नै देख्न छाडेका छन्। रंगकर्मीले नै मञ्चनको सपना नदेखेपछि नयाँ नाटक लेख्ने आकांक्षा पनि रहेनन्। केही रंगकर्मी आफैँ नाटक लेखेर आफ्नै मञ्चमा मात्र प्रस्तुत गर्छन्। आचार्य भन्छन्, "एउटा समूहको रंगकर्मीले लेखेको नाटक अर्को समूहले मञ्चन गर्ने चलन नै बस्न सकेन।"

त्यसो त पुराना र मौलिक नेपाली नाटकसमेत क्याम्पस र विश्वविद्यालयको पाठ्य सामग्रीबाहेक रंगमञ्चका दृष्टिकोणले महत्त्वपूर्ण हुन सकिरहेका छैनन्। आचार्य थप्छन्, "केही नेपाली नाटक मञ्चमा पुगेर अत्यन्त सफल भएका पनि छन् तर तिनका विषयवस्तु त्यति नै फितला छन्।" प्रचण्ड मल्ल आफ्ना दुईवटा नाटक दुई वर्षदेखि पाण्डुलिपिमै थन्किएको गुनासो गर्छन्। भन्छन्, "प्रकाशित नाटकले मञ्चन हुने अवसर पाउँदैन, प्रकाशकहरू नाटक प्रकाशन गर्न तयार छैनन्।"

लेखकहरूमा नाटक लेख्ने जोस अहिले सेलाएको छ। रंगकर्मी समूहहरूले पनि नाटक लेख्ने हुटहुटी जगाउन सकिरहेका छैनन्। प्रकाशकहरूले पनि साहित्यलाई नितान्त व्यवसाय बनाएको स्थिति छ। नेपाली रंगमञ्चले अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने भनिए पनि मञ्चनमा जाने विषयचाहिँ कैयौँ राष्ट्रमा मञ्चन भइसकेका विदेशी नाटक नै हुन्छन्। प्रचण्ड भन्छन्, "हाम्रो रंगमञ्चीय प्रस्तुतिकला अन्तर्राष्ट्रिय स्तरमा गणना भइरहँदा नाटकचाहिँ उनीहरूसँगै पैँचो मागेर गर्नु निश्चय नै विडम्बना हो। नाटक मौलिक नभएसम्म प्रयेाग या प्रस्तुतिमा जति नै नवीनता भए पनि त्यसले लामो प्रभाव पार्न सक्तैन।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

रमण घिमिरेद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar