राजावादी कम्युनिस्ट

माक्र्सवादी दर्शनबाट प्रभावित हुँदै नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट उदाएका केशरजंग रायमाझी विघटित राजसभा स्थायी समितिका सभापति हुँदै अस्ताएका छन्। नेपाली कम्युनिस्ट आन्दोलनमा राजावादी रुझानको विवादास्पद छवि निर्माण गरेका रायमाझीको २ पुसमा ९३ वर्षको उमेरमा निधन भएको छ।

पाल्पाको सम्पन्न परविारमा जन्मिएका रायमाझीको राजनीतिक जीवनयात्रा भने कम्युनिस्ट पार्टीबाट आरम्भ भयो। तत्कालीन समयमा स्वाभाविक रूपले सम्पन्न परविारले मात्र शिक्षाको अवसर पाउने हुनाले विभिन्न दर्शनको ज्ञान पनि सबैभन्दा पहिले उनीहरू नै पाउँथे। त्यसकारण माक्र्सवादी दर्शनसँग पनि पहिलो परचिय प्राप्त गर्न उसको शैक्षिक हैसियत बन्न आवश्यक थियो। त्यही भएर होला, कम्युनिस्ट पार्टीको प्रारम्भिक नेतृत्वलाई हेर्ने हो भने त्यसको अभिजात वर्गीयता टड्कारै देखिन्छ। नत्र भने केशरजंग रायमाझी, शैलेन्द्रकुमार उपाध्याय, कमलराज रेग्मीलगायत व्यक्तिहरू कम्युनिस्ट दर्शनप्रति आकषिर्त हुनुपर्ने अर्को कारण देखिन्न।

रायमाझीको अध्ययन थलो भारतको पश्चिम बंगाल, कलकत्ता (हालको कोलकाता) रह्यो। त्यतिबेला नेपालमा राणाशासन नै थियो। कलकत्तामा भने कम्युनिस्टहरूको निकै चहलपहल भइसकेको थियो। पश्चिम बंगालको माक्र्सवादी बौद्धिक जमातसँग सम्पर्कमा आएपछि रायमाझीलगायतको एउटा समूहले विसं ००३ मा माक्र्सवादी अध्ययन केन्द्रको स्थापना गर्दै माक्र्सवादी दर्शनको अध्ययन सुरु गर्‍यो। त्यसैबेला पुष्पलाल श्रेष्ठ पनि बंगालको कम्युनिस्ट पार्टीसँग निकट सम्पर्कमा रहेर नेपालमा कम्युनिस्ट पार्टी निर्माण गर्ने अठोटका साथ काम गररिहेका थिए। तर, त्यसको गठन गर्दा भने पुष्पलालले पहिल्यैदेखि बंगालको कम्युनिस्ट जगत्सँग जोडिँदै आएका रायमाझी तथा उनका सहयोगीहरूलाई समावेश गरेनन्। तैपनि, कम्युनिस्ट पार्टी गठनको प्रक्रियालाई समर्थन गर्दै उनी माक्र्सवादी अध्ययन केन्द्रलाई पुनः गठन गरेर प्रगतिशील अध्ययन केन्द्रको महासचिव बने।

नेपाली कम्युनिस्ट आन्दोलनको राजावादी धारका रूपमा रायमाझीको नाम एउटा 'ब्रान्ड'जस्तै स्थापित भएको देखिन्छ। नेपाली कम्युनिस्ट आन्दोलनमा रायमाझीलाई राजाको सुनियोजित योजना अन्तर्गत नै कम्युनिस्ट पार्टीलाई अन्तरध्वंश गर्न पठाइएको एउटा एजेन्टका रूपमा प्रचार गर्ने तथा विश्वास गर्ने सुदीर्घ परम्परा छ। तर, निकै लामो समयसम्म रायमाझीसँग राजनीतिक सहकार्य गरेका कृष्णराज बर्मा कम्युनिस्ट आन्दोलनको उक्त परम्परासँग असहमत छन्। हो, निश्चय नै रायमाझी आफ्नो मान्यताको हिसाबले एउटा कालखण्डमा पूर्णतः राजावादी रहे। तर, प्रारम्भमै कुनै नियोजित कारणबाट कम्युनिस्ट आन्दोलनमा आएका होइनन्। कम्युनिस्ट आन्दोलनमा आइसकेपछि विभिन्न कारणले गर्दा उनी राजतन्त्रात्मक बहुदलीयताको पक्षधर हुँदै पूर्णतः राजतन्त्रका समर्थक र सहयोगी बने। जेहोस्, नेपाली कम्युनिस्ट आन्दोलनको राजावादी धारका प्रखर समर्थक रायमाझीको निधनपछि उनको राजनीतिक जीवनको वस्तुपरक मूल्यांकनले नेपालको कम्युनिस्ट आन्दोलनको एउटा जबर्जस्त प्रवृत्तिलाई बुझ्न सहयोग नै पुर्‍याउनेछ।

००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा नै रायमाझीलाई केन्द्रीय कमिटीमा निर्वाचित हुने अवसर जुर्‍यो। ०१० सालमा सम्पन्न प्रथम महाधिवेशनको दुई वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनमा भाग लिन महासचिव मनमोहन अधिकारी चीन गएपछि रायमाझी कार्यकारी महासचिव नियुक्त भए। विविध कारणवश पुष्पलालले कार्यकारी महासचिव बन्न अस्वीकार गरेपछि रायमाझीले उक्त अवसर प्राप्त गरेका थिए। चीनमा छँदै चर्मरोगबाट पीडित मनमोहन अधिकारी औषधी उपचारका लागि लामो समय त्यतै बसेपछि ०१३ सालमा सम्पन्न भएको दोस्रो महाधिवेशनले रायमाझीलाई महासचिवमा निर्वाचित गर्‍यो। यसरी नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा रायमाझी पार्टीको सर्वोच्च तहमा स्थापित भए।

००७ सालको परविर्तनपछि विकसित राजनीतिक घटनाक्रमले ००८ साल माघदेखि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो। पार्टी प्रतिबन्धित भए तापनि कम्युनिस्ट पार्टीले 'जनअधिकार समिति' गठन गरी आफ्नो राजनीतिक गतिविधि गररिहेको थियो। यद्यपि, यस्तो गतिविधि काठमाडौँमा मात्र कामकाजी भइरहेको थियो। त्यसै दौरान पार्टीभित्र पार्टीलाई प्रतिबन्धित अवस्थाबाट फुकुवा गर्नुपर्ने आवाजहरू उठिरहेका थिए। त्यसै बेला पार्टीको महाधिवेशन गरेर मात्र यस्तो विषयमा अन्तिम फैसला गर्ने विचारमा पुष्पलाल थिए। तर, दोस्रो महाधिवेशनको तिथिमिति सरकारले थाहा पाएकाले त्यसलाई तत्काल स्थगित गरी थोरै प्रतिनिधि सम्मिलित गरेर दोस्रो राष्ट्रिय सम्मेलन गरएिको थियो भन्ने कुरा पुष्पलालले लेखेका छन्। यही प्रथम महाधिवेशनको उल्लिखित दोस्रो सम्मेलनपछि रायमाझीको कदमबाट सिर्जित अन्तरविरोधको आँधीले पार्टी विभाजित बनेको दाबी गरन्िछ।

पुष्पलालको भनाइ अनुसार दोस्रो सम्मेलनमा पार्टीलाई कानुनी र वैधानिक बनाउनका लागि अर्को नाम राखेर पार्टी खोल्ने र त्यसको मन्त्री पदमा रायमाझी रहने निर्णय गरएिको थियो। त्यस्तो निर्णय रायमाझीकै प्रस्तावबाट लिइएको र पोलिटब्युरोको अधिकांश नेतृत्व राजालाई समर्थन गर्दै पार्टीलाई कानुनी रूप दिन चाहन्थ्यो भन्ने दाबी पुष्पलालको थियो। महाधिवेशनको प्रथम सम्मेलनले तत्कालीन अन्तरमि अवधिका लागि राजालाई 'राजनीतिक सम्मेलन गरी त्यसैलाई अन्तरमि संसद्मा' परण्िात गर्नुपर्ने माग राखेको थियो। तर, राजाले भने एउटा सल्लाहकार सभाको गठन गरे। यस्तो सल्लाहकार सभामा प्रतिनिधित्व गर्नका लागि दरबारसँग अनुचित सम्झौतामार्फत रायमाझीले उक्त बाटो बनाएको आरोप पुष्पलालको छ। त्यतिबेलाको सन्दर्भ हेर्दा पार्टीको केन्द्रीय कमिटी एकातिर र पोलिटब्युरो अर्कोतिर देखिन्छ। पोलिटब्युरोको नेतृत्व रायमाझीले तथा केन्द्रीय कमिटीको नेतृत्व पुष्पलालले गरेको देखिन्छ।

नेतृत्वमा रहे तापनि दोस्रो महाधिवेशनमा रायमाझीको राजनीतिक लाइन अस्वीकृत भए तापनि नेतृत्वमा भने उनको बहुमत रह्यो। तर, नीति भने पुष्पलालको पारति भयो। उक्त नीतिको विरोधी नेतृत्वले पुष्पलालको नीति कार्यान्वयनमा पूर्णतः उदासीन बन्यो। त्यसकारण दोस्रो महाधिवेशनको रायमाझी नेतृत्व एक प्रकारले असफल र अकर्मण्य बन्यो। रायमाझी आफैँ पनि सक्रिय नेतृत्व गर्ने चरत्रिका थिएनन्। अर्कोतिर पार्टीको राष्ट्रिय सञ्जाल पनि पुष्पलालको पक्षमा थियो। त्यसकारण रायमाझीले राजाको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधीनमा रहेर समाजवादको प्रचार गर्ने नीतिको विरुद्ध नयाँ जनवादी क्रान्ति गर्ने र संविधानसभाको निर्वाचनको निम्ति संघर्ष गर्ने नीति पारति गरे। यो घटनाले नेपालको कम्युनिस्ट पार्टीलाई विभाजित बनाउँदै लग्यो। अन्ततः पुष्पलालले तेस्रो महाधिवेशन गर्दै तुलसीलाल अमात्यको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी गठन गरे। रायमाझीले पनि बाँकी बचेको पार्टीलाई निरन्तरता दिँदै ०२४ सालमा तेस्रो महाधिवेशन गरे।

नेपाल कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी पंक्ति विभिन्न ढंगबाट केन्द्रविहीन अवस्थामा पनि संगठित भइरहेको समय थियो त्यो। झापा आन्दोलन केन्द्रीय न्युक्लियसको गठन आदि प्रक्रियाले पूर्व र पश्चिम नयाँ शक्तिका रूपमा संगठित बनिरहेको थियो। वामपन्थी वृत्तमा पनि तत्कालीन सोभियत रुस खेमा र चिनियाँ खेमामा बाँडिएको समय थियो। तात्कालिक रुस र चीनको बीचमा चलेको महाविवादले विश्वभरकिा कम्युनिस्टहरूलाई विभाजित तुल्याएको थियो। रायमाझी स्पष्ट रुसी खेमाको पक्षमा थिए। त्यसपछि कम्युनिस्ट आन्दोलनमा उनको प्रभाव क्रमशः कमजोर हुँदै राजाको सल्लाहकारका रूपमा सीमित भयो। ०३८ सालमा विष्णुबहादुर मानन्धरले पुनः राजावादीको आरोप लगाउँदै अलग समूह बनाए। पुनः ०४० सालमा कृष्णराज बर्माले पनि उनलाई राजावादीको आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको घोषणा गरे। त्यसपछि पनि उनले केही सहयोगी जम्मा गर्ने र पार्टी निर्माण गर्ने सिलसिला जारी राखे। तर, जतिपटक पार्टी निर्माणको घोषणा गरे पनि उनलाई निष्कासन गर्ने सिलसिला चलिरह्यो।

०४६ सालको परविर्तनपछि उनी राजाको कोटाबाट शिक्षामन्त्री भए। यसबाट उनी पूर्णतः राजावादी रहेको प्रमाणका रूपमा प्रचार पनि भयो। त्यसपछि उनले गैरकम्युनिस्ट दलका रूपमा जनता दल -समाजवादी प्रजातान्त्रिक) खोलेर राजनीति गर्ने प्रयत्न गरे। त्यो पनि त्यति सफल ठहरएिन। यसरी दरबार हत्याकाण्डपछि राजसभा स्थायी समितिको सभापति भए। दरबारसँगको घनिष्टताबाहेक उनको राजनीतिक जीवन त्यति सफल देखिन्न। काठमाडौँको सम्भ्रान्त वर्ग केन्दि्रत उनको कथित कम्युनिस्ट राजनीति त झनै विवादास्पद मात्र रह्यो। नीति, नेतृत्व, कर्म आदि दृष्टिबाट उनको राजनीतिक जीवन ज्यादै असफल र अमूर्त देखिन्छ। इन्डोनेसियाको कम्युनिस्ट पार्टीको तात्कालिक नेता ऐदित र त्यहाँका राष्ट्रपतिका रूपमा रहेका सुकार्नोको प्रभावबाट राजावादी रुझान बनाएका रायमाझी अन्ततः राजतन्त्रको एक जना वफादार सेवकमा परण्िात भएर यस लोकबाट बिदा लिए। अन्तर्राष्ट्रिय घटनाबाट प्रभावित प्रवृत्ति कसरी स्थायी दृष्टिकोण बनेर मान्छेको जीवन बदलिँदो रहेछ भन्ने बुझ्न रायमाझीको राजनीतिक जीवनले सहयोग गर्न सक्छ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar