भाग्यमानी नेपाली

नालापानीदेखि काँगडासम्मको नेपाली मूलको समाज खुसी र सम्पन्न छ । उनीहरूले हामीले जस्तो लोडसेडिङ् खेप्नुपरेको छैन, असुरक्षा र अभावसँग जुध्नुपरेको छैन । हाम्रो जस्तो बेरोजगारीको समस्या पनि त्यहाँ छैन । यस अर्थमा त्यहाँका नेपाली मूलका मानिस भाग्यमानी छन् । भाषा र संस्कृति भनेको त परिवर्तन हँुदै जाने कुरा हुन् । पुरानो परिष्कार हुने र नयाँ निर्माण हुने कुरामा चिन्ता गर्नु बेकार छ ।

- कपिल थापा   

नेपालगन्ज



पहिचान जोगियोस्

काँगडामा रहेका नेपालीमूलका परविारमध्ये धन्न अहिलेसम्म केहीले भए पनि घरभित्रै नेपाली भाषा बोल्ने रहेछन् (नेपाली जीवन, नालापानीदेखि काँगडासम्म, ८ पुस)। जति नै आदर्शका कुरा गरे पनि दुई सय वर्षभन्दा अघिको समाज यहाँसम्म आइपुग्दा जस्ताको तस्तै रहन सम्भव छैन।

जुनसुकै समाजमा पनि पुस्तान्तर हुनेबित्तिकै संस्कृति, जीवनशैली र सोचमा समेत परविर्तनको प्रभाव देखिन्छ। झन् भूगोलले अर्कै देशमा परेको स्थानमा त्यहाँको भाषा, त्यहाँका अपेक्षा र राज्यको प्रभावले गर्दा बदलाव तीव्र हुनु कुनै नौलो कुरा रहेन। सबैभन्दा सुखद पक्ष त के भने काँगडासम्मका नेपाली मूलका केही व्यक्तिले भए पनि नेपाली भाषा र संस्कृति बचाउन अभियान सुरु गरेका रहेछन्। त्यहाँको नयाँ पुस्तामा त्यस्तो अभियानको सकारात्मक प्रभाव देखियोस्।

- सुदीप अधिकारी

चौकीडाँडा-२, भोजपुर





सम्मानयोग्य काम

कसले भन्छ समाजमा चेतना फैलिएको छैन (आफ्नै आँगनमा बुहारीको विवाह, ८ पुस) ? गुल्मी, तम्घासका सूर्यबहादुर र लक्ष्मी नेपालीले विधवा बुहारीलाई छोरी नै सम्झेर विवाह गराइदिएको उदाहरण उच्च चेत र उदारताको नमुना हो।

समाज परविर्तनको यस्तो सकारात्मक सूचक सञ्चारमाध्यममा आउँदा यसले अरूलाई पनि प्रभावित पार्छ। नबुझेका र थाहा नपाएकाहरूलाई यस्ता घटनाले झकझकाउँछ र ब्यूँझाउँछ। अनि, विधवा बुहारीको उज्ज्वल भविष्य र मानवीय संवेदनाको कदर गर्ने नेपाली दम्पतीलाई त सबैले थाहा पाउने गरी सम्मान नै गर्नुपर्छ।

- हरिहर केसी

गट्ठाघर, काठमाडौँ



सद्गुणका खानी

नेपाली कांग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङको व्यक्तिगत सम्बन्धबारे एउटा प्रसंगले चसक्क मन छोयो (यस्ता थिए भीमबहादुर तामाङ, ८ पुस)। हो, हाम्रो समाजमा दोस्रो बिहे गरेकी श्रीमती र उनका पतिसँग पुरानो पतिको सम्बन्ध राम्रो हुँदैन। तर, भीमबहादुर त्यसमा अपवाद रहेछन्। आफ्नै पूर्वश्रीमतीको घरमा जाने, उनले पकाएको खाने र आफूलाई चुनावमा सहयोग जुटाउने भीमबहादुरमा यस्तो साहस जीवन र जगत्प्रतिको उनको दृष्टिकोणले जुटाइदिएको हुनुपर्छ। देश र जनतालाई सर्वोपर िठान्ने भीमबहादुर मानवीयताका अनुपम नमुना मात्र नभई प्रकृतिप्रेमी पनि रहेको कुरा थाहा पाउँदा अरू रमाइलो लाग्यो। फूलहरूलाई प्रेम गर्ने, रूखबिरुवा हुर्काउने र तिनको स्याहार-सुसार गर्ने बानीले उनीभित्रको कोमलता प्रस्ट पार्छ। त्यसैले हामीबीच नरहे पनि भीमबहादुरका यस्ता सद्गुणले उनलाई सम्झन सघाउ पुर्‍याउनेछन्।

- हरिगोपाल थापा

दोलखा



छवि जोगाउने प्रयत्न

एकीकृत नेकपा माओवादी उपाध्यक्ष तथा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पछिल्लो राजनीतिक परदिृश्यमा यस्ता विम्ब बन्दै छन्, जसले स्पष्ट धार, अडान र राजनीति गतिनिर्देश गर्न सक्दैन (सत्तापक्षका विपक्षी, ८ पुस)। उनका कतिपय कुरा व्यक्तिगत स्वार्थ र पार्टीभित्र आफ्नो गुटको सुरक्षा गर्नबाट अभिप्रेरति देखिन्छन्। आफूले सम्हालेको मन्त्रालयमा केही सकारात्मक काम गरेका श्रेष्ठलाई पार्टीभित्र आफ्नो राजनीतिक साख र स्थान जोगाउन सहज छैन। कारण, उनी पार्टी एकीकृत हुँदा अर्को दलबाट माओवादीमा मिसिन आउनेमध्येका एक हुन्। यही बाध्यताले पनि उनमा बढी भावुकता र गुटगत विचलन देखिएको हुनुपर्छ। प्रधानमन्त्री बाबुराम भट्टराईसँगको उनको द्वन्द्व पनि त्यही व्यक्तिगत र राजनीतिक छवि जोगाउने आलोकमा आधारति छ।

- कर्म तामाङ

जोरपाटी, काठमाडौँ



भट्टराई नगलेसम्म यस्तै

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मौखिक रूपमा कांग्रेस सभापति सुशील कोइरालालाई चुनावी सरकारको प्रधानमन्त्रीमा स्वीकार गरे पनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई राजीनामा गराउन सजिलो छैन (सहमतिको नजिक, ८ पुस)। बरू पार्टी फुटाउन तयार देखिएका भट्टराईको आत्मविश्वास गल्न नसक्नुका पछाडि धेरै कारण हुन सक्छन्। देशभित्र र बाहिरका कतिपय तत्त्वले उनलाई कुर्सी जोगाउन सघाइरहेका पनि हुन सक्छन्। राजनीति न हो, कहाँ के भइरहेको छ भन्ने थाहा नभएको हुन सक्छ। त्यसैले जबसम्म प्रचण्डले ती कारणहरू छिमलेर भट्टराईलाई गलाउन सक्दैनन्, त्यति बेलासम्म नयाँ प्रधानमन्त्री चयन र चुनावी सरकारको कुरा हल्लामा मात्र सीमित रहन्छ।

- झपक चापागाईं

सिमपानी, पोखरा



तुलना गर्न भएन

लियोनल मेसी नयाँ पुस्ताका सबैभन्दा भद्र र अनुशासित फुटबल खेलाडी हुन् तर उनलाई पेले र म्याराडोनासँग तुलना गरेको चित्त बुझेन (नयाँ तारा, ८ पुस)। कारण, कुनै पनि खेलाडीको गुण र दोष अरूसँग तुलना हुन सक्दैन। सबैका आ-आफ्नै विशेषता हुन्छन्। पेले पेले नै हुन्। उनको खेल्ने तरकिा र शैली, त्यो समय, त्यो बेलाको फुटबलको राजनीति र अर्थतन्त्रबाट प्रभावित थियो। त्यसैले पेले र म्याराडोनाले फरक-फरक पृष्ठभूमि र फरक-फरक दबाबमा आफ्नो छवि निर्माण गरेको कुरा कहीँकतै छिपेको छैन।

त्यसैगरी मेसीका हकमा पनि त्यही हो। उनलाई क्लब फुटबलले जेजति नाम र दाम दिएको छ, अघिल्ला दुई खेलाडीको भाग्यमा त्यो मौका जुर्न सकेन। त्यसैले मेसीको क्षमता र सीपको विश्लेषण वर्तमानमा आधारति हुनुपर्छ, न कि विगतका आधारमा।

- हरिगोपाल अधिकारी

काभ्रे



ओरालो स्वाभाविक

अर्थतन्त्रको मूल आधार मानिँदै आएको कृषि क्षेत्रको चौतर्फी उन्नतिका लागि कृषकका अप्ठ्यारा निमिट्यान्न पार्नैपर्छ -धेरै लगानी, थोरै प्रतिफल, ८ पुस)। किसानलाई सुविधा र अनुदान नदिएसम्म उत्पादन बढाउन सकिने अवस्था छैन। बीउबिजन, मल र सिँचाइको व्यवस्थाका लागि सरकारले ठोस र प्रभावकारी परयिोजना नल्याएको धेरै भयो। जिल्लामा भएका कृषि विकास कार्यालयहरू किसानलाई पेसाप्रति उत्प्रेरति गराउने काममा उदासीन छन्। कर्मचारीहरूकै शब्दमा केन्द्रबाट परयिोजना र पैसा नआएसम्म किसानलाई केही सहयोग गर्न सक्ने अवस्था छैन। यस्तो विषम परििस्थतिमा परम्परागत खेती प्रणालीमा आधारति कृषि क्षेत्र ओरालो लाग्नु स्वाभाविक हो।

- मीनबहादुर नेपाली

भोझाड, चितवन



हलो अड्काएर गोरु चुट्ने !

राष्ट्रपति रामवरण यादवले दलहरूलाई सहमतिको सरकार बनाउन आफैँले दिएको समय पटक-पटक थप्दै जाँदा राम्रो सन्देश प्रवाह भइरहेको छैन (निषेधको राजनीति, १ पुस) । तोकिएको या थपिएको समयमा पनि दलहरू सहमतिको बाटो तय नगरेर भएका सहमतिहरूलाई पनि भत्काउने काममा लागेका छन्। खासगरी एकीकृत माओवादीले कांग्रेसलाई सरकारको नेतृत्व दिन प्याकेजमा सहमति हुनुपर्ने बताइरहेको छ। हो, यहीँनेर एमाओवादीले कांग्रेसलाई विश्वास नगरेको या निषेधको नीति लिएको भन्ने प्रस्ट हुन्छ। त्यसैले यो प्याकेजमा सहमति भन्ने कुरा केवल हलो अड्काएर गोरु चुट्नेजस्तै हो। एमाओवादी अलिक उदार र लचिलो हुनुपर्‍यो। कांग्रेसलाई सत्ताको नेतृत्व दिएर निर्वाचन गराउँदा उसलाई कुनै पनि हिसाबले घाटा हुँदैन।

- जल सरोवर

बिजुवारबजार, प्यूठान



सीएनएन हिरोको चुनौती

जेलमा रहेका बालबालिकालाई आश्रय दिएर र उनीहरूलाई पढाएर पुष्पा बस्नेतले उदाहरणीय काम गरनि् र सीएनएन हिरो-२०१२ बनिन् -पुतली घरकी 'पुष्पा मामु', १ पुस)। यो खुसीको कुरा हो तर यसले अर्को कुरा के देखाउँछ भने हाम्रो राज्य लाचार छ, नालायक छ। जेलमा रहेका निर्दोष र असहाय बालबालिकाप्रति हाम्रो सरकार उत्तरदायी छैन। सीएनएन हिरोको सन्देशसँगै यो कटु तथ्य पनि सार्वजनिक भएको छ। त्यसैले पुष्पाको पराक्रमले सरकारलाई पनि जेलभित्रका सबै बालबालिकालाई निकाल्ने, पालनपोषण गर्ने र पढाउने-लेखाउने चुनौती दिएको छ। खोइ त यतातिर सरकारको ध्यान ?

- हरिराम पौडेल

सामाखुसी, काठमाडौँ



प्रोपोगान्डामा खप्पिस

कलिउडका हिरोइनहरू प्रोपोगान्डा गर्न खप्पिस भइसके (रेखा सगरमाथा चढ्ने, १ पुस)। कहिले निशा अधिकारी सगरमाथा चढ्ने कुरा सुनिन्छ त कहिले रेखा थापा। सगरमाथा चढ्न सजिलो छैन। रहर लाग्दैमा सगरमाथा आरोहण गरनिे पनि होइन। त्यसका लागि पूर्वअभ्यास र पर्याप्त तालिम जरुरी हुन्छ। अर्को कुरा, हिरोइनहरूले सगरमाथा चढेर उपलब्धि के हुन्छ ? के नयाँ सन्देश प्रवाह हुन्छ ? यस्तो बेफ्वाँकको प्रचारबाजीमा लाग्नुभन्दा हिरोइनहरूले अभिनय कौशल बढाउने काममा ध्यान दिए राम्रो हुने थियो।

- पवित्र कोइराला

सिड्नी, अस्ट्रेलिया

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar