सेक्स सिनेमा हो/होइन ?


निर्देशक भन्छन्, "यो फिल्म एटीएमजस्तो यौनकेन्दि्रत होइन।" उनकी हिरोइन भन्छिन्, "यो फिल्मलाई यौनकेन्दि्रत भन्दा हुन्छ।" सार्वजनिक हुने तरखरमा रहेको अंग्रेजी नामधारी कलिउडको फिल्म नाइन ओ क्लकका निर्देशक बाबुराम ढकाल र सोही फिल्मकी हिरोइन सुमिना घिमिरेका परस्पर विरोधाभासपूर्ण अभिव्यक्तिले यो फिल्म कस्तो होला भन्ने उत्सुकता जगाएको छ। तर, आफ्नै फिल्मप्रति निर्देशक र हिरोइनको कुरा बाझिनु प्रोपोगान्डा त होइन ?

इन्दिराको धन्यवाद इन्टरनेटलाई

गायिका इन्दिरा जोशी तीन साताको युरोप भ्रमणबाट फर्केकी छन्। गायक राजेशपायल राईसँगै उनी जर्मनी, स्वीट्जरल्यान्ड र बेल्जियममा चारवटा कन्सर्टमा सहभागी भइन्। नेपालमा हजारौँ दर्शकसहित खुला चौरमा हुने कन्सर्ट देखिरहेकी उनलाई युरोपमा हलभित्र केही सयको संख्यामा कन्सर्ट हुँदा फरक अनुभव भएछ। तर, त्यहाँ धेरै दर्शकसँग नजिकबाट परििचत हुन पाउँदा उनी दंग परनि्। उनलाई सबैभन्दा खुसी त्यसबेला लागेछ, जतिबेला उनले आफ्ना गीतका बारेमा नजिकबाट जान्ने डाइहार्ट फ्यान त्यहाँ भेटिन्। "देशविदेश भन्ने नै रहेन," उनले नेपालसँग अनुभव साटिन्, "धन्य हो इन्टरनेट।"





लुकेर लुक्दैन

'ओठमाथिको जँुगाको रेखी र बिहेबारी लुकाएर लुक्दैन' भन्ने सुनिआएकै हो। तर, नवनायक सविन श्रेष्ठले भने सुनेका रहेनछन्। रेखा थापाको सहयोगमा रजतपट यात्रा तय गरेका श्रेष्ठले सञ्चारकर्मीसँग भनेछन्, "अहँ, मैले बिहे गरेको छैन। म त एक्लो कलाकार।" झट्ट हेर्दा हिम्यानजस्ता यी हिरोले एक मोडल तथा एयर होस्टेससँग गएको वर्ष विवाह गरेर भोज खुवाएको बिर्सेछन् कि क्या हो ?





छोरासँग बुहारी पि|m

५ माघमा सार्वजनिक हुन लागेको फिल्म समयका हिरो-हिरोइन विकी मल्ल र सुरभि जैनबीच प्रेमको खिचडी पाकिरहेको चर्चा सुनिन थालेको छ। डेढ दशकअघिकी हिरोइन मौसमी मल्लका छोरा विकीले आफूहरू रयिल लाइफको जोडी भएको बताइरहेका छन्। सुरभिले भने विकीको आनीबानी मनपरे पनि पर्दामा जोडी सुहाएको देखिएकाले हल्ला चलेको बताइरहेकी छन्। उनलाई के थाहा, कलिउडमा हावा नचली पात हल्लिन्न भन्ने कुरा ?





नक्कल गर्दै राते

राते काइँला सुनिल थापाले कुनै बखत बलिउडमा चर्चा कमाए। उदेक लाग्दो कुरा, सुपरहिट फिल्म एक दुजेके लिएका चर्चित भिलेन थापा अहिले कलिउडमा बसेर बलिउडको नक्कल गररिहेका छन्। बलिउडका कहलिएका भिलेन गब्बर सिंह, मोग्याम्बो आदिको नक्कल यहाँ उनीबाट गराइसकिएको छ। अघिल्लो साता रििलज भएको फिल्म रुद्राक्षमा उनी सञ्जय दत्त शैलीमा देखिएका छन्। अग्निपथमा सञ्जय दत्तले कपाल खौरेर गरेको अभिनय शैली उनले रुद्राक्षमा नक्कल गरेका छन्। यसो त बलिउडको रुद्राक्ष भन्ने फिल्ममा पनि सञ्जय दत्त नै थिए। नक्कल पनि अक्कल पुर्‍याएर गरेको भए राम्रो हुन्थ्यो नि!





साइड हिरोइन

फिल्म चल्यो भने मुख्य हिरोइनले सबै क्रेडिट लिन्छिन्, चलेन भने त अर्कै कुरा। पूजा शर्माको किस्सा अलि फरक छ। उनी साइड हिरोइन भएको दुइटा फिल्ममै पि्रयंका कार्की मुख्य हिरोइन छिन्। एउटा फिल्म थ्री लभर्स रिलिज भइसक्यो, खासै चलेन। त्यसबाट पि्रयंकालाई फाइदा त भएन नै, मुस्किलले एउटा पोस्टरमा देखिएकी पूजालाई त कसैले 'मार्क' गरेनन्। अब अर्को फिल्म आउँदै छ, मेरो बेस्टप|mेन्ड। अहिलेसम्म यो फिल्ममा पूजा पनि छिन् भनेर कतै खुलासा गरएिको छैन। त्यो फिल्म चल्यो भने क्रेडिट पि्रयंकाले लान्छिन् र पूजालाई फेर िकसैले 'मार्क' नगर्लान्। साइड हिरोइनमै चित्त बुझाउने हो कि क्या हो पूजा ?





उर्वशी अरुणिमा

झरना थापाकी १३ वषर्ीया छोरी छिन् तर पनि उनी कलिउडमा छाएकै छिन्। छोरी हुर्काइसकेकी करिश्मा मानन्धरले अहिले पनि सुन्दरता छर्ने प्रयास गरेकै छिन्। अरुणिमा लम्साल मात्र किन पछाडि पर्ने ? छोरी हुर्केपछि अरुणिमा फेर िफिल्मकी हिरोइन भएकी छन्। आमा हुँदैमा अभिनयको कला मर्ने हो र ? छायांकन भइरहेको फिल्म उर्वशीमा उनका रोमान्टिक दृश्यको चर्चा सुनिन थालेको छ। उर्वशी युनिट सदस्यका अनुसार फिल्ममा अरुणिमाले  चुलबुले टिनएजरको भूमिका निर्वाह गरेकी छन्।





केटा खोजिदिनू, तयार छु

दिया मास्केलाई पत्रकारले केटा खोजिदिनुपर्ने भएछ। सञ्चारकर्मीले हालै उनीसँग विवाह कहिले गर्ने भनेर प्रश्न मात्र के सोधेका थिए, उनले जवाफ दिइहालिन्, "केटा खोजिदिनू, म तयार छु।" कागबेनी, एक दिन एक रात र रिलिज हुनै लागेको फिल्म सुनगाभाकी हिरोइन, कुशल नृत्यांगना र थिएटर कलाकार मास्केले पत्रकारले समाचार खोज्छन्, केटा होइन भन्ने हेक्का त राख्नुपर्ने नि ! सुनगाभामा उनले लेस्बियनको भूमिका निर्वाह गरेकी छन्। रयिल लाइफमा पनि त्यस्तै त पक्कै होइन होला।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

कथा   [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar