जनकराज सापकोटा

अब नमुना गाउँ


  • साँगाको डाँडोमा मल्लकालीन शैलीका नयाँ घर

काठमाडौँबाट बनेपा जाने बाटोमा अन्तिम पहाडी घुम्ती काटेपछि साँगा भन्ज्याङ आउँछ। त्यही भन्ज्याङको दाहिनेपट्टि डाँडोमा आँखा तन्काएर हेर्ने हो भने लस्करै मल्लकालीन शैलीका परम्परागत नेपाली घरहरू देखिन्छन्। यिनै घरका कथासँग सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको महत्त्वाकांक्षा जोडिएको छ। उनी आफ्नो सपना पूरा हुनै आँटेको खुसीले उद्वेलित छन्।

भक्तपुरमा जीर्ण भएर कुखुराको खोरमा परण्िात घरलाई परम्परागत नेपाली वास्तुकलाको नमुना घर बनाउन सफल पुरीले १० वर्षअघि नै त्यो सपना बुनेका थिए, जतिबेला नमुना घरले अन्तर्राष्ट्रिय तहको युनेस्को पुरस्कार पाएको थियो। उनको सपना थियो, कुनै एउटा अग्लो डाँडो, जहाँबाट हिमाल देखियोस्, जहाँ पानीको पर्याप्त स्रोत होस्, ढुंगेधारो र चौतारो बनाउन पाइयोस् अनि त्यहाँ होस् परम्परागत शैलीका नेपाली घरहरूको गाउँ। नमुना घरको ख्याति र त्यसलाई अवलोकन गर्नेहरूबाट पाएको प्रतिक्रियापछि उनको मनभित्र नमुना घरहरूको सिंगै गाउँ बनाउने योजना झनै दृढ भएर हुर्कियो।

स्पेनका पुराना सहरका परम्परागत घरहरूको पुनःनिर्माणका अनुभवी स्पेनी नागरकि फर्नान्डो पालाजिउलोसँगको भेटपछि त उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। पुरीको पुराना घरहरूको पुनःनिर्माणको अभियान देखेपछि फर्नान्डो प्रभावित मात्रै भएनन्, उनले भावी योजनाबारे पनि सोधे। त्यसपछि पुरीले हत्त न पत्त आफ्नो मनमा रहेको सपनाको पेटारो फुकाइहाले। सिंगै डाँडा किनेर त्यहाँ मल्लकालीन शैलीको नमुना गाउँ बनाउने योजना सुनेपछि फर्नान्डो तुरुन्तै त्यस कामका निम्ति सहमत भइहाले। त्यसपछि सुरु भयो पुरीको नमुना गाउँ बनाउने यात्रा।

उनले आफूले चाहेजस्तै पहाडी थुम्को खोज्न काठमाडौँ उपत्यकालाई घेरेका लगभग सबै डाँडाका टाकुरासम्म पैदलै फन्को मारे। तर, भनेजस्तो ठाउँ कहाँ पाउनु ? झन्डै एक वर्ष त ठाउँ खोज्नमै बित्यो। अन्तमा उनले खोजेजस्तै हिमाल देख्न सकिने, मूलको पानी खान पाइने र सहरबाट नजिकै रहेको साँगाको डाँडा भेटे। त्यसपछि सुरु भयो पुरीको नमुना गाउँ निर्माणको योजना। भुइँ खोस्रेर परम्परागत शैलीको अग्लो पर्खाल उभ्याउन्जेल अनगिन्ती मान्छेका अनेक प्रश्नले घेरएि उनी। कुनै दरबारको किल्लाजस्तो परम्परागत शैलीको पर्खाल देखेर छक्क नपर्ने कमै थिए। झन्डै तीन वर्षको लगातारको मिहिनेतपछि पुरीले तीन कलात्मक शैलीका घरको निर्माण सम्पन्न गरसिकेका छन्, जो नमुना गाउँका नमुना घर हुन्। ५४ रोपनी क्षेत्रफलमा फैलिएको नमुना गाउँमा यस्तै खाले ६० वटा घर निर्माण हुँदै छन्। यस गाउँमा चैत्य, पाटी र पौवा पनि हुनेछन्। आफ्नै पहलमा घर, स्कुल र मन्दिर गरेर ४० भन्दा वढी संरचनाको निर्माण र पुनःनिर्माण गरसिकेका पुरी भन्छन्, "यहाँ बस्दा ठ्याक्कै मल्लकालीन गाउँकै अनुभूति मिल्नेछ। अझ घरको बार्दलीमा बसेर अन्नपूर्णदेखि गौरीशंकरसम्मका हिमालहरू देख्न पाउँदा को रोमाञ्चित नहोला?"

आजको विन्दुसम्म आइपुग्न पुरीले एक दशकको मिहिनेत खचर्ेका छन्। अहिले निर्माण सम्पन्न गरिएका तीनवटा घर पहिलो र प्रारम्भिक चरणका मात्रै हुन्। बाँकी जति घर बन्ने छन्, ती सबै यही आकार र शैलीका हुनेछन्। सिंगो सहरका आकाश छुने हाउजिङ् कम्पनीहरू धमाधम डुबिरहेका बेला पुरी भने उत्साहित छन्, नमुना गाउँमा घर किन्न मान्छेले हानथाप गरेको देखेर।

झिँगटीको छानो, ढुंगाको गाह्रो, माटोको लिउन र तेलीय इट्टाको भुइँ भएका ती परम्परागत घरमा उनले आधुनिक शैलीको 'फ्युजन' गरेका छन्। नमुना गाउँमा बन्ने ढुंगा, इट्टा, माटो-ढुंगासहितका तीनथरी घरका आ-आफ्नै विशेषता छन्, जहाँ रैथाने र परम्परागत सामग्रीहरूको प्रयोगमा जोड दिइएको छ। कतिसम्म भने इँटासमेत डाची अप्पा अर्थात् मल्लकालीन प्रकृतिका नै छन्। इँटा जोड्न सिमेन्टको साटो चुन र इँटाको धूलो मिसाएर बनाइएको सुर्की प्रयोग गरएिको छ। घरभित्र कलात्मक काठका भर्‍याङ, भित्र र बाहिर दुवैतिर चौकोस भएका झ्याल र अग्राखको काठमा बुट्टा कुदेर बनाइएको ढिक शैलीको ढोकाले घरको सुन्दरतालाई चहकिलो पारेको छ। उनले घरमा कुनै प्रकारको पनि रसायन प्रयोग गरेका छैनन्। बरू झ्याल, ढोका र दलिनलाई आलसको तेल लगाएर टल्काएका छन्।

काठको भर्‍याङ नै नदेखेकाहरू, चोटा, दलिन, थाम र आँखीझ्यालसमेत थाहा नभएकाहरूको जमात बढ्दै जाने हो भने हाम्रो परम्परागत सीप, ज्ञान र शैलीसमेत हराउने चिन्ता कमसेकम अब नहुने उनको विश्वास छ। दलिन, निदाल, झिँगटी र थामको अर्थ शब्दकोशमा खोज्नुपर्ने अवस्था नआओस् भन्नेमा पुरी सचेत छन्। भन्छन्, "यस्ता घरहरूको निर्माणले हाम्रो परम्परागत कला र शैलीका विविध पक्षलाई उजिल्याउने छ।"

नेपाली शैलीका घर त एकाध मात्रै बाँकी छन्, सहरका कुना-कन्दरामा। तर ती पनि कंक्रिटका कुरूप घरहरूले छोपिएका छन्। मौलिक शैलीका घर यही गतिमा नासिँदै जाने हो भने भोलि तिनलाई चित्रमा मात्रै देखाउनुपर्ने अवस्था आउन सक्छ। पुरी भन्छन्, "मौलिक शैलीको नमुना गाउँले हाम्रो इतिहासलाई फेर िब्यूँताउनेछ।" नमुना गाउँ परयिोजनापछि उनले गुरुङ, शेर्पा, तामाङलगायतका विभिन्न आठ जात-जाति विशेषका परम्परागत घरहरू भएको गाउँ निर्माण गर्ने योजना बुनेका छन्।

परम्परागत शैलीका घरहरू बिक्री गरेर उनले मनग्गे अाम्दानी गर्ने सपना भने देखेका छैनन्। तर, त्यसो भनेर परश्रिमको फल नलिने भन्ने पनि होइन। सारमा यो योजनालाई पूर्ण व्यापारकि नरहेको भन्न सकिन्छ। पुरी पनि भन्छन्, "परम्पराको पनि संरक्षण होस् र घाटाको योजना पनि नबनोस् भन्नेमा सचेत छु।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

जनकराज सापकोटाद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

सर्वाधिक

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar