भट्टराई अभियानको अभीष्ट

बाबुराम भट्टराई र उनको मित्रपंक्ति मधेसी गुटहरूका अगाडि सबै प्रतिपक्षीहरू निरीह हुँदै गएका छन्। भट्टराईको कानमा संसद्वादीहरूको 'आन्दोलनको आँधीबेहरी' पुगेको पनि छैन। मोहन वैद्यको 'जनविद्रोह'ले पनि उनको रौँ हल्लाएको देखिएन।

विपक्षीहरूअघि बढ्ने बाटो छैन, न त लड्ने हतियार नै छ। इतिहासलाई ठीक ढंगले बुझ्ने प्रयास नगर्दा र परिवेशलाई ठीक ढंगले समात्ने आँट नगर्दा संसद्वादीहरूले बचेको आफ्नो औचित्यलाई आफैँ समाप्त पार्दै छन्।

भट्टराईले विपक्षीहरूलाई कुर्सी नछाड्ने धमास देखाउँदै सक्ने भए गरेर देखाउन धम्की दिँदै आएका थिए। पछिल्लो समय उनले आफ्नै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि चेतावनी दिएछन्। यसको मतलब हो, भट्टराई अहिले सबैभन्दा बलिया छन्। विपक्षीहरूको निरीहताले समेत उनी बलियो रहेको संकेत गर्छ। सबैका बीचमा भएको मानिएको सहमति उनैका कारणले लागू नहुनुले पनि यही तथ्यलाई प्रकाश पार्छ।

भट्टराई नेपालका मानिएका राजनेता होइनन्। चिन्तक पनि होइनन्। औसत संगठक पनि होइनन्। उनले नेपालको ऐतिहासिक मोडलाई दिशा दिएको बारे पनि कसैलाई जानकारी छैन। दुई-चार जना मानिसलाई सन्तुष्ट पारेर आफ्नो मित्र बनाउन नसकेका व्यक्तिले अझ भनौँ श्रीमतीलाई पनि मर्यादित राख्न नसकेका व्यक्तिले सिंगो देशलाई हाँक दिने सामथ्र्य राख्छ भनेर पत्याउने कुरा पनि होइन तर भएको छ यही।

त्यसैले भट्टराईको हाँकलाई उनीभित्र खोजेर भेट्न सकिन्न। उनी एउटा पात्र हुन्। पात्रले आवाजलाई वा मनसायलाई अभिव्यक्त मात्र गर्छ। समस्या हो, उनीसँग जोडिएका विषय र उनीमार्फत विषय सम्प्रेषण गर्न चाहने शक्तिहरूको अभीष्ट। भट्टराईको बोलीको अर्थलाई ठम्याउन इतिहासको पछिल्लो पाटो अध्ययन नगरी हुँदैन।

समस्याको रूप : नेपालको सत्ता-राजनीति अब व्यक्तिको कृपामा निर्भर रहनुपर्ने अवस्थामा आइपुगेको छ। व्यक्ति-व्यक्तिका अतृप्त आकांक्षाहरू राजनीतिक सहमतिका रूपमा परभिाषित हुन थालेका छन्। संवैधानिक प्रक्रियाको औचित्य त नेपालमा कहिल्यै स्थापित हुन सकेको छैन, अब गुटगत राजनीतिक प्रक्रियाले पनि राज्य सञ्चालनमा भूमिका खेल्न सक्ने अवस्थाको अन्त्य हुँदै गएको छ। विचारलाई प्राविधिक उपायले, समष्टिलाई अंशले, समाजलाई व्यक्तिले, राज्यप्रणालीलाई माफिया सञ्जालले, राष्ट्रिय संरचनाहरूलाई बाहिरी स्वार्थहरूले विस्थापित गर्दै लगेका छन्। समस्याका निर्धारक तत्त्वहरू बहुआयामिक, दिशाविहीन र जटिल बनिसकेका छन्।

नेपालको सत्ता-राजनीति र दलहरूको वास्तविक नियति के हो भन्ने कुराको सानो उदाहरणका रूपमा राष्ट्रपति र प्रधानमन्त्री भट्टराईलाई लिए पुग्छ। अदृश्य शक्तिकेन्द्रको आड पाएका बेला तत्कालीन रुक्मांगद कटवालमाथिको कारबाही केही घन्टाभित्र बदर गर्न समर्थ भएका राष्ट्रपतिले भट्टराईलाई छुन नसकेर सहमतिको म्याद टाँसलाई घन्टाँै लम्ब्याइरहेका छन्। प्रधानमन्त्रीको कुर्सीमा विराजमान नहुँदासम्म रुन्चे अनुहार लगाएर संसद्वादीहरूको घरदैलो चहार्दै आएका भट्टराईले अहिले तिनीहरूलाई नै धम्क्याइरहेका छन्। पर्दाभित्रका शक्तिहरूको आधारभूत स्वार्थसँग आफ्ना इच्छाहरूले मेल खाँदा वा नखाँदाको अवस्थामा यहाँको राजनीतिमा विवेक र विचारको नीतिले कति काम गर्दो रहेछ भन्ने तथ्यको उदाहरण हो यो।

यस्तो अवस्था कुनै गुट वा व्यक्तिको अधिनायकवादी बन्ने रातारातको सपनाले सिर्जना भएको छैन। जबसम्म प्रणालीले काम गरेको हुन्छ, त्यहाँभित्र एउटा व्यक्तिका कारणले मात्र यस्तो अवस्था उत्पन्न हुन सक्दैन। हिजो पनि नेपालका राजाहरूलाई यस्तै समस्याका रूपमा प्रस्तुत गरन्िथ्यो तर इतिहासले के साबित गर्‍यो भने व्यक्तिगत रूपमा राजाहरू मात्र समस्या थिएनन्। राजाहरूले सिर्जना गरेको भनिएको समस्याको समाधान न बहुदलले दियो, न त लोकतन्त्रले। बरू यहाँको राजनीतिक प्रक्रियाले राजाहरूभन्दा नेताहरूलाई अराजकतावादी अधिनायक बनायो।

मुख्य समस्या पात्रहरू होइनन्। ती त एउटा ऐतिहासिक प्रक्रियाका परण्िााम मात्र हुन्। ती राज्यको अन्तरवस्तुका विम्बहरू मात्र हुन्छन्। विकासको एउटा बेग्लै मोडलाई अभिव्यक्त गर्ने संकेतहरू मात्र हुन्। भट्टराई पनि नेपाली राजनीतिको एउटा विशिष्ट मोडलाई संकेत गर्न उभ्याइएका प्रतीक मात्र हुन्। व्यक्ति भट्टराईसँगको लडाइँले मात्र राजनीतिक निकासको सन्दर्भमा तात्त्विक महत्त्व राख्न सक्दैन। यसको महत्त्व मात्रामा मात्र छ।

अहिलेको आवश्यकता हो, इतिहास चिन्तनको। भट्टराईजस्ता पात्रहरूको उत्थानको स्रोतलाई बन्द गर्नुपर्ने कर्मको खाँचो हो। इतिहासको समीक्षा नगरीकन, आजको परण्िाामलाई पूर्ववर्ती घटनाहरूको शृंखलासँग नजोडीकन, तात्कालिक समस्याको समाधानको प्रयासलाई यसको समग्र सन्दर्भभित्र नखोजीकन, हाम्रोजस्तो नवऔपनिवेशिक देशको आन्तरकि विकास प्रक्रियाको नातालाई यसको बाह्य परविेशमा नपुर्‍याईकन र समस्याहरूको प्रकृतिमाथि ध्यान केन्दि्रत नगरीकन विषयको त के कुरा व्यक्तिलाई पनि पराजित गर्न असम्भव छ।

जटिलताको कडी ः देशको अहिलेको जटिलताको पछिल्लो कडी समात्न दुई दशक पछाडि र्फकनुपर्छ। ०४७ सालपछि नेपाली कांग्रेसलाई प्रयोग गरेर विदेशी शक्तिहरूले यसको घनीभूत प्रयोग गरेका हुन्। एउटा सुसंगठित योजना अन्तर्गत तिनीहरूले सर्वप्रथम सामाजिक सम्बन्धहरूको साम्राज्यवादीकरण गर्न सुरु गरे। भूमण्डलीकरण, नवउदारवाद र निजीकरणका नाममा समाजको संरचनालाई निर्धारण गर्ने मुख्य तत्त्वका रूपमा रहने अर्थतन्त्रलाई आफ्नो अनुकूल बनाएर साम्राज्यवादी शक्तिहरूले राज्यको प्रमुख आधारलाई पूर्णतः नवऔपनिवेशिकीकरण गरििदए।

राजनीतिको निर्धारक शक्तिका रूपमा रहेको कांग्रेसलाई यसको ऐतिहासिक विकास प्रक्रियाबाट अलग गर्न सफल भएपछि त्यसबेलाको जल्दोबल्दो वामपन्थी संगठन नेकपा एमाले बाह्य शक्तिहरूको दोस्रो निसाना बन्यो। यसलाई योजनाबद्ध रूपमा एनजीओकरण गरयिो। एमालेको नीति-निर्माणको तहमा गैरसरकारी संस्थाहरू निणर्ायक बन्न पुग्नुको परण्िााम दासढुंगा घटनाका रूपमा देखापर्‍यो। यो घटनाले वामपन्थी आन्दोलनमा जीवित रहेको साम्राज्यवादविरोधी राजनीतिक चरत्रिको अन्त्य गरििदयो। अर्थतन्त्रको निजीकरण र एमालेको एनजीओकरणका घटनाले निर्बाध बनाएको विदेशी घुसपैठका कारण नेपालको राजनीतिक वृत्त बदलिँदै र दलीय राजनीति व्यक्ति स्वार्थ केन्दि्रत बन्दै गयो।

अहिलेको नेपाललाई बुझ्न साम्राज्यवादको तेस्रो हतियारका रूपमा उदाएको माओवादीको इतिहासलाई राम्ररी बुझ्नुपर्छ। यो हतियार कांग्रेसको उदारवादीकरण र एमालेको एनजीओकरण गरसिकेपछि खोक्रो भएको समाजका ढाँचागत संरचनाहरूलाई छिन्नभिन्न पार्नका लागि संसद्वादीहरूको विकल्पका रूपमा माओवादीलाई उठाइएको थियो। माओवादीले जनयुद्धका नाममा सामाजिक प्रणाली र भौतिक संरचनालाई तहसनहस पार्‍यो। यहाँसम्म आइपुग्दा नेपालको आफ्नो आर्थिक, सामाजिक प्रणाली केही पनि रहेन। यसको नतिजा एउटै हुन सम्भव थियो, चरम तरलता।

आधारहरू सबै छिन्नभिन्न भएपछि चौथो कदमका रूपमा साम्राज्यवादले खोक्रिएको राज्यको मेरुदण्डमाथि हमला गर्‍यो। यसैको परण्िााम थियो, दरबार हत्याकाण्ड। यो घटना राज्यको शक्तिकेन्द्रका रूपमा रहेको सेनामाथि नियन्त्रण कायम गर्न र नेपालको आन्तरकि समस्या व्यवस्थापन गर्न सक्ने कुनै पनि शक्ति बाँकी रहन नदिने उद्देश्यका साथ हटाइएको थियो। त्यसबेला दरबारबाहेकका सबै राजनीतिक शक्तिहरू एकअर्काका विरुद्ध युद्धरत अवस्थामा रहेका थिए।

दरबार हत्याकाण्डपछि जब युद्धरत पक्षहरूका बीचमा समन्वय गर्न सक्ने कुनै पनि सम्भावित शक्ति देशभित्र रहेन, यस्तो अवस्था सिर्जना गरेर बडो चलाखीपूर्वक साम्राज्यवादी शक्तिहरूले नेपालको आन्तरकि समस्याको व्यवस्थापन गर्ने जिम्मा आफ्नो हातमा हस्तान्तरण गर्न लगाए। यसैको नतिजा थियो, दिल्लीमा भएको १२ बुँदे समझदारी। यो घटनापछि नेपालको आन्तरकि राजनीतिक प्रक्रिया सम्पूर्ण रूपमा बाहिर गयो र नेपाल विदेशी शक्तिहरूको पूर्ण नवउपनिवेश बन्यो।

राजनीतिक प्रक्रिया आफ्नो कमानमा लिइसकेपछि संविधानसभाबाट संविधान बनाउने नेपालको जीवनप्रणालीको खण्डीकरण गर्ने छैटौँ षड्यन्त्रमूलक खेल सुरु हुन्छ। नागरकिता ऐन बनाएर लाखौँ विदेशीलाई नेपालीकरण गरेर 'एक मधेस एक प्रदेश'को मुद्दा उठ्छ। राज्य पुनःसंरचनाको आवरणमा नेपालीबीचको जातीय सद्भावलाई दुर्भावनामा बदल्न एकल जातीय राज्यको मुद्दा चर्काइन्छ। समुदायहरूलाई एकअर्कासँगको सम्बन्धबाट अलग्याउन सम्पर्क भाषाका रूपमा विकास भएको नेपाली भाषालाई खसहरूको भाषाका रूपमा निन्दा गर्न लगाइन्छ। यसअघि नेपाल भिन्नभिन्न राष्ट्रका रूपमा रहेको मनोविज्ञान तयार पारेर विभाजन ल्याउनका लागि पृथ्वीनारायण शाहको राज्य एकीकरणको निन्दा अभियान सुरु हुन्छ।

यी सबै प्रक्रिया सफलतापूर्वक पार गरेपछि साम्राज्यवादले सातौँ कदमका रूपमा आफ्नो पक्षमा ठोस निष्कर्ष खोजिरहेको छ। त्यसले यस्तो निष्कर्ष नेपालको इतिहासको अहिलेसम्मको अध्यायलाई अन्त्य गरेर मात्र प्राप्त गर्न सक्छ। एकीकृत नेपालको स्वरूपको अन्त्य, राजनीतिक विचारहरूको अन्त्य, देशभक्ति र जनपक्षीयताको पंक्तिमा रहेका विषय वा पात्रहरूको अन्त्य, नेपाललाई आजको स्वरूपसम्म ल्याइपुर्‍याउन मूल्यवान् सहयोग गरेका धर्म, संस्कृति, सभ्यताहरूको अन्त्य, राष्ट्रको परभिाषाको अभिन्न तत्त्वका रूपमा रहेको नागरकिता र नागरकि कर्तव्यको अन्त्य आदि इतिहासको अन्त्यका निसाना हुन्। यसका लागि लक्ष्यविहीन, दिशाविहीन र उद्देश्यविहीन गृहयुद्धको अवस्था साम्राज्यवादको तत्कालको माग हो। भट्टराईहरू यसका लागि सबैभन्दा उपयुक्त पात्र हुन्। यस्ता पात्रहरूको उत्थान गर्ने तमाम घटनासँग सम्बन्धविच्छेद निकासको आधारभूत सर्त हो।

देश यहाँसम्म आइपुग्नुमा नेपाली कांग्रेस होहल्लापूर्ण लहडमा, एमाले नेताहरू व्यक्तिगत स्वार्थमा र माओवादी सुनियोजित हतियारका रूपमा प्रयोग गरएिका छन्। कमजोर नेपाललाई ध्वंश गर्न हतियारका रूपमा उठाइएका भट्टराईबाट सकारात्मक पहलको अपेक्षा गर्नु हास्यास्पद छ। बरू, यथार्थ के हो भने विगत दुई दशकदेखि आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा कमजोर बनाइँदै आएको देशको भग्नावशेषमाथि भट्टराईलाई खडा गरएिको छ। उनले आफ्नो उत्थान गर्नेहरूको स्वार्थको प्रतिनिधित्व गर्छन्। त्यसभन्दा बाहिर उनीसँग न कुनै प्रकारको सहमतिको सम्भावना छ, न त यस्तो सहमति गर्दा बाबुरामको निजत्व बाँकी रहन सक्ने अवस्था छ। भट्टराईले बोकेको अभीष्ट भर्सेज निकास नै आजको यथार्थ हो। ०४६ सालपछिको विदेशी चक्रव्यूहलाई उल्टाउनु र भट्टराई प्रवृत्तिहरूसँग सम्झौताहीन सम्बन्धको बाटो अवलम्बन गर्नुले मात्र अब निकासको बाटो पाउन सक्छ।

राजनीतिक निकासको कुरा गर्नेहरूले सत्ता गठबन्धनको अर्को नियतिमाथि पनि ध्यान दिनुपर्छ। एमाओवादी र मधेसी गुटहरूको जीवनदर्शन, लक्ष्य, उद्देश्य केही छैन। जे छ, त्यो इतिहासको सागरमा पानीको थोपाबराबर छ। यस्ता प्रवृत्तिहरू सुव्यवस्थाभित्र जीवित रहने आधार हुँदैन। अस्तव्यस्तता, अराजकता, अस्थिरता र चौतर्फी भद्रगोल भएको परविेशमा मात्र यस प्रकारका तत्त्वहरूले चलखेल गर्न सक्छन्। त्यसैले यिनीहरू व्यवस्थित प्रक्रियालाई रुचाउँदैनन्। हातबाट कुर्सी फुत्किनासाथ मुसीको भवः बन्नुपर्ने वास्तविकताप्रति यिनीहरू राम्रो जानकार छन्।

भट्टराई र मधेसी मोर्चाजस्ता पात्रहरूको वास्तविक उत्थान त्यसबेला मात्र हुन सक्छ, जब नेपालको आजसम्मको इतिहास अन्त्य हुन्छ। आजसम्म विकास भएका मूल्य-मान्यताहरू समाप्त हुन्छन् र आजको स्वरूपमा नेपालको अस्तित्व रहँदैन। यिनीहरूको निजत्वको चिन्ताको विषय यही मात्र हो। बाँकी सबै काम अर्काका लागि गररिहेका छन्। संसद्वादीहरूले यो वास्तविकतालाई आत्मसात् नगरी अगाडि बढ्ने बाटो खुल्दैन।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar