तालिवानको झझल्को

संसारका विभिन्न देश घुमेपछि र त्यहाँका नागरिकसँग छलफल गरेपछि मैले एउटै कुरामा गर्व गरेँ, नेपालमा गरिबि र अशिक्षा भए पनि कट्टर वा धार्मिक मतान्ध व्यक्ति छैनन् भनेर। हालै भुजेल थरका केही व्यक्तिले सेतो धरतीमाथि प्रतिबन्ध लगाएको सुनियो । यदि यो सत्य हो भने यसबाट नेपालमा सामाजिक मतान्धता फैलिन बेर लाग्दैन।

समाजमा विभिन्न समयमा भएका शोषणविरुद्ध लेखक, कवि र कलाकारहरूले आवाज उठाउँछन्। समाजको मानसिकता परविर्तन गर्ने कोसिस गर्छन्। त्यही सेरोफेरोमा सेतो धरतीका लेखकले बाल विधवाहरूको पीडा, आँसु र भोगाइलाई पुस्तकमा उतारेका छन्। पुस्तकमा पहिलेको चलन अनुसार 'भुजेल' थरका व्यक्तिको कामलाई पनि देखाएका छन्। त्यसमा उनले कसैलाई अपमान गरेका छैनन्, त्यसबेलाको सामाजिक जीवनको प्रतिविम्ब मात्र देखाएका छन्।

त्यही कारण भुजेलहरूले आफूहरूलाई अपमानित गरेको भन्ने ठानेका भए यसलाई छलफल या बहसको बौद्धिक विषय बनाउनु ठीक हुन्थ्यो। 'भुजेल जातिलाई तल खसालेको' भन्ने आरोप लगाएर सेतो धरतीमाथि पोखिएको आक्रोश त नेपालका सम्पूर्ण लेखक, कलाकार, कविहरूमाथिको आक्रोश हो। बिनाकुनै आधार मूढेबलमा देखाइएको आक्रोश हो।

भुजेलहरूको यो आक्रोशले मलाई त 'तालिवान'को पो स्मरण गरायो। केही साताअघि तालिवानले पाकिस्तानमा मलाला नामकी किशोरीलाई गोली हाने। किनभने, उनले महिला शिक्षाविरुद्ध तालिवानको सिद्धान्त ठीक होइन, प्रत्येक बालिकाले स्कुल जान पाउनुपर्छ र यो उनीहरूको नैसर्गिक अधिकार हो भनेर आवाज उठाएकी थिइन्। तर, तालिवानहरू सत्यलाई स्वीकार्नुको सट्टामा आगो भए। उनीहरूले यस्ता आवाज धेरै ठाउँबाट उठे धार्मिक मतान्धता कम हुँदै जान्छ र तालिवानको प्रभाव कम हुन्छ भन्ने बुझे।

धार्मिक कट्टरतालाई कायम राख्न उनीहरूका अगाडि एउटै बाटो रह्यो, मलालाको आवाज रोक्नु। त्यसका लागि तालिवानले मलालालाई गोली हान्यो। धन्य उनी बाँचिन् र अहिले बि्रटेनमा उपचार गराइरहेकी छन्। संसारका विभिन्न ठाउँबाट मलालाको सुस्वाथ्यका लागि आवाज उठ्यो। र, त्यो सद्भाव र आधुनिक उपचारले मलाला स्वस्थ हुने क्रममा छिन्।

नेपालमा त्यस्तो धार्मिक कट्टरता त छैन। तर, सेतो धरतीमाथि लगाइएको प्रतिबन्ध एउटा कट्टरपनकै हिस्सा हो। यो कट्टरताको विरुद्धमा आज नबोल्ने हो भने भोलि कुनै पनि समाचार, कथा, कविता व्यंग्य आदि लेख्दा थर लेख्नु नै भएन, लेखक र कविले। मधेसका मुसहर, दलित, चमार आदिका बारेमा कथा लेख्दा पनि उनीहरूले हाम्रो अपमान भयो भनेर आवाज उठाउने हुन् कि ?

कमैया प्रथाका बारेमा कथा लेख्दा वा कमलरीमाथि भएका अन्याय, शोषण र बलात्कारका बारेमा लेख्दा उनीहरूले पनि हाम्रो वास्तविकता देखाएर हाम्रो अपमान गरेको भनेर त्यस्ता पुस्तक जलाउने हुन् कि ? चेलीबेटी बेचबिखन हुने जिल्लाहरूको कथा लेख्दा त्यस जिल्लामा बस्ने कुनै खास जातिको नाम र थर आयो भनेर कविता, समाचार जलाउने हुन् कि ? छाउपडीविरुद्ध लेख लेख्दा सुदूरपश्चिमका मानिसहरूले हाम्रो संस्कृतिको अपमान भयो भनेर यस्ता लेख लेख्ने वा अनुसन्धान गर्नेहरूलाई दुव्र्यवहार गर्ने हुन् कि ?

विचारलाई दबाउनका लागि उठाइएको गलत कदमले कुनै पनि भुजेलको इतिहास बदल्न सक्दैन। इतिहासमा भएका अन्याय, अत्याचार र अपमानलाई बाहिर ल्याए मात्र वर्तमानलाई सुन्दर बनाउन सकिन्छ। यसो नगरिने हो भने इतिहास लेखनको के अर्थ भयो ?

कतिपय लेखकले महिलामाथि भएका अत्याचार, बलात्कारलाई  आधार बनाएर कथा-उपन्यास तयार गरेका छन्। यदि भुजेलहरू जस्तै महिलाहरूले पनि यस्ता कथाबाट हाम्रो अपमान भयो, सत्य कुरा बाहिर ल्याएर नारी जातिको मानहानि भयो भन्दै पुस्तकहरू जलाउन थाले के होला ? यसरी जाति र सम्प्रदायका नाममा सत्यलाई चित्रण गर्नै नदिने हो, विचारमाथि आक्रमण हुने हो र पुस्तकहरू जलाइने हो भने कुनै दिन नेपालका सबै पुस्तक खरानी हुने दिन आउन के बेर ?

धेरै वर्षअघि बीपी कोइरालाको उपन्यास सुम्निमा जलाइएको थियो। तर, त्यसले बीपीको अपमान भएन, न त किताबकै महत्त्व कम भयो। जलाउनेहरू कता गए कता, सुम्निमा त्यहीँ छ। बरू सुम्निमा पढ्नेहरू बढेका छन्।

सेतो धरतीमाथि प्रतिबन्ध लगाएर भुजेलहरूले सेतो धरतीको अझ बढी प्रचारप्रसार गरििदएका छन्। पोखरामा बिक्री बन्द भएपछि एक साथीले मलाई सोधिन्, "तिमीसँग सेतो धरती छ ?" मैले भनेँ, "छ तर पढ्ने अरू तीन/चार जनाको लाइन लागेको छ। सकिन्छ भने आफैँ किनेर पढ्नूस्। सकिन्न्ा भने एक महिनाजति पर्खनूस्।"

कहिल्यै किताब नमाग्ने साथीले पनि पत्रपत्रिकामा किताब जलाइएको र बिक्री बन्द गरएिको खबर पढेर किताब पढ्ने इच्छा देखाइन् । पोखरामा किताब पढ्न चाहनेहरूले काठमाडौँ वा अन्य ठाउँबाट मगाउनेछन्। विचार कहिल्यै मर्दैन।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar