एकपछि अर्को भिलेन


राष्ट्रपतिले प्रधानमन्त्रीको भ्याकेन्सी खोलेको एक महिना नाघ्यो। तैपनि, सुशील दाको सिंहदरबार पस्ने साइत जुरेको छैन। पार्टीभित्रै भिलेनहरू देखेपछि प्रचण्डले कांग्रेसको उम्मेदवार मागे। चमत्कार के भने पार्टीले एकमतले सुशील दालाई उठाइदियो। एमालेले सर्लक्कै समर्थन जनाइहाल्यो।

त्यसपछि एमाओवादी र मधेसवादी पार्टी नै भिलेनका अवतारमा आए। प्रधानमन्त्री बन्नु कहाँ छ कहाँ, पहिल्यै सर्त तेस्र्याएपछि सुशील दा गाली कूटनीतिमा प्रवेश गरे। प्रचण्ड पनि भिलेन बन्ने स्थिति आयो। सत्ताको साँचो प्रचण्डसँगै छ भन्दिएपछि उनी किनारा लागे। अब भिलेन निस्केका छन्, प्रधानमन्त्री बाबुराम भट्टराई। गालीगलौज सुरु भएको छ, तिनीमाथि। प्रशंसा गर्‍यो भने बाबुराम पनि थन्केलान्। त्यसपछि अर्को भिलेन को निस्केला ?

- राजकुमार बानियाँ





ध्रुवे शरण !

नेताहरूको भेटघाटक्रम पटक्कै रोकिएको छैन। कहिले पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशील कोइराला भेटेका छन् त कहिले सुशील कोइरालाले झलनाथ खनाल। कहिले खनालले प्रचण्ड भेटेका छन् त कहिले प्रचण्डले बाबुराम। 'गोप्य' भेटघाट त कति भए होलान् कति ! अहँ, बालुवाटारको किल्ला हल्लन सकेको छैन। मिलिसकेको भनिएको सुशील दा प्रधानमन्त्री हुने माहोलमा फेरि हुस्सु लागेको छ। त्यसै त जाडोयाम उसमाथि हुस्सु थपिएपछि प्रतिपक्षीको छटपटाहट बगरको माछाको जस्तो छ।

यसो गर्दा पनि नहुने, उसो गर्दा पनि नहुने। बरू राजनीतिक चर्काचर्कीलाई समेत ओझेल पार्ने गरी चर्चित भएको चितवनको धु्रवे हात्ती बालुवाटार छिराइदियो भने त्यसले किल्ला हल्लाइदिन्थ्यो कि ! कि कसो सुशील दा ?

- नारायण अमृत



नेता बिर्साउने न्यायाधीश

यसपालि न्यायपरष्िाद् दिवसमा न्यायाधीशहरू नै दन्तबझानमा ओर्लिए। उत्कृष्ट सम्मान पाएका न्यायाधीश केशरीराज पण्डितले सत्य बोल्नु, अपि्रय नबोल्नु भन्दै व्यंग्य कसे। त्यसको सप्रसंग व्याख्या गरे, अर्का न्यायाधीश रामकुमारप्रसाद साहले। त्यसको प्रतिवादमा उत्रिए, वरष्िठतम् न्यायाधीश दामोदरप्रसाद शर्मा। भने, "न्यायपरष्िाद् सक्षम रहेकैले उहाँ -साह)जस्ता बोल्न सक्ने न्यायाधीश न्यायपालिकामा छन्।" न्यायाधीशहरू नै गाँड कोराकोर गर्न थालेपछि मञ्चमा आसीन प्रधानमन्त्री बाबुराम भट्टराई मुस्कुराए। अब घोचपेच नेताहरूको पेवा कहाँ रह्यो र ?

- रामबहादुर रावल



बाबुरामको ससुराली प्रेम

प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड -केयूकेएल)को अध्यक्षमा प्रधानमन्त्री-पत्नी हिसिला यमीकी दिदी तिमिला यमीलाई नियुक्त गर्ने निर्णयको बचाउमा बडो गज्जबको तर्क अघि सारेका छन्। ३ पुसमा पत्रकार सम्मेलन नै गरेर प्रधानमन्त्री भट्टराईले तिमिलासँगको आफ्नो पारविारकि सम्बन्ध भएकै कारण उनको योग्यतामाथि प्रश्न उठाउन नमिल्ने दाबी गरे। आफ्नी जेठी सासूको पक्षमा सार्वजनिक रूपमा अडान लिँदा बाबुरामले राजनीतिको सबैभन्दा बलियो आधार र जग भनेको नैतिकता हो भन्ने बिर्सेजस्तो देखिन्छ।

होइन भने देशभर हजारौँ वरष्िठ र अनुभवी इन्जिनियरहरू हुँदाहुँदै आफ्नो ससुराली खलकलाई मात्र नियुक्तिका लागि योग्य र अनुभवी ठान्नु आफैँमा हास्यास्पद हुन जान्छ। ससुरालीका हरेक सदस्य मुलुककै सबैभन्दा विद्वान् र अब्बल ठान्ने बाबुरामको सोचचाहिँ माक्र्सवाद, माओवाद या लेनिनवादको कुनचाहिँ सिद्धान्तले सही पुष्टि गर्ने रहेछ ?

- सुरेशराज न्यौपाने



घूस बिलौना

घूस पनि नशाजस्तै लट्ठै लाग्छ कि क्या हो ! खान पाएन कि छटपटी सुरु भइहाल्छ। ट्राफिक प्रहरीका हाकिमले कडाइ गरििदएपछि वाग्मती यातायात व्यवस्था कार्यालयका कर्मचारी त मासुभात खाएको पैसा तिर्न सकिएन भन्दै रोइकराइ गर्दै छन्। उनीहरू चाहन्छन्, सवारी लाइसेन्स बनाउने बेला हुने 'ट्रायल'मा आफ्नो मनपरी चलोस्। पैसा असुल्न पाइयोस्।

भनेजस्तो कहाँ हुन्छ र सधँैै ? अहिले उनीहरू सरकारी रासनपानीमा सीमित छन्। त्यसैले बिलौना गररिहेका छन्। दाम आउने बाटो भत्केपछि कतिपय कर्मचारी फिल्डमा जानै आलटाल गर्ने गरेको समाचार पनि सुनिएको छ। होइन, सरकारी कर्मचारी भ्रष्टाचारलाई आफ्नो अधिकार नै ठान्छन् कि क्या हो ?

- उपहारजंग शाह



नेपाल मुस्कानको अर्थ

सहरमा लोडसेडिङ् भए पनि २ पुसको साँझमा एमाले वरष्िठ नेता माधवकुमार नेपालको दिमागमा बत्ती बल्यो। त्यही बत्तीको उज्यालोमा देखियो प्रधानमन्त्रीको चम्कँदो कुर्सी। सञ्चारकर्मीसामु उनी यसरी मुस्कुराए कि सबै राजनीतिक समाधानको जादुमन्त्र उनीसँगै छ। भर्खरै मात्रै प्रधानमन्त्री बाबुराम भट्टराईसँग आफ्नै निवास कोटेश्वरमा भलाकुसारी गरेका नेता नेपाल भन्दै थिए, "सुशीलजीको हकमा प्रधानमन्त्री राजी हुनुहुन्न। बरू अरू विकल्पमा उहाँ तयार हुनुहुन्छ।" उनको घुमाउरो भनाइ थियो, अब प्रधानमन्त्री पदमा एमालेले

दाबी गर्छ।

संविधानसभाको निर्वाचनपछि दुई-दुईपटकसम्म एमाले नेताहरूलाई प्रधानमन्त्री पदको चिट्ठा परेको थियो, कताकता नेपालको मन त्यही भाग्यवादले हल्लाएको थियो। उनका आँखामा नाचेको प्रधानमन्त्री पदको सम्भावनाको स्वप्निल खुसी फैलँदै फैलँदै ओठसम्म आएको सञ्चारकर्मीले भेउ नपाउने कुरै छैन।

- माधव बस्नेत

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar