धिक्कार छ हामीलाई !

गत साता नयाँ दिल्लीमा एक युवतीमाथि सामूहिक बलात्कारको घटना भएपछि पूरै भारतमा त्यसविरुद्ध आक्रोश फैलियो। घटनाको भत्र्सना र दोषीमाथि कठोर सजायको माग गर्दै स्वतःस्फूर्त सडकमा ओर्लिएका जनतालाई शान्त पार्न त्यहाँको सरकारलाई हम्मे पररिहेको छ। सरकार र प्रहरी प्रशासन जनआक्रोशको तारो बनेका छन्।

यही घटनालाई लिएर भारतको संसद्मा हंगामा मात्र मच्चिएन, बलात्कारका दोषीलाई मृत्युदण्ड दिइनुपर्ने आवाजसमेत उठ्यो। दिल्लीकी मुख्यमन्त्री शीला दीक्षित त पीडित युवतीको उपचार भइरहेको अस्पतालसम्मै पुगिन् र उपचारमा कुनै कसर बाँकी नराख्ने बताइन्।

सञ्चारमाध्यमको पहुँच भएका अधिकांश सहरयिा नेपाली त्यस घटनाबारे सम्भवतः जानकार छन्। छिमेकमा त्यो घटना हुनुभन्दा एक महिनापहिले नै हाम्रो राजधानीमा त्यही शैलीको घटना भएको रहेछ। फरक कति भने नयाँ दिल्लीमा गुडिरहेको बसमा युवतीमाथि सामूहिक बलात्कार भयो भने काठमाडौँमा प्रहरी र सरकारी कर्मचारीले नै युवतीको अस्मिता लुटे।

भोजपुरकी ती युवती दुई वर्षअघि पर्वतकी अर्की युवतीको राहदानीमा आफ्नो फोटो टाँसेर श्रम बेच्न साउदी अरब गएकी रहिछन्, अध्यागमनका कर्मचारीहरूकै मिलेमतोमा। घरेलु कामदारका रूपमा काम गरी बिदामा घर आउने क्रममा उनी मंसिरको पहिलो साता त्रिभुवन विमानस्थलमा ओर्लिइन्। त्यहाँ अध्यागमनका कर्मचारीहरूले उनको राहदानी नक्कली भएको फेला पारे र कारबाहीका लागि अध्यागमन विभागमा पठाइदिए।

यहीँबाट सुरु भयो ती युवतीको शारीरकि, आर्थिक र मानसिक शोषण। अध्यागमन कर्मचारीहरू र प्रहरीले कारबाहीको डर देखाएर उनको अस्मिता मात्र लुटेनन्, उनीसँग रहेको ८ हजार ५ सय साउदी रयिाल -करबि दुई लाख रुपियाँ) पनि हजम गरे। मेडिकल रपिोर्टले उनमा गर्भ रहेको प्रमाणित गरसिकेको छ।

कानुनी कारबाहीको डर देखाएर एक अबलाको शारीरकि शोषण भएको घटना एक महिनासम्म गुपचुपै रह्यो। जब युवतीको परविार स्वयं न्यायको गुहार माग्दै प्रहरीकहाँ पुग्यो, तब मात्र घटना सार्वजनिक भयो। यति हुँदा पनि न यसले सरकारको ध्यान तान्न सकेको छैन, न त जनसरोकारको विषय नै बनेको छ।

हुन त गृहसचिवको सक्रियतामा घटनामा संलग्न तीन जना अध्यागमन कर्मचारी निलम्बनमा परेका छन् भने एक प्रहरी थुनामा छन्। तर, यसमा संलग्न अरू कर्मचारीमाथि कुनै कारबाही भएको छैन। आरोपितहरूलाई तत्काल हिरासतमा राखी अनुसन्धान गरेर उनीहरूमाथि मुद्दा चलाउनुपर्ने हो कि होइन ?

सारा राजनीतिक माहोल एकातिर हुँदाहुँदै पनि कुर्सी च्यापेर बसेका प्रधानमन्त्री बाबुराम भट्टराई यो घटनाबाट कि त बेखबर छन्, कि ती युवतीको पीडा उनको प्राथमिकतामा पर्दैन। कम्तीमा नयाँ दिल्लीको सामूहिक बलात्कारको घटनाबारे भारतीय प्रधानमन्त्री मनमोहन सिंहले दिएको प्रतिक्रियालाई मात्रै उनले अनुसरण गरििदए पीडितको घाउमा मलमपट्टी हुने थियो।

विदेशमा आफ्नो श्रम बेचेर आएकी महिलामाथि अत्याचार गर्ने अध्यागमन कर्मचारी र प्रहरीका तालुकदार उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई यस्ता घटनाले छुने कुरै भएन। छुन्थ्यो भने यो घटना एक महिनासम्म गोप्य रहनै सक्दैनथ्यो। खासमा आफ्नो नाकैमुनि भएको यस्तो जघन्य अपराधको नैतिक जिम्मेवारी लिएर गच्छदारले तत्काल राजीनामा दिनुपर्ने हो। तर, ठोकुवाका साथ के भन्न सकिन्छ भने कम्तीमा गच्छदारले त्यो आदर्श प्रदर्शन गर्न सक्दैनन् किनभने उनको चरत्रि नै त्यो होइन। सत्ता र सत्ताबाहिर रहेका राजनीतिक दल र तिनका नेतालाई पनि यो घटनाले छोएको देखिँदैन।

ताजुब त कहाँनिर छ भने एक महिलामाथि यत्रो पीडादायी घटना हुँदा पनि आफूलाई महिलावादी आन्दोलनका अभियन्त्ाा ठान्नेहरूसमेत चुपचाप छन्। सुन्दरी प्रतियोगिता रोक्न नारा जुलुस गर्ने क्रान्तिकारी नेतृहरू पनि बोलेका छैनन्। महिलामाथि घरेलु हिंसा बढेको भन्दै सभा/सम्मेलन गरेर दाताहरूसँग झोली थाप्ने बानी परेकाहरूलाई त झन् यो घटनाबारे सोधीखोजी गर्ने समय नै छैन, न त मानव अधिकारवादीहरूलाई नै यसतर्फ कुनै चासो छ।

हाम्रा तथाकथित नागरकि समाजका अगुवाहरू, जो राजनीतिक दलको चाकडी गरेर प्रधानमन्त्री, मन्त्री बन्न लालायित छन्, तिनलाई पनि आफ्नी चेलीको आँसुले पोलेको छैन। किनभने, उनीहरूको सरोकारको विषय राजनीतिक मुद्दा मात्रै हो। रह्यो, आमनागरकिको कुरा। हामी पनि यसतर्फ सचेत रहेनछौँ। हुन्थ्यौँ भने प्रधानमन्त्री कार्यालयमा रहेको 'हेलो सरकार'मा उजुरी गथ्र्यौं, प्रधानमन्त्री, गृहमन्त्रीलाई झकझक्याउँथ्यौँ, पीडितलाई सहानुभूति प्रकट गर्न दबाब दिन्थ्यौँ, नैतिकवान् बन्न सिकाउँथ्यौँ । एक चेलीमाथि यति ठूलो अन्याय हुँदा एक जना पनि बोल्न नसक्ने ! धिक्कार छ, हामीलाई !

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

प्रशान्त अर्यालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar