लक्ष्मीप्रसाद ङाखुसी

डेटलाइन टौदह


एकान्त र मनोरम स्थलमा चरा अवलोकन गर्न मन छ भने धेरै टाढा पुग्नुपर्दैन । काठमाडौँको रत्नपार्कबाट जम्मा ११ किलोमिटर पश्चिममा छ, टौदह । कर्कट नागको वास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्छ ।

९६ रोपनी क्षेत्रफलमा फैलिएको टौदह चराहरूको वासस्थान पनि हो । मंसिरदेखि फागुनसम्म यहाँ साइबेरियाबाट कोसी टप्पु हुँदै आउने चराहरू देखा पर्छन् । विशेषगरी जंगली हाँसका लागि यो स्थान कहलिएको छ । जंगली हाँसहरू पाँच सयसम्मको समूह बनाएर पौडिएको दृश्यले सबैको मन बहलाउँछ ।

यहाँ जलेवा चराहरू लुकामारी खेलेको पनि देखिन्छ । सूर्योदय र सूर्यास्तका बेला दहमा देखिने घाम र वरिपरि डुल्ने चराचुरुंगी प्रकृतिको वरदानजस्तो लाग्छ ।















तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

लक्ष्मीप्रसाद ङाखुसीद्वारा अन्य प्रकाशित लेखहरू

अस्ताचल

अंक: 377
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

सर्वाधिक

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar