इन्टरेनट पुस्ता

  • कम्प्युटर स्त्रिmनबाटै संसार चिहाउँदै आई-जेनेरेसन

सहरमा सक्रिय आई जेनेरेसन अर्थात् इन्टरनेट पुस्ताको प्रतिनिधित्व गर्छन्, आकार अनिल। झट्ट हेर्दा आई पुस्ता अल्छी देखिन्छ। उनीहरूका खुट्टा कम चल्छन्, दायाँ-बायाँ कमै हेर्छन्। बरू यिनका औँला बढी चल्छन्, कम्प्युटर स्त्रिmनमा एकोहोरो घोत्लिन्छन्। उनीहरूका हरेक समस्याको समाधान खोज्ने थलो त्यही कम्प्युटर स्त्रिmन हो।

धेरैले त्यही स्त्रिmनबाटै अनेकन् साथी बनाउँछन्, भर्चुअल संसारमा अन्तरक्रियात्मक खेल खेलेर रमाउँछन्। एक घन्टा लाइब्रेरीमा बिताउनुभन्दा दुई घन्टा गुगल सफिर्ङ्ले बढी उपलब्धि दिन्छ भन्ने उनीहरूलाई लाग्छ। एउटै कोठामा बसेर संसारको अर्को कुनाका लागि काम गर्नु त अब कुनै नौलो कुरा रहेन।

पछिल्लो जनगणना अनुसार ३.३३ प्रतिशत घरमा मात्रै इन्टरनेट सुविधा उपलब्ध छ। संख्या केही हजारकै होस्, अब आई जेनेरेसन खडा भइसकेको छ। अर्बान डिक्सनेरीमा आई जेनेरेसनको परिभाषा यसरी दिइएको छ, 'यी फेसबुकमा तस्बिर राखेर आफू सेलिबि्रटी भएको ठान्छन्, ट्वीटर अपडेट गर्दै सबैसँग निरन्तर एवं जीवन्त घुलमिल भएको सोच्छन्।'

गितारका सोखिनका लागि एउटा वेबसाइट छ, नेपालीसङ्गकर्ड, जहाँ अंग्रेजी वणार्नुक्रम अनुसार सयौँ नेपाली गायक तथा ब्यान्डका नेपाली गीतको गितार कर्ड र ट्याब राखिएको छ। यसबाट एउटा स्तरसम्म गितार सिक्न कतै धाउनै परेन। कम्प्युटरअगाडि बस्यो, आफूले गाउन/बजाउन मन लागेको गीतमा गितार बजायो।

आमजीवनमा बिस्तारै लोप हुँदै गएको खेल बाघचाल अहिले इन्टरनेटमा लोकपि्रय छ। यो खेलको साइटका निर्माणकर्ता कम्प्युटर इन्जिनियर भूपाल सापकोटा भन्छन्, "यो खेलको माध्यमबाट मित्रता प्रगाढ बनाउने एउटा नयाँ तरिका हो।"

यसको वेबसाइट बाघचाल लगइन गरेपछि आफू बाघ वा बाख्रा के हुने छान्न मिल्छ, त्यहीँ उपलब्ध साथीसँग भर्चुअल संसारमा खेल खेल्न सकिन्छ। यसमा खेल सँगसँगै च्याट पनि गर्न मिल्छ, जसले चौतारीमा बसेर बात मार्दै बाघचाल खेलेको झल्को दिन्छ। "यो वास्तविक जीवनमा खेलिने बाघचालझैँ हुन्छ," सापकोटा थप्छन्, "खेल खेल्दै गर्दाको वेब लिंक कुनै तेस्रो व्यक्तिलाई पठाइयो भने उसले खेल नखेलीकन हेर्न मात्रै पनि सक्छ।" सेमिकोलन डेभलपर्सका सापकोटा र हेम श्रेष्ठले तयार पारेका यो साइटमा हरेकपटक खेलिएका खेलको रेकर्ड हुन्छ, जसलाई जोकोहीले कुनै पनि बेला हेर्न सक्छ।

पुस्तकालय जाने क्रम घट्नुमा पछिल्लो समय अनलाइनमा थुप्रै भर्चुअल पुस्तकालय निर्माण हुनु पनि हो। साझा शिक्षा ई-पाटीको ई-पुस्तकालयमा थुप्रै उपयोगी पुस्तकदेखि पत्रपत्रिकासम्म छन्। "पुस्तकालयमा एक त अव्यवस्थित तरिकाले पुस्तक राखिन्छन्, त्यसमाथि त्यहाँ पुग्नुको कहर कसले बेहोरोस्," पुल्चोक इन्जिनियरङि् क्याम्पसमा बीई तेस्रो वर्षका विकास रेग्मी भन्छन्, "अहिले थुप्रै पुराना किताबसमेत संग्रहित भइरहँदा अनलाइन पुस्तकालयको अवधारणा झन् प्रभावकारी बन्दै छ।"

विकासले भनेझैँ निकै पुराना पुस्तक र पत्रपत्रिका खोज्ने हो भने युनिभर्सिटी अफ क्याम्बि्रज र यालेको संयुक्त पहलमा बनेको डिजिटलहिमालय पुग्दा हुन्छ। यसमा थुप्रै तस्बिर, फिल्म, तथ्यांकका पुस्तक, जर्नल, संगीत तथा दुर्लभ पुस्तक एवं पाण्डुलिपि तथा पत्रपत्रिकाका संग्रह भेट्न सकिन्छ। आबुईडटकममा नेपाली शब्दकोश, उखानटुक्का र गाउँखाने कथाको संग्रह छ।

भर्चुअल संसारको व्यावसायिक पाटो पनि नेपालमा उत्तिकै प्रभावकारी बन्दै गएको छ। नेपालमा अनलाइन मलसमेत पुरानो हुन थालेका छन्। अर्डर गरेको केही मिनेटमै घरमै खाजा ल्याइपुर्‍याउने फुडमाण्डू, लोकसेवाको ट्युसन पढाउने लोकसेवागाइड, डेरा खोजिदिने घरबेटीजस्ता साइटले आई-पुस्तालाई चौतर्फी सघाइरहेको छ। विभिन्न स्थानका नक्सा देखाउने, यात्राका लागि सघाउने, लोडसेडिङ् तालिका बताउनेलगायत अनगिन्ती वेब एप्लिकेसनले सेवाका लागि मोबाइल स्त्रिmनभन्दा पर पुग्न नपर्ने बनाएको छ। स्त्रिmन सेयर गर्दै काम गर्न मिल्ने प्रविधिले विश्वका फरक कुनामा बसेर पनि एउटै स्त्रिmनअगाडि बसेजसरी काम फत्ते गर्न सम्भव छ।

नेपाली चाडपर्व तथा दिवसका पात्रो, नेपाल बन्दजस्ता अन्य थुप्रै विधामा समेत स्वयंसेवी वेबसाइट बनाइएका छन्, यसमा प्रयोगकर्ताहरूले समेत योगदान दिन सक्छन्। साहित्य, सूचना-प्रविधि, संस्कृति, अर्थतन्त्रजस्ता अनेकन् विषयमा बनाइएका ब्लगबारे बुझ्न नेपालीब्लगर्स पुग्दा हुन्छ। "व्यावसायिक प्रयोजनबाहेका लागि यस्ता साइट बनाउने धेरैको उद्देश्य स्वयंसेवा हुन्छ," आकार अनिल भन्छन्, "त्यस्ता कामसँगै उनीहरूको सावर्जनिक छवि पनि राम्रो बनिरहेको छ।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

प्रदीप बस्यालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar