आफ्नै आँगनमा बुहारीको विवाह

समाजमा विधवाप्रति घरेलु हिंसा बढिरहेका बेला एक दलित दम्पतीले उदाहरणीय काम गरेको छ। गुल्मी सदरमुकाम तम्घास-३, बाघमारेका सूर्यबहादुर र लक्ष्मी नेपालीले विधवा बुहारीलाई छोरी सम्झेर २५ मंसिरमा आपmनै घरबाट विधिपूर्वक दोस्रो विवाह गरििदए। ज्वाइँलाई दान-दक्षिणा र सुनका गहनासमेत दिए।

चार वर्षदेखि एकल जीवन बिताउँदै आएकी तम्घास-३, बाघमारेकी उषा नेपाली, २४, लाई भित्र्याए, गुल्मीकै धुर्कोट रजस्थल-१ का आशिष नेपाली, २८, ले।

पाँच वर्षअघि विवाह गरेर बुहारीको रूपमा भित्र्याइएकी उषालाई अर्कैको घर पठाउँदा निम्तालुले भने, 'समाज त साँच्चिकै परविर्तन भएछ।' यति मात्र होइन, हिन्दुसंस्कार अनुसार नव वर र वधु विवाह भएकै घरमा दुलहन फर्काउनसमेत गए।

०६३ सालमा मागी विवाह गरेको दुई वर्षमै उषाका पति प्रदीप नेपालीको तम्घासमै रहस्यमय मृत्यु भएको थियो। घर छाडेको तीन महिनापछि कंकाल मात्र फेला परे पनि हत्यारा अहिलेसम्म फेला परेका छैनन्। घरमा छोरीजस्तै इमानदार बनेर बसेकाले घरजम गराइदिने उद्देश्यका साथ आशिषको परविारमा सासू लक्ष्मीले नै सम्पर्क गराइदिएकी थिइन्।

दुवैको चित्त बुझेपछि विवाह सम्भव भएको उषाका देवर शंकर नेपालीको भनाइ छ। भन्छन्, "केटा पक्षका आफन्तहरूमार्फत कुराकानी चल्यो, भाउजूको पनि सहमतिमा विवाह गरििदएका हौँ।" केटा पक्षबाट जन्ती लिएर पतिकै घरमा आएपछि पैसा र फूलमालासहित मण्डपमा सजिएकी उषाका आँखा विवाह सम्पन्न हुँदासम्म टिलपिलाएका थिए।

"अहिलेसम्म बुहारीका रूपमा राखेँ, अब छोरी बनाएर ज्वाइँको घरमा पठाउँदै छु, माइती सम्झेर आउनू," सासू लक्ष्मी भन्छिन्, "बुहारी एक्लै भए पनि माइतीमा जाने, हामीसँग झगडा गर्ने कहिल्यै गरनिन्। छोरीजस्तै भएर बसेपछि सल्लाहमै केटा खोजेर विवाह गरिदिएकी हुँ।"

विवाहमा जैसीथोक-५, लाँकुरीरूखमा रहेका उषाका आमा र दाजुहरू पनि आएका थिए। भविष्य सोचेर विवाह भएको घरबाटै प्रस्ताव आएपछि आफूहरूले खुसीका साथ स्वीकार गरेको उषाकी आमा राजकुमारी नेपालीको भनाइ छ। समाज परविर्तनका लागि सबैको समान योगदान रहने भएकाले आफूले उषालाई सहर्ष स्वीकार गरेको आशिष बताउँछन्।

विवाह भएको दुई वर्षमै पति गुमाएकी उषा र एक वर्षमै पत्नी गुमाएका आशिष दुवैतर्फ कुनै सन्तान छैनन्। विधवा र विधुरको औपचारकि विवाह भएको जिल्लामै पहिलो घटना हो।

यसबाट सबै समुदायले पाठ सिक्नुपर्ने दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माको भनाइ छ। भन्छन्, "हाम्रो समुदायबाट सबैका लागि उदाहरणीय परविर्तन सुरु भएको छ। यसको सन्देश सबै समुदाय र एकल महिला भएका परिवारमा पुग्नु जरुरी छ।"

- घनश्याम गौतम/गुल्मी

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar