खेलका नाममा हिंसा

केही दिनअघिको कुरो हो। राती निद्रा नलागेर म टेलिभिजनका च्यानलहरू प्याटप्याट परविर्तन गर्दै थिएँ। खेलकुदको एउटा च्यानलमा टक्क अडिएँ। त्यहाँ एउटा अचम्मको 'खेल' आइरहेको रहेछ। हुन त त्यससँग मिल्दाजुल्दा 'खेल' त मैले पहिले पनि नदेखेको होइन तर त्यो अरू खेलभन्दा केही भिन्न थियो। एउटा रङि बनाइएको थियो। अनि, त्यो रङिको वरपिर िर माथि चारैतिर तारको जालीले घेरएिको थियो। झट्ट हेर्दा चिडियाखानामा हिंस्रक जनावरलाई राख्ने ठूलो खोरजस्तो देखिएको थियो, त्यो ठाउँ। चारैतिर दर्शक बसेका थिए र रङिभित्र दुई जना 'खेलाडी' थिए। उनीहरूले कट्टु मात्र लगाएका थिए र एकअर्कामाथि खनिएका थिए।

त्यो 'खेल'मा लात्ताले, मुक्काले, कुहिनाले, टाउकोले र घुँडाले पनि एकअर्कालाई प्रहार गर्न पाइने रहेछ। कुस्ती खेलेको जस्तो लडाउन पनि पाइने। हेर्दाहेर्दै एउटाले अर्कोलाई भुइँमा लडाएर आफ्नो कुहिनाले उसको नाकमा हिर्काउन थाल्यो। ती दुवै 'खेलाडी' भनाउँदाहरू कुनै पनि हिसाबले मानिसजस्ता लागेनन् मलाई। उनीहरू हिंस्रक जनावरजसरी एकअर्कालाई झम्टिरहेका थिए, चोट पुर्‍याइरहेका थिए। पहिले कसले प्रतिद्वन्द्वीलाई घाइते बनाएर वा परास्त गरेर जित्ने भन्ने मात्र उनीहरूको ध्याउन्न देखिन्थ्यो।

सायद एकअर्कालाई चिन्दैन थिए, उनीहरूबीच कुनै वैमनस्य पनि थिएन होला। एउटाले अर्काको केही हानि-नोक्सानी पनि गरेका थिएनन् होला। तैपनि, 'खेल'का नाममा उनीहरू भिडिरहेका थिए। दर्शकका रूपमा उनीहरूलाई हौस्याउन र एकअर्कालाई अझ बढी पीडा दिन अरू मान्छे भनाउँदाहरू तातिरहेका थिए। पहिलेपहिले गाउँघरतिर भाले जुधाउने भनेर कुखुरा लडाउने चलन थियो। साँढे र भेडाजस्ता जनावर पनि लडाउने चलन हुन्थ्यो। मेक्सिकोतिर कुकुर लडाउने चलन छ। बाजीका रूपमा, जुवाका रूपमा लडाइने यस्ता जनावरहरूलाई आक्रामक र हिंस्रक बनाउनका लागि नै पालिन्छ। त्यही अनुसार तालिम दिइन्छ।

जनावर भनेको विवेकहीन प्राणी हो। त्यसैले दायाँ-बायाँ केही नसोची मालिकको तालिमलाई तामेल गर्छ। अर्कोमाथि जाइलाग्छ। तर, मानिस त विवेकशील प्राणी होइन र? मानिसले कसरी चिन्नु न जान्नुका मान्छेलाई झम्टिन सक्छ? कसरी आफूजस्तै अर्को मान्छेलाई घाइते बनाउन सक्छ, रगतपच्छे बनाउन सक्छ? हुन त अरू धेरै खेलमा नचाहँदा नचाहँदै चोट लाग्न सक्छ। तर, बक्सिङ, जुडो, कराँते, कुस्तीजस्ता खेल र तिनका अनेकौँ परिमार्जित रूपको प्रमुख उद्देश्य नै अर्कोलाई सकेजति चोट पुर्‍याउनु हुन्छ। त्यस्ता खेलका लागि तयार पारिएका 'खेलाडी' र लडाउनका लागि तयार पारिएका जनावरमा के भिन्नता रह्यो त?

माइक टाइसनले इभान्डर होलिफिल्डको कानै टोकेर खाइदिएको घटना अझै मान्छेले बिर्सेका छैनन्। यहाँनेर एउटा अर्को बक्सिङ दुर्घटनाको कुरा गर्नु सापेक्ष हुन्छ। सन् १९८२ मा डुक को किम नामक कोरियाली मुक्केबाज रे बुमबुम म्यान्चिनी भन्ने अर्का मुक्केबाजसँग भिड्दै थिए। यो खेलमा उनलाई विश्व बक्सिङ संघको लाइटवेट वर्गको आफ्नो उपाधि रक्षा गर्नु थियो। १३ चरण खेल हुँदा पनि कोही परास्त भएको थिएन। त्यो चरणमा किमलाई म्यान्चिनीले एक-दुईपटक मात्र होइन, ३९ पटक सीधा र शक्तिशाली प्रहार गरेका थिए। तर पनि, किमले हार मानेका थिएनन्। रेप|mीले पनि खेल रोकेनन्। १४औँ चरणको सुरुमै किमको टाउकोमा म्यान्चिनीले दुई शक्तिहाली प्रहार गरे, किम पछारएि। तैपनि, १० गन्नुभन्दापहिले उनी उठेका थिए। तर, रेप|mीले खेल रोके। किमलाई सीधै स्ट्रेचरमा हालेर अस्पताल लगियो। चार दिनपछि उनको मृत्यु भयो। त्यसको एक महिनाभित्रै किमकी आमा र खेल सञ्चालन गर्ने रेप|mी दुवैले आत्महत्या गरे।

हुन त रङिमा मर्ने किम पहिलो मुक्केबाज थिएनन् र अन्तिम पनि होइनन्। तर, बक्सिङको इतिहासमा यसलाई निकै दुःखलाग्दो दुर्घटनाका रूपमा लिइन्छ। त्यसबेला यस्तो डरलाग्दो 'खेल'लाई बन्द गर्नुपर्छ र यस्तो 'खेल'को औचित्य के भन्ने स्वर उठेका थिए। तर, ती सबै नसुनिने कानमा मात्र परे। मान्छेको संवेदनशीलता हेर्नूस्, यस घटनापछि १२ चरणभन्दा बढी खेलाउन नपाइने भन्ने नियमचाहिँ बन्यो। मुक्केबाजीको इतिहास हेर्ने हो भने अरू थुप्रै त्रासदीपूर्ण घटना फेला पर्छन्। सन् २००५ मा बेकी जेर्नेल्टस रङिमा मर्ने पहिलो महिला मुक्केबाज बनिन्। सन् २००७ सम्मको एउटा अपुष्ट आँकडाका अनुसार बक्सिङ खेल्दा चोट लागेर अहिलेसम्म करबि १५ सय मुक्केबाजको निधन भइसकेको छ। सन् २०११ मा नेपालमै पनि राजु बुढामगर नामक मुक्केबाजले रङिमा चोट लागेर 'खेल'का नाममा ज्यान गुमाए। उनी त्यतिबेला २१ वर्षका मात्र थिए। अरू यस्ता भिडन्तमूलक 'खेल'हरूमा थुप्रै मानिस मरेका छन्।

हुन त त्यस्ता खेलसँग सम्बन्धित मानिसहरूले 'खेल'को नाम दिएपछि त्यसलाई कलाको रूपमा व्याख्या नगर्ने त होइनन्। तर, सोच्नुपर्ने कुरा के हो भने यो कस्तो कला हो, जसले अरूलाई पीडा दिन्छ? कलाले त मानिसको मनलाई शान्त बनाउनुपर्छ। मनस्थितिलाई स्थिर राख्न सघाउ पुर्‍याउनुपर्छ। तर, माथि भनिएका खेलहरू हेर्ने दर्शकको मनस्थिति कहिल्यै घोरिएर हेर्नुभएको छ? कति उद्वेलित हुन्छन्, ती खेल हेर्ने दर्शक पनि? तैपनि, हामी थरीथरीका भिडन्तमा मान्छेलाई लडाउने कामलाई 'खेल'का रूपमा प्रवर्द्धन गर्छौं, त्यस्ता 'खेल' हेरेर रमाउँछौँ। जति विकासको कुरा गरे पनि के हामीले आफूभित्रको हिंस्रक जनावरलाई कहिल्यै जित्न सकेका छौँ त ?

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

ब्रजेशद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

समाज  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar