यस्ता थिए भीमबहादुर तामाङ

बिहान ८ बज्दा नबज्दै नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङ 'मर्निङ् वाक'बाट र्फकंदा बानेश्वर थापागाउँस्थित वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको घरमा रहेको उनको वासस्थानमा समर्थकहरूको भीड लागिसकेको हुन्थ्यो। भान्सामा अघि नै पानी उमालिएको हुन्थ्यो।

मर्निङ् वाकबाट र्फकेलगत्तै उनी तातोपानी टेबलमा राखिएको सेरामिक्सको करुवामा खन्याउँथे, त्यसमा जडीबुटीबाट बनाइएको चिया हाल्थे र करुवामा बिर्काे लगाउँथे। गाउँले शैलीमा उनी चियापत्तीचाहिँ ओछ्यानमुनिबाट निकाल्थे। सेरामिक्सको करुवालाई उनको धागोले बनाइएको थैलो आकारको टोपीले ढाक्थे, ताकि बाहिरबाट चिसो पस्न नपाओस्। केहीछिनमै करुवाभित्रको चिया पाकिसक्थ्यो। त्यसपछि गिलासमा हालेर आफूलाई भेट्न आउने पाहुनालाई बाँड्थे।

रक्सी ख्वाएर र पैसा दिएर आफ्नो मान्छे र कार्यकर्ता बनाउने जमानामा भीमबहादुर तामाङले आफ्नै हातले बनाएर दिने टर्राे चियाले गाँस्ने नाता कता हो कता बलियो हुन्थ्यो।



बन्दुकका पारखी

बन्दुक बोकेर आफँै सिकार खेल्न जाने उनको अचम्मको सोख थियो। युवावस्थामै बन्दुक चलाउन पारंगत भइसकेका थिए। उनको बन्दुक र सिकार-प्रेमले गाउँका एक जना दलितलाई घरवास उठाउनबाट जोगाएको थियो। बालककालमै हजुरबुबासँग शिक्षा आर्जन गर्न दोलखाको झुलेबाट खर्साङ (भारत) लागेका भीमबहादुर लेखपढपछि विसं ०११ तिर जब गाउँ र्फके, उनले त्यहाँ कल्पनै नगरेको दृश्य देख्नुपर्‍यो। गाउँका जुगुले सार्कीमाथि आफ्नी बुहारीसँग लसपस गरेको आरोप लाग्यो। यसबापत उनलाई निकै ठूलो जरिवाना तोकियो। र, फैसला सुनाइयो कि, त्यो रकम नतिरे उनको घरवास उठ्नेछ। जुत्ता सिएर गुजारा गर्ने जुगुलेले कहाँबाट तिरुन् यति ठूलो रकम ? भीमबहादुरलाई लाग्यो, 'जुगुले अन्यायमा परेका छन्।' त्यसैले, त्यो रकम तिरिदिन उनले नयाँ तरिका अपनाए।

दोलखा कांग्रेसका पूर्वसभापति देवीप्रसाद न्यौपानेका अनुसार भीमबहादुर जंगलमा गए, एउटा चितुवा मारेर ल्याए र त्यसको शरीरबाट मासु र आन्द्राभुँडी निकाले। टाउको, छाला र खुट्टा मात्र बाँकी राखेर चितुवाको छालाभित्र कपडा कोचिदिए। मरेर छाला मात्र बाँकी रहेको चितुवालाई गाउँभरि प्रदर्शन गरियो। चितुवा देखाएकाले करबि नौ सय रुपियाँ संकलन भयो। न्यौपाने भन्छन्, "जुगुले सार्कीका लागि तोकिएको जरिवाना त्यही रकमबाट तिरियो। र, भीमबहादुरको बन्दुक र सिकार-प्रेमले एउटा दलित गरबिको घरवास उठीवास हुनबाट जोगायो।"

भीमबहादुरले ०१४ सालमा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरे, पार्टीका तत्कालीन सहमहामन्त्री पद्मशंकर अधिकारीबाट। तर, तीन वर्ष बित्दा नबित्दै राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरे। भीमबहादुर सुरुमै पक्राउ परी केही समयपछि छाडिए। नेपाली कांग्रेसले सुवर्णशमशेरको नेतृत्वमा सशस्त्र संघर्ष सुरुआत गर्‍यो। भीमबहादुर सरोज कोइरालाको नेतृत्वमा रहेको जयनगर (भारत)स्थित क्याम्पमा गए। उनलाई उदयपुर, रामेछाप र दोलखामा सशस्त्र गतिविधि गर्ने जिम्मेवारी दिइयो। "जिम्मेवारी पूरा गरेर र्फकंदा उहाँ अचम्मको स्थितिमा हुनुहुन्थ्यो, सडक बाटोबाट हतियारसहित र्फकंदा प्रहरी प्रशासनले भेट्छ भनेर उहाँ कमला नदीमा डुंगा चढेर जयनगरसम्म पुग्नुभएको रहेछ," तिनताका जयनगर क्याम्पमा खाना पकाउने जिम्मेवारी पाएकी पूर्वमन्त्री तथा सरोज कोइरालाकी पत्नी लीला कोइराला सम्भिmन्छिन्,"उहाँले जुत्ता नखोलेको १४-१५ दिन भइसकेको रहेछ, खुट्टाका छाला उप्किएका थिए। पार्टीको काम भनेपछि ज्यानको पर्वाहसमेत नगरी काम गर्नुहुन्थ्यो।"

बीपी कोइरालाको नेतृत्वमा सशस्त्र संघर्ष सुरु हुँदा उनी हतियार संकलन कार्यमा सक्रिय रहे। तर, पार्टी कामले गोप्य रूपमा काठमाडौँ आएका बेला उनलाई गिरफ्तार गरियो। त्यसैले त्यो सशस्त्र संघर्षमा धेरै काम गर्न पाएनन्।



फूलसँगको प्रेम

बन्दुकलाई भीमबहादुर जति प्रेम गर्थे, त्यसभन्दा बढी प्रेम गर्थे फूल र रूख-बिरुवालाई। प्रवासकालमा जयनगरमा होस् वा बनारसमा अथवा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश र्फकेपछि जयवागेश्वरीमा बस्दा नै किन नहोस् वा राधेश्याम अधिकारीकै घरमा जीवनका अन्तिम दिन बिताउँदा, भीमबहादुर सदैव घरपरसिरमा रहेको फूलबारी गोडमेल र फूलहरूको स्याहार-सम्भार गररिहेका हुन्थे। कुनै सिद्धहस्त मालीले भन्दा राम्रोसँग सजाउँथे उनी बगैँचालाई। बगैँचा-प्रेम उनकोे खर्साङ बसाइको उपज थियो। घरमा रोपिएका फूल मात्र होइन, जंगलका फूलप्रति पनि उनको उत्तिकै माया-ममता थियो। घरका बगैँचामा रहेका फूललाई होस् वा कुनै यात्रामा जाँदा, आफू गुज्रेर जाने सडकवरिपरिका फूलका बिरुवालाई मलजल गर्नेतर्फ उनको ध्यान गइरहेको हुन्थ्यो।

यस सम्बन्धमा दुई प्रसंग रोचक छन्। उनी आफू रहेको निवासमा कोही पुरुष पाहुना आउँदा रातको समय छ भने उसलाई आफूले रोपेको फूलको फेदमा पिसाब गर्न अनुरोध गर्थे, ताकि त्यसबाट फूलको बिरुवाले मल प्राप्त गरोस्। "यात्राका क्रममा कतै जंगली फूल फुलेको देखियो भने उहाँ त्यहीँ गाडी रोक्न लगाउनु हुन्थ्यो र हामीलाई तिनै फूलका बोटमा पिसाब गर्न भन्नुहुन्थ्यो," नेपाली कांग्रेसका कतिपय प्रशिक्षण कार्यक्रममा भीमबहादुरसँगै हिँडेका अधिवक्ता परशुराम घिमिरे भन्छन्, "फूल, रूख-बिरुवाप्रति उहाँको अचम्मको ममता थियो। प्रकृतिको हर किसिमले सेवा गर्नुपर्छ भन्नुहुन्थ्यो।"

फूलका बिरुवालाई मल खोज्नका लागि उनी जुठ्यान चहार्नसमेत अप्ठ्यारो मान्दैनथे। ०३७ सालताका जयवागेश्वरीस्थित बीपी निवासमा एउटै कोठामा भीमबहादुरसँगै बस्ने जयप्रकाश गुप्ताका अनुसार कुखुराको हड्डी र अन्डाको बोक्रालाई उनी फूलका लागि सबैभन्दा उपयुक्त मल मान्थे। "अन्डाको बोक्रा फाल्नै नदिने, अरूले छोडाएको बोक्रा मिलेर धूलो बनाउनुहुन्थ्यो र फूलका बिरुवाको फेदमा लगेर हाल्नुहुन्थ्यो," गुप्ता सम्झन्छन्, "खानासँगै खाएर फालिने कुखुराको मासुका हड्डी टिप्न उहाँसँग एउटा चिम्टी सधैँ हुन्थ्यो। चिम्टीले हड्डी निकाल्नुहुन्थ्यो र सुकाउनुहुन्थ्यो। अनि, हड्डी पिसेर धूलो बनाएर फूलका बिरुवामा हाल्नुहुन्थ्यो।"



परिवारभन्दा क्रान्ति ठूलो

भीमबहादुर तामाङको पारिवारिक जीवन भने फूल र बगैँचाजस्तै सुन्दर रहेन। नेपाली कांग्रेसले ०१८ सालमा पञ्चायतका विरुद्ध पहिलो सशस्त्र संघर्ष सुरु गर्दा भीमबहादुरको दाम्पत्य जीवन सुरु भएको सात वर्ष पुग्दै थियो। जेलबाट मुक्त भएपछि पनि स्वदेशमा रहने स्थिति थिएन। उनी भारत प्रवासतिर लागे। यसबीचमा उनका दुई सन्तान जन्मिसकेका थिए, एक छोरा र एक छोरी। श्रीमान्ले संघर्षको कठिन बाटो रोजेपछि भीमबहादुरकी श्रीमतीले झुलेनजिकैको गैरीमुदी गाउँका युवक मीठे बुढाथोकीसँग दोस्रो बिहे गरनि्। 'परिवारभन्दा क्रान्ति ठूलो' भनेर सोच्ने भीमबहादुर यस्तो पीडाका बीच पनि क्रान्ति मार्गमा अविचलित भएर लागिरहे।

सुवर्णशमशेरले सशस्त्र संघर्ष स्थगन गरेपछि प्रवासमा रहेका नेपाली कांग्रेसका नेता-कार्यकर्तालाई राजा महेन्द्रले आममाफी दिए। भीमबहादुर पनि नेपाल र्फके, गाउँ गए। तर, उनको घर उजाडिएको थियो। श्रीमतीले अर्कैसँग बिहे गरसिकेकी थिइन्। छोराछोरी आफन्तको सहारामा बाँचेका थिए। गाउँको शिक्षित अग्रणी, राजनीतिमा पनि छुट्टै पहिचान बनाइसकेका भीमबहादुरले चाहेका भए अर्काे विवाह गरेर दाम्पत्य जीवन सुरु गर्न सक्थे। "आफ्नो घर उजाडिएको देखेपछि उहाँले देश र समाजलाई आफ्नो घर ठान्नुभयो अनि नेपाली जनतालाई आफ्नो परिवारका सदस्य," भीमबहादुरको सामीप्यमा हुर्केका अधिवक्ता शुकदेव काफ्ले भन्छन्, "त्यसैले, उहाँले अर्काे दाम्पत्य जीवन सुरु गर्नुभएन र आफ्ना लागि भनेर कहिल्यै घर पनि बनाउनुभएन।"

हाम्रो समाजमा सामान्यतया दोस्रो बिहे गरेकी श्रीमती र उनका पतिसँग पुरानो पतिको सम्बन्ध राम्रो हुँदैन। तर, यसमा भीमबहादुर पृथक् थिए। राजनीति र सशस्त्र संघर्षमा होमिएका उनले आफ्नी श्रीमतीको दोस्रो विवाहलाई सहज रूपमा लिए। साथै, आफ्नी श्रीमतीलाई विवाह गर्ने व्यक्तिसँग उनले सदैव राम्रो सम्बन्ध राखे। उनी दोलखा कांग्रेसको सभापति रहँदा सचिव रहेका देवी न्यौपानेका अनुसार आफ्नी पूर्वश्रीमतीलाई छोरामार्फत कहिलेकाहीँ खर्च पठाइदिने गर्थे भने कपडासमेत सिलाएर पठाउँथे। चुनाव प्रचारका क्रममा उनी आफ्नी श्रीमतीका नयाँ पतिसँग भेट्थे र मनमा कुनै तुष नराखी कुराकानी गर्थे।

न्यौपानेका अनुसार ०३६ को जनमतसंग्रहताका गैरीमुदीको बैठेश्वर भन्ने ठाउँमा नेपाली कांग्रेसले आमसभा राखेको थियो। भीमबहादुर प्रमुख वक्ता थिए। उनले स्थानीय अक्कलबहादुर बुढाथोकीकहाँ खाना खाने तय भयो। तिनै अक्कलबहादुरका भाइ मीठे उनकी श्रीमतीका दोस्रा पति थिए। न्यौपाने सम्झन्छन्, "उहाँ खाना खान आउने थाहा पाएर मीठे र श्रीमती मिलेर खाना पकाएछन्, भीमबहादुरजीलाई स्वागत गर्न मीठे त वर बाटोसम्मै आएका थिए।" भीमबहादुर त्यो घरमा पुगेपछि पूर्वश्रीमती घरबाट बाहिर निस्केर बसिन्। भीमबहादुरचाहिँ खाना खान घरभित्र छिरे। खाना खाइसकेपछि उनले मीठेलाई पनि सँगै आमसभामा लिएर गए। पूर्वश्रीमती र उनका श्रीमान्लाई भीमबहादुरले दिएको सम्मानका कारण त्यो परिवारले चुनावमा सधँै भीमबहादुरलाई मत दिइरह्यो।



महिलाप्रति सम्मान

आफ्नी श्रीमतीले छाडेपछि उनले कहिल्यै बिहे गरेनन्। तर, यसको मतलब यो होइन कि उनमा महिलाप्रति वितृष्णा थियो। यसका विपरीत उनी महिलालाई असाध्यै सम्मान र स्नेह गर्थे। उनको निधनपछि अन्तिम बिदाइस्वरूप फूल चढाउन गएका अधिकांश महिलाका आँखामा आँसु टिलपिलाएको देखिन्थ्यो। 'अरूलाई मान-सम्मान गरेपछि आफूले पनि सम्मान र माया पाइन्छ' भन्ने उनको भनाइ थियो। बीपीको निधनपछि भीमबहादुरका लागि सबैभन्दा पि्रय र सम्माननीय व्यक्ति कोही थिए भने बीपी-पत्नी सुशीला कोइराला थिइन्। कुनै महिला उनको समीपमा पुगे भने सबैभन्दा पहिले उनी ती महिलाका बारेमा बुझ्ने प्रयास गर्थे। उनी भन्थे, महिलाहरू निकै संवेदनशील हुन्छन्, हामीले उनीहरूको संवेदना बुझ्नुपर्छ र त्यही अनुसार व्यवहार गर्नुपर्छ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

सीताराम बरालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar