लचिलो हुने पालो एमाओवादीकै

सहमतिको राग अलापेर मात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्न पनि सक्नुपर्‍यो । माओवादी पार्टी दुई टुक्रा भएको अवस्थामा उसले चुनाव गराउन नचाहनु एउटा तर्क होला तर यही कारण देशलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन । एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जस्तो 'सहमति भएन भने यही सरकारले निरन्तरता पाउँछ’ भनेर बस्ने हो भने चुनाव सम्भव देखिँदैन । कुनै न कुनै दल लचिलो हुनैपर्छ । अब लचिलो हुने पालो एमाओवादीकै हो ।

- कृष्ण   

कतार, अनलाइनमा





नत्र चुनाव असम्भव

सबै अवस्थामा एमाओवादीले भनेजस्तै या उसको स्वार्थ अनुकूलको सरकार बनाउनुपर्छ भन्ने छैन (निषेधको नीति, १ पुस)। नेपाली कांग्रेसलाई निषेध गरेर बनाइएको सरकारले चुनाव सम्पन्न गर्छ भन्ने अवस्था छैन। यस्तो गलत रणनीतिले न चुनाव सम्भव छ, न त वर्तमान राजनीतिक समस्याको निकास। यदि एमाओवादीले राजनीतिलाई लिकमा ल्याउन चाहन्छ भने यस्तो गलत सोच त्याग्न सक्नुपर्छ।

जसले जे भने पनि अबको बाटो भनेको बेलैमा चुनाव गराउनु नै हो। लोकतन्त्रमा चुनावको विकल्प अरू केही हुन सक्दैन। त्यसैले सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिएर एमाओवादीले राष्ट्रिय सहमतिको वातावरण बनायो भने उसको राजनीतिक उदारतालाई जनताले पनि मूल्यांकन गर्नेछन्। चुनावमा उसैलाई सजिलो हुनेछ।

- सुदीप बमजन

सिड्नी, अस्ट्रेलिया



राजनीतिक दाउपेचमा एमाओवादी अरू दलहरूलाई जिल्लाराम पार्न सिपालु देखियो। अहिले मात्र होइन, संविधानसभा निर्वाचनपछि जतिवटा सरकार गठन भए, सबै प्रक्रियामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नै प्रमुख खेलाडी भए। चाहे त्यो उनी आफैँले नेतृत्व गरेको सरकार होस्, चाहे एमालेका माधव नेपाल या झलनाथ खनालको। खनालको नेतृत्वमा सरकार निर्माण हुने बेलामा त उनले गोप्य रूपमा सहमति नै गरे। यसले के देखाउँछ भने अब बन्ने सरकारको नेतृत्वका बारेमा पनि अपत्यारिलो ढंगमा सहमति भएको खबर सुन्न पाइनेछ। जे-जसरी सरकार बनाइए पनि त्यो सहमतिको सरकार होस्, जसले निर्वाचन सहज तरिकाले सम्पन्न गरोस्।

- कालिका महत

घट्टेकुलो, काठमाडौँ



बूढो रूख

नेपाली कांग्रेसभित्र विदेशी र स्वदेशी कुतत्त्वहरूको घूसपैठ भयो भन्ने तर्क अत्यन्तै सही र सान्दर्भिक लाग्यो (घेराबन्दीमा कांग्रेस, १ पुस)। छद्म रूपमा पार्टीभित्र चलखेल गररिहेका यस्ता तत्त्वलाई बेलैमा पहिचान गर्न सक्नुपर्छ। बीपी कोइराला भन्थे, "कांग्रेस दूबो हो, कुनै पनि बेला पलाउँछ।" तर, पछिल्ला वर्षमा कांग्रेस त बूढो रूखजस्तो पो देखिन थालेको छ। तिनै तत्त्वहरूले रूखका जरा र हाँगाबिँगामा समेत असर गरेको कांग्रेसजनलाई थाहा छ। त्यसैले कांग्रेस नेतृत्वले नयाँ शिराबाट पार्टीको कार्यनीति र रणनीति बनाउनुपर्ने बेला भएको छ।

- कल्पना शाही

धादिङ



प्रेरक थबाङ

सशस्त्र द्वन्द्वकालमा खुबै नाम सुनिएको रोल्पाको थबाङबारे सकारात्मक कुरा पढ्दा रमाइलो लाग्यो (उज्यालो थबाङ, १ पुस)। थबाङको परविर्तनले देशका अरू गाउँलाई पनि प्रेरति गरेको छ। जस्तो : गाउँलेहरू आफैँ मिलेर बिजुली उत्पादन गरेका रहेछन्। गाउँमा वृद्धवृद्धालाई टहल्न र बालबालिकालाई खेल्नलाई पार्क निर्माण गरएिको रहेछ। बस्तीलाई जातीय भेदभावमुक्त क्षेत्र बनाइएको रहेछ। थबाङवासी आफैँ कस्सिएर अस्पताल पनि निर्माण गर्न लागेको कुराले त झन् खुसी लाग्यो।

सरकारले गरिदिएन भनेर सत्तोसराप गर्दै समय फाल्नुभन्दा आफैँले प्रयास गरे परविर्तन सम्भव छ भन्ने कुरा थबाङवासीले सिद्ध गरेका छन्। यही कुरालाई अरू गाउँले पनि अनुसरण गर्नु राम्रो हुनेछ।

- हरिराम सापकोटा

बाग्लुङ बजार, बाग्लुङ



बिग्रँदो तराई

तराईलाई भ्रष्टाचारले खत्तम पारसिकेछ (भ्रष्टाचारका किल्ला, १ पुस)। आर्थिक अपचलन, बढ्दो पेस्की र कमजोर कार्यसम्पादनका कारण तराईका जिल्लामा फैलिएको भ्रष्टाचारको रोगबाट सरकारसमेत आजित भइसकेको छ। अब राजनीतिक, प्रशासनिक र सामाजिक तहबाट भएका आर्थिक अपचलनलाई रोक्न सम्पूर्ण सञ्चारकर्मी, समाजका अगुवा र सुरक्षा निकायले सरकारको अभियानलाई साथ दिए मात्र यो महारोगबाट मुक्ति पाउन सकिन्छ। त्यसैले सरकारले यस्तो संयन्त्र बनाओस्, जसले तराईको यो समस्यालाई निरूपण गरोस्।

- निरव झा, जनकपुर

 

गगनलाई प्रश्न

कांग्रेस नेता गगन थापाको विचार पढ्दा मनमा अनेकन् प्रश्न उठे (किन हार्छन् भीमबहादुरहरू? १ पुस)। महत्त्वपूर्ण प्रश्न त भीमबहादुर नहुँदा यति धेरै क्षति महसुस गर्ने गगनले गएको महाधिवेशनमा अध्यक्ष पदमा उठेका ती नेतालाई आफँैले मत हाले कि हालेनन् भन्ने हो। सायद आफू पनि केन्द्रीय सदस्य पदका उम्मेदवार भएका थापाले समीकरणको खेलमा उनलाई मत हालेनन्। हालेकै भए पनि 'म भीमबहादुर दाइलाई मत हाल्छु, तपाइर्ंहरूले पनि हाल्नूस्' भनेर सार्वजनिक रूपमा मत मागेनन्।

चुरो कुरा त के हो भने जब मान्छेको निधन हुन्छ, तब मात्र उसका गुणको बयान थालिन्छ। गगनले पनि त्यही प्रवृत्ति दोहोर्‍याएका हुन्जस्तो लाग्यो। होइन भने नेपाली कांग्रेसको नेतृत्वले ओझेलमा पारेका अरू भीमबहादुरहरूको खोजी गरेर उनीहरूलाई पार्टीभित्र उचित सम्मान दिने अभियान सुरु गरेको खोइ ? के यसका लागि गगनले केही गर्न सक्लान् ?

- नवीन रायमाझी

सामाखुसी, काठमाडौँ

 

गगनजी ! नेपाली कांग्रेसलाई भीमबहादुरहरूको आवश्यकता हिजो पनि थियो र आज पनि छ। त्यसैले पार्टी नेतृत्वलाई उहाँजस्तै त्यागी, निःस्वास्र्थी र सादगीपूर्ण बनाउने जिम्मा तपाईंजस्ता युवाको काँधमा छ। यसमा समयमै ध्यान दिनुहोला। हामी चाहन्छौँ, अब कांग्रेसभित्र भीमबहादुरहरूले अपमानित भएर राजनीति गर्नु नपरोस्। लज्जाजनक हार बेहोर्नु नपरोस्।

- हरि लामिछाने

दुबई, यूएई



सहनशील कहिलेसम्म ?

बायाँ फन्को पढेपछि एउटा प्रसंग सम्झना आयो (डोरी आफैँले किन्न नपरेसम्म, २४ मंसिर)। पूर्वराजा ज्ञानेन्द्रसित हिँडिरहने एक जना फेसबुक मित्रसित केही दिनअघि भएको उनको नवलपरासीतिरको भ्रमणको उद्देश्य र उपलब्धिबारे जिज्ञासा लागेर सोधेकी थिएँ। 'जनता खुसी छन्।' ती मित्रले फेसबुक च्याटमा यति मात्रै लेखेर कुरा टुंग्याइदिए। र, मैले नै झोँक्किएर लेखेकी थिएँ, 'झूट, एकदम झूट। जनता न हिजो खुसी थिए, न आज छन् र न त भोलि नै हुनेछन्। इन्द्रावती नदीजस्तै भएका छन्, दुःख एकनासले बगिरहने।' त्यसपछि त्यताबाट कुनै जवाफ आएन।

नेपालीहरू जसोतसो तातोचिसो लुगा लगाई, मुस्किलले जुटाइएको एक छाक खाना खाई बलजफ्ती प्रसन्न, निस्पिmक्री र प्रफुल्लित मुद्रामा हिँडिरहेका छन्। 'सन्तोषी सदा सुखी' भन्ने मन्त्रलाई पछ्याउँदै हिँड्नुपर्ने बाध्यता छ हामीमा। इच्छाले नभई सबै कुरा जबरजस्ती हुँदै छ। भ्रष्ट र धूर्त नेताहरूले दिएका जालझेल, कष्ट, ज्यादतीलाई जनताले नचाहँदा नचाहँदै सहेका छन्। जे कुराको पनि सीमा हुन्छ। सहने कहिलेसम्म ? त्यो पनि निर्धाहरूले निर्धारण गर्न सकिरहेका छैनन्।

- शोभा केसी

डिल्लीबजार, काठमाडौँ

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar