फर्केर मोडलिङ्मै


हरिशा बानियाँ सुन्दरी छिन्, अभिनय राम्रै छ र नाच्न पनि राम्रै आउँछ। तर, राम्रा भनिएका निर्देशकहरूको नजरमा कहिल्यै परनिन्। र्‍याम्प मोडलिङ्बाट हास्य शृंखलाहरूमा अभिनय थालेकी हरिशले भोजपुरी फिल्म कैसन बोछारमा हिरोइन हुने अवसर पाइन्। फिल्ममा कमैयाको भूमिकामा उनको तारपिm निकै भयो पनि। तर, उनले मूलधारका फिल्ममा अवसर पाइनन्। त्यसैले होला, फेरि मोडलिङ्मै फर्केर तहल्का मच्चाउने सुरमा छिन् । पछिल्लोपटक फेसन सोहरूमा उनले क्याटवाक गरनि्। अझै पनि प्रतिभा बुझेर कसैले फिल्ममा लिए उनको कल्याण हुन्थ्यो कि ?



मोडर्न ढुंगेयुग !

सबैले भन्छन्, फिल्ममा नयाँपन हुनुपर्छ। तर, व्यवहारमा लागू गर्दैनन्। मानव सभ्यताको आरम्भताकाको कथा बुनेर एउटा फिल्म बनाइँदै छ, ढुंगेयुग। आदिवासी मानव देखाउने क्रममा कलाकारहरूलाई पातपतिङ्गरका पहिरन लगाएर फिल्ममा अभिनय गराइएको छ। ढुंगेयुगका मानिस देखाउन निर्माता तम्सेका त हुन् तर सामाजिक सञ्जालबाट सार्वजनिक भएका उक्त फिल्मका तस्बिरहरू हेर्दा लाग्छ, चरत्रि चिरिच्याँट्ट पार्न मिहिनेत पुगेको छैन। आधुनिक स्टाइलमा मिलाइएका र हाइलाइट गरिएका हेयरस्टाइल भएका कलाकारलाई पातपतिङ्गर लगाएर आदिमानव बनाउन खोजिएको देख्दा 'हरे दुर्गति !' पो भन्न मन लाग्छ। नपत्याए हेर्नूस्, तस्बिर।



मनोजको राजनीति

मनोज पण्डितको खुबी मान्नुपर्छ, उनी फिल्ममा जति मिहिनेत गर्छन्, उत्तिकै बजारको नाडी छाम्न सिपालु । देशमा सबैभन्दा बढी चर्चा र बिकाउ विषय राजनीतिलाई उनले समाइरहेका छन्। कुनै समय ग्रेटर नेपाल बनाएर राष्ट्रियताको बहस चलाए, देशले राजनेता नपाएको बहस चलिरहँदा मदन भण्डारीलाई जोडेर दासढुंगा बनाए। अहिले उनले द्वन्द्वकालमा राजनीतिक बन्दीका कथाव्यथा उनेर बधशाला तयार पारेका छन्, जसको पहिलो प्रदर्शन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस पारेर राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायलाई नै ल्याएर गरे। उनी प्रायः राजनीतिकै फिल्म बनाउँछन्। बुझ्न नसकिएको कुरा के भने उनको रुचि राजनीतिक कथाका फिल्ममा मात्रै हो कि भविष्यमा राजनीति गर्नलाई उनले फिल्मको सहारा लिएका हुन् !



जमाना नयाँ, हिरो पुरानो

राजेश हमालका समकक्षी अभिनेता सरोज खनाल डेढ दशकअघि अमेरिका गए। र, कलिउडले उनलाई बिर्संदै गयो।  प्रेमपिण्डजस्ता चर्चित फिल्मका नायक तथा रंगकर्मी खनाल लामो समयपछि फेरि फिल्ममा देखिने भएका छन्। गत वर्ष स्वदेश फर्केर उनले एउटा फिल्म खेले, मानव । रिलिजको सँघारमा रहेको फिल्ममा सरोजले पुरानो छवि अनुरूप रोमान्टिक हिरोको भूमिका निर्वाह गरेका छन्। उनकी हिरोइन पनि भर्खरकी छन्। फिल्मले चर्चा पाउला या नपाउला, खनालको पुनरागमनले कलिउडले भने नयाँ जमानामा पुरानो हिरो पाएको छ।



पूजनाका फन्डा

नायिका पूजना प्रधानलाई मिडियामा कसरी छाउनुपर्छ भन्ने राम्ररी थाहा छ । त्यसैले उनले बेलाबेलामा केही न केही फन्डा फ्याँकिरहेकी हुन्छिन्। केही समयअघि रंगीन दुनियाँबाट विश्राम लिएर जयसंगत आश्रम चलाएकी पूजना पछिल्ला दिनमा हट फोटोसुट गरेर मिडियामा छाउन थालेकी छन्। त्यसबीचमा उनले फिल्म बनाउन लागेको चर्चा चल्यो तर त्यो हल्ला मात्र रहेछ। अचेल उनलाई बिहे गर्न पनि मन लागेको छ रे ! तर, भनेजस्तो केटो भेटेकी छैनन् रे!

पछिल्लोपटक पूजनाले अर्को फन्डा निकालेर चर्चा बटुल्दै छिन्, उनी अभिनीत पछिल्लो फिल्म रक्षाको पोस्टरलाई कारण बनाएर। आफूले सुट नै नगरेको दृश्य पोस्टरमा राखिएको गुनासो छ उनको। अशोक फुयाँलसँगको बेडसिनमा उनी टपलेस छिन्। र, पछि उनकै आपत्तिका कारण फिल्मको पोस्टर फेरियो रे!



इन्गेजमेन्टले तनाव

निर्देशक सुमन दाहाल तनावमा छन्। यसै साताबाट सुटिङ् थाल्ने तयारीमा रहेको उनको फिल्म नो स्मोकिङ्मा नायिकाको भूमिकामा अनुबन्धित जमुना जोशीले सुटुक्क इन्गेज्मेन्ट गरनि् र निर्देशक दाहालको प्रोजेक्टलाई समय दिन सकिनन्। उनलाई हटाएर त्यो भूमिकामा अर्की हिरोइन लिनका लागि फिल्म सुटिङ्को घोषित मिति नै सार्नुपरेको सुमनको गुनासो छ। जमुनाले पनि बिचरा निर्देशकको मर्म नबुझी विवाह गर्न हतारो गरछिन्। तर, जमुनाको पक्षबाट हेर्ने हो भने गतिलो वर पाइएका बेला फिल्म-फिल्म भन्दै मरहित्ते पनि त गर्नु भएन! फिल्म महत्त्वपूर्ण हो कि वर ? जमुना नै जानून्।



गुपचुप बराल

चपली गर्ल विनीता बराललाई 'कामभन्दा बढी हल्ला'ले बेफाइदा गर्छ भन्ने ज्ञान भएजस्तो छ। त्यसैले उनी अहिले गुपचुप एउटा फिल्मको छायांकनमा व्यस्त छिन्। उनले त्यो फिल्म कहिले साइन गरनि् ? फिल्ममा उनको हिरो को हुन् ? यस्ता प्रश्नको उत्तर कसैसँग छैन। यहाँसम्म कि फिल्मको नामसमेत कतै बताइएको छैन। मात्र यति थाहा छ, फिल्मका निर्देशक सौरभ ढकाल हुन्। कस्तो गुपचुप !

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar