एमालेमा बूढाखाडा

एमाले नेतृत्वको भाषण सुन्नुभयो भने एकोहोरो राग सुनिन्छ, 'युवा भनेका हाम्रो पार्टीका मेरुदण्ड हुन्।' अध्यक्ष झलनाथ खनालले त उनै युवाको शक्ति र सामथ्र्यका कारण अबको निर्वाचनमा एक नम्बर पार्टी हुने ठोकुवा नै गरेका छन्। तर, पार्टी भने युवाहरूलाई जिम्मेवारीविहीन पार्दै छ।

हेर्नूस् त, पछिल्लो केन्द्रीय कमिटी बैठकले एमाले युरोप विभाग प्रमुख वैकल्पिक पोलिटब्युरो सदस्य अरुण नेपाललाई जिम्मेवारीबाट हटायो। त्यति मात्र होइन, रामकुमारी झाँक्रीले सम्हालेको विद्यार्थी विशेष जिल्ला कमिटीको संयोजक पद नै खारेज गर्‍यो। केही महिनाअघि मात्र वैकल्पिक केन्द्रीय सदस्य अजम्बर काङमाङलाई युवा विभागको इन्चार्जबाट हटाएको थियो। त्यही झोँकमा उनी अर्कै पार्टीमा लागे। धमाधम युवाहरूलाई जिम्मेवारीबाट हटाउँदै आएको एमालेले पार्टीलाई बूढाखाडाको अखडा मात्र बनाउन खोजेको हो कि क्या हो ?

- नारायण अमृत



हिरासत छल्ने बहाना

'माछा देखे दुलामा हात, सर्प देखे खोकिलामा हात' भन्ने उखान त्यसै बनेको होइन। भ्रष्टाचारका आरोपीहरू सकुन्जेल नीतिनियम केही नभनी कुम्ल्याउने र हिरासतमा जानुपर्ने भयो कि महँगा अस्पतालको आईसीयू (सघन उपचार कक्ष) धाउने चलनले यही उखान चरितार्थ गर्छ। सरकारी दस्तखत कीर्तेको अभियोग लागेका गोविन्दलाल सांघाई गत साता मात्रै हिरासतमा पुग्नुअघि नै निजी अस्पतालतिर धाए। उनी मात्र होइन, यसअघि पनि बंैकको कालोसूचीमा परेका र आर्थिक अपचलनका मुद्दामा घसेटिएका केही उद्योगी-व्यवसायीले पनि यस्तै अभ्यास गरसिकेका थिए। धन हुने तर प्रहरी पहरामा बस्न मन नहुनेहरूको यस्तो बहाना त हाम्रो देशमा मात्र देख्न पाइन्छ होला।

- जनकराज सापकोटा



जन्मोत्सवमा धरौटी उपहार

नयाँ नेपालमा जसले झापड खायो, उसैले दोषीको धरौटी तिरिदिनुपर्ने अवस्था आयो। १ मंसिरमा भृकुटीमण्डपमा आयोजना गरएिको चियापान कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई झापड हान्ने बाग्लुङका पदम कुँवरले २५ दिन प्रहरी हिरासतमा बिताए। २५ मंसिरको मध्याह्न काठमाडौँका सीडीओले पदमलाई २८ हजार रुपियाँ धरौटी तोकेका थिए। धरौटी तिर्न नसकेपछि उनलाई केन्द्रीय कारागार जगन्नाथ देवल पुर्‍याइयो। पदमले धरौटी तिर्न नसकेको कुरा आएपछि देश/विदेशमा अर्थ संकलन सुरु भयो।

प्रचण्डलाई लागेछ, यसले मलाई अरू बदनाम बनायो। त्यसैले उनले पदमको धरौटी राखिदिने रुचि जाहेर गरे। २६ मंसिर बिहान भीम भारती सालोलाई तोकिएको धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगे। तर, उनले धरौटी जम्मा गर्न नपाउँदै अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेल आएर २८ हजार रुपियाँ तिरिदिए।

प्रचण्ड र उनका सहयोगीले पदमले धरौटी रकम तिर्न नसकेर जेल जानुपरेको कुरा अघिल्लै दिन थाहा नपाएका होइनन्। उनीहरूले चाहेका भए त्यही दिन पनि धरौटी तिरििदन सक्थे। तर, २६ गते नै रोज्नुको कारण धेरैलाई थाहा नहुन पनि सक्छ । प्रचण्डले आफ्नो जन्मदिन पारेर पदमलाई धरौटी उपहार दिएका रहेछन्।

- माधव बस्नेत





मनमा आफ्नै नाम

भ्याकेन्सी खुलेको बीसौँ दिन पनि प्रधानमन्त्री चुनिएनन्। शीतलनिवास पसेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भन्न भ्याएछन्, "दलहरू सहमतिनजिक पुग्नै लागेका छन्। तत्काल समय थप्नुको अर्को विकल्प छैन।"

प्रचण्डलाई थाहा छ, म्याद थप्नुको विकल्प राष्ट्रपतिसँग छैन। त्यसैले त उनले त्यस्तो गरष्िठ सल्लाह फर्माए। कसैले पत्याओस्/नपत्याओस्, प्रचण्ड ड्यांग भनिदिन्छन्। उनलाई बोल्न पाए पुग्छ, गर्नु केही पर्दैन। उनले भरे सहमति हुन्छ, भोलि सहमति हुन्छ भन्न थालेकै सात महिना भइसक्यो। के उनका कुरा राष्ट्रपतिले पत्याए होलान् ?

भन्नलाई त उनले बाबुराम भट्टराईकै सरकारलाई सहमतीय स्वरूप दिनुपर्छ भनिरहेकै छन्। के उनको कुरा बाबुरामले पत्याउँछन् ? कुनै बेला प्रचण्डले मोहन वैद्यसँग तपाईंको पार्टीका महासचिव रामबहादुर थापा अबका प्रधानमन्त्री भनेको पनि सुनिएकै हो। के वैद्यसँग अझै प्रचण्डका कुरा पत्याउने क्षमता छ ? मधेसी दलका नेताहरूलाई पनि उनले ललिपप देखाएकै छन्। के उनका कुरामा कसैलाई विश्वास छ ? उनको त मुखमा सबैको नाम छ, मनमा आफ्नै नाम।

- राजकुमार बानियाँ





प्रश्नरूपी भूतको चक्कर

राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई अचेल भूतले खुब लखेट्छ रे ! सञ्चारकर्मीहरूसँग उनी यस्तै कुरा गर्न थालेका छन्। उनलाई लखेट्ने भूत रातबिरात उपस्थित हुने पिचासजस्तो होइन रहेछ। बेलाबेलामा थापालाई झस्काउने भूत त प्रश्न पो रहेछ। कस्तो भने, जब नेपालमा सरकार परविर्तनको माहोल सुरु हुन्छ, तब थापाको नाम चर्चामा आइहाल्छ। प्रधानमन्त्री बन्न उनका लागि अनुकूल वातावरण नभए पनि चर्चाको चर्खा उनको कानसम्म नबज्ने कुरै भएन। पञ्चायतकालमा राजालाई अप्ठ्यारो पर्दा उनको नाम पुकारिएजस्तै लोकतान्त्रिक गणतन्त्रमा यस्तो पुकाररूपी भूतबाट थापाले कहिले मुक्ति पाउलान् हँ ?

- ईश्वरी ज्ञवाली

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar