'ट्रान्जिट’ नेपाल

  • तिब्बतबाट नेपाल हुँदै भारतीय बजारमा सुन पुर्‍याउने गिरोह सक्रिय

१९ मंसिरको बिहान ३ बजे नै जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी गीता उप्रेती अरनिको राजमार्गमा निक्लिन्, मातहतका प्रहरी टोली लिएर। नभन्दै एक घन्टा कुरेपछि टोलीले साढे चार करोड रुपियाँभन्दा बढी मूल्यको नौ किलो सुन समात्यो। एक दर्जन सुरक्षा चेकपोस्ट कटाएर काठमाडौँ ल्याउन लागिएको सुन धुलिखेल कट्न पाएन।

चालक सेते तामाङले यसअघि तिब्बतबाट कन्टेनरमा तीनपटक सुन ओसारेको बयान दिएका छन्। यद्यपि, उनले कहिले र कति परमिाणमा सुन बोकेको भन्ने खुलाएका छैनन्। ठूलो परमिाणमा सुनसहित 'क्यारयिर' पक्रिएको यो पहिलो घटना भने होइन।

तीन महिनाअघि मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको कलंकीबाट एक किलो सुनसहित भारतीय नागरकि पीताम्बर पासवानलाई पक्राउ गरेको थियो। पासवानले सुन वीरगन्ज पुर्‍याएपछि त्यहाँबाट अर्कै व्यक्तिले भारत लैजाने तयारी भएको सीआईबीको अनुसन्धानले देखाएको छ। पासवानले त्यसअघि पनि पटकपटक सुन बोकेर वीरगन्ज पुगेको बयानमा खुलाएका छन्।

तिब्बतको खासा र तेस्रो मुलुकबाट भित्रिएको सुन नेपालको बाटो हुँदै भारत तस्करी हुने गरेको धेरै भइसकेको छ। प्रहरीले रंगेहात सुन बरामद गरेपछि यसको पुष्टि मात्र भएको हो। नेपाल सुन तस्करीको 'ट्रान्जिट' अहिले मात्रै बनेको होइन। पुस ०५८ मा तिब्बतबाटै कारमा राखेर ल्याउँदै गरेको ७ किलो ४५ ग्राम अवैध सुन बाह्रबीसे प्रहरीले नियन्त्रणमा लिएको थियो।

पञ्चायतकालमा समेत नेपालको स्थल र हवाई दुवै मार्गबाट सुन भित्रिएर भारत पुग्ने गरेको जानकारहरूको भनाइ छ। बहुदल आएपछि समेत यो प्रक्रिया रोकिएन। हङ्कङ्को सुन चीनको खासा हुँदै नेपाल भित्र्याएर भारत पुर्‍याउने गिरोह सक्रिय देखिएको छ। सुन तस्करीमा तिब्बती र नेपाली व्यापारीको संलग्नता छ। दैनिक २५ देखि ३० किलो सुन यसरी अवैध रूपमा नेपाली बजारमा भित्रिने सम्बद्ध व्यवसायीको भनाइ छ। त्यसमध्ये थोरै मात्र नेपाली बजारमा खपत हुने र बाँकी सुन भारत पुग्ने नेपाल सुनचाँदी संघका अध्यक्ष तेजरत्न शाक्य स्वीकार्छन्।

एक दशकअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सुन तस्करी काण्ड नेपालको सांसद खरदिबिक्रीसम्म जोडिएको थियो। उक्त प्रकरणमा संसद् र प्रहरीको छुट्टाछुट्टै छानबिन समितिले सांसद र गृहमन्त्रीसहित प्रहरीको तत्कालीन उच्च अधिकारीहरूको प्रत्यक्ष संलग्नतामा औँल्याएका थिए।

जमिम शाह हत्याकाण्डबारे छानबिन गर्न गठित न्यायिक अध्ययन समितिले त झनै डरलाग्दो पक्षको पर्दा उघारेको छ। प्रतिवेदनमा कुख्यात अपराधी दाउद इब्राहिमको समूहसमेत नेपालबाट भारत सुन तस्करीमा संलग्न रहेको उल्लेख छ।



तस्करीका कारण

चीनमा सुन नेपालमा भन्दा सस्तो छ। अघिल्लो साता १५ मंसिरको मूल्य अनुसार चीनमा प्रति १० ग्राम सुनको मूल्य ३ हजार ४ सय ९ दशमलव ७० युआन अर्थात् ४७ हजार ४ सय ६३ रुपियाँ थियो भने नेपालमा ५९ हजार ५ सय रुपियाँ।

औसतमा चीन र नेपाली बजारमा प्रति १० ग्राम सुनको मूल्य अन्तर अघिल्लो साता १० हजार रहेको देखिन्छ। त्यसमाथि भन्सार छलेर भित्र्याउँदा थप नाफा हुन्छ। सुन ल्याउन प्रति १० ग्राम २ हजार ३ सय रुपियाँ भन्सार तिर्नुपर्छ। चीनमा सस्तोमा पाइने भएपछि खुला सीमाको फाइदा उठाउँदै नेपाली बजारमा सुन तस्करी हुने र त्यो भारत पुग्ने गरेको हो।

संघका अनुसार नेपाली बजारमा प्रतिदिन सिजनमा बाहेक ३० देखि ३५ किलो सुनको माग छ। जबकि, राष्ट्र बैंकले १५ किलो मात्रै सुन उपलब्ध गराउँछ। नेपाली बजारमा अपुग भइरहेको अवस्थामा चीनमा सस्तोमा पाइने भएपछि तस्करीको बाटो हुँदै आउनु झट्ट हेर्दा 'माग अनुसारको पूर्ति'जस्तो लाग्न सक्छ। तर, नेपाल र भारतमा सुनको मूल्यमा खासै अन्तर नभए पनि भारतीय बजारमा नेपालबाट तस्करी भएर सुन किन जान्छ त ?

नेपाली बजारमा भारतीय रुपियाँको अभाव भएकाले यस्तो धन्दालाई प्रोत्साहन मिलेको व्यवसायीहरू औँल्याउँछन्। नेपाली बजारमा भारु अभावका कारण एक सय भारुका लागि १ सय ६८ रुपियाँसम्म तिर्नुपर्छ, जुन राष्ट्र बैंकले तोकेभन्दा आठ रुपियाँले बढी हो। खासगरी सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारतीय रुपियाँको कारोबार हुने गर्छ, खुला सिमानाका कारण।

यस हिसाबले गणना गर्दा कानुनी रूपमै सुन भारतमा लगेर बेचेपछि आएको भारु नेपाली बजारमा बेच्दा प्रतिकिलो सुनमा २ लाख २५ हजार रुपियाँ नाफा हुन्छ। अवैध बाटोबाट जाँदा यो नाफा झनै उकालो लाग्छ। "भारु अभावकै कारण पनि सुन तस्करी भएको हो," संघका अध्यक्ष शाक्य भन्छन्। यही कारण हो, सुनको मूल्य अन्तरका कारण भारतीय बजारमा बिक्री गर्दा खासै मुनाफा नहुने भए पनि नेपालबाट भारततर्फ सुन तस्करी हुने गरेको।

नेपाल राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवाली भने वैध बाटोबाट कारोबार गर्नेहरूका लागि नेपाली बजारमा भारतीय रुपियाँको अभाव नभएको जिकिर गर्छन्। "गैरकानुनी च्यानल प्रयोग गर्नेका लागि मात्रै अभाव भएको हो, अरूका लागि अभाव छैन," उनी भन्छन्, "राष्ट्र बैंकको नीतिका कारण नभई कानुन कार्यान्वयन गर्ने निकाय प्रभावकारी र सक्रिय नहुँदा सुनको तस्करी बढेको हो।"

नगदको सट्टा सुन नै भुक्तानी गर्ने प्रवृत्तिले समेत तस्करी फस्टाएको अनुमान छ। सुन संसारको धेरै ठाउँमा सहजै नगदमा सटही गर्न सकिने भएकाले व्यापारीहरूले सुन नै भुक्तानी गर्ने चलन रहेको शाक्य बताउँछन्। सामानको पैसा तिर्न सुनको प्रयोग हुन थालेपछि अवैध बाटोबाट सुन ल्याउन सके एकातिर अन्य वस्तु कारोबार गर्दाको हिसाबकिताब देखाउनुपरेन भने अर्कोतिर करसमेत छल्न पाइयो। सामानको भन्सार मूल्यांकन कम देखाउनसमेत यसले सहज हुन्छ। त्यसैले सुन तस्करहरू चलमलाएका हुन्।

सुन आयात गरेर भारत पठाउने क्रम ह्वात्तै बढेपछि शोधनान्तर घाटा कम गराउन राष्ट्र बैंक र वाणिज्य मन्त्रालयले सुन आयातमा परमिाणात्मक बन्देज लगाएका थिए। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो तथ्यांक कम देखिएको छ।



व्यापारी नै तस्करीमा

कलंकीमा समातिएका पासवानले काठमाडौँको नयाँ सडकस्थित विशाल बजारभित्रको ३३१ नम्बरको पसलेले सुन वीरगन्ज पुर्‍याइदिन भनेपछि आफूले बोकेको प्रहरी बयानमा बताएका छन्। त्यसपछि सीआईबीले पसलका बिक्की नामका व्यापारीसँग सोधपुछ गरेको थियो। बिक्कीले आफूले बैंकबाटै उक्त सुन खरदि गरेको बताएका थिए।

सीआईबीले पासवानलाई समातेलगत्तै महानगरीय प्रहरी परसिर काठमाडौँले छापा मार्दा भेटिएको तीन करोड रुपियाँको स्रोत खुल्न सकेको छैन। त्यसपछि बिक्कीलाई प्रहरीले थप अनुसन्धान गरेन भने मुद्दा विमानस्थल राजस्व कार्यालयमा बुझायो। कार्यालयले यो मुद्दाको टुंगो लगाइसकेको छैन। "अनुसन्धानको प्रक्रियामै छ," कार्यालयका भन्सार प्रमुख प्रशासक जगदीश रेग्मी भन्छन्।

प्रहरीका अनुसार प्रतिकिलो सुनमा २० देखि ३० हजार रुपियाँमा भरयिा प्रयोग गरन्िछन्। भरयिाहरूले एकैपटक पाँचदेखि १० किलो सुन ओसार्छन्। असोजको अन्तिममा १ करोड २४ लाख रुपियाँ बराबरको विदेशी मुद्रासहित पक्राउ परेका भारतीय नागरकि विनोदकुमार सोनीले इबिसु ज्वेलरीका मुरारी जमालियाले उक्त रकम पठाएको बताएका थिए। अन्य व्यवसायीले समेत मुद्रा दिएको भए पनि सोनीले अरूको नाम नखोलेको स्रोत बताउँछ। सुन किन्नकै लागि उक्त रकम बाहिरनि लागेको प्रहरी अनुमान छ। तर, प्रहरीले जमालियालाई अनुसन्धानको दायरामा नै ल्याएन र उनी हाल भारत पुगिसकेका छन्। "तस्करी गर्ने नै व्यवसायी हुन्," भन्सार विभागका महानिर्देशक मुक्तिनारायण पौडेल भन्छन्, "अरूलाई आइडिया नै हुँदैन। जसलाई नाफा/घाटाबारे थाहा हुन्छ, उसैले यस्ता धन्दा चलाउँछन्।"

हालै काभ्रेमा बरामद नौ किलो सुनसमेत नेपाली व्यवसायीकै संलग्नतामा भित्रिएको प्रहरीको अनुमान छ। कन्टेनर चालक तामाङले बौद्धका व्यापारीको सुन बोकिदिएको प्रहरीलाई बताएका छन्। "उसले प्रस्ट कुरो त गरेको छैन," एसपी गीता उप्रेती भन्छिन्, "व्यवसायीको संलग्नताबिना यति धेरै सुन आउन सक्दैन।"

नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष शाक्य पनि यस्तो सम्भावनालाई नकार्दैनन्। "तस्करी रोक्ने मुख्य जिम्मेवारी राज्यकै भएको हो," शाक्य भन्छन्, "चोरीको गेट खोलेर सरकारले बजारमा मात्रै अनुगमन गर्न खोजेको छ।" सरकारले पर्याप्त सुन दिन नसकेकाले सक्नेले तस्करी गरेर टिक्ने, नसक्ने पलायन हुनुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ।

केही समयअघि वाणिज्य बैंकहरूले दिने दैनिक १५ किलो सुनसमेत बैंकमै थन्किएको सार्वजनिक भएको थियो। व्यवसायीहरूले दिएको तथ्यांक नै गलत हो कि कालोबजारबाटै माग धानिएको अवस्था ? नेपाली बजारमा यो परमिाणको सुन पर्याप्त हो वा होइन ? राष्ट्र बैंक नै स्पष्ट छैन।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

मनबहादुर बस्नेतद्वारा अन्य प्रकाशित लेखहरू

मःम मोहनी

अंक: 413

करको डर

अंक: 432
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar