जनक नेपाल

जुम्लाको एक बिहान


रातको तापक्रम शून्य डिग्रीभन्दा तल ओर्लिने जुम्लाको खलंगा बिहान ८ नबज्दासम्म सुनसान हुन्छ। पारलिो घाम देखिन थालेपछि सुरु हुन्छ, दिनचर्या। बसपार्कमा यात्रुको भीड लाग्छ। जुम्लाबाट नेपालगन्ज र सुर्खेतका लागि दुईवटा बस ८ र ११ बजे छुट्छन्। चन्दननाथ मन्दिरमा श्रद्धालुको ताँती लाग्छ। शिक्षण अस्पताल हुने तरखरमा रहेको जुम्ला अञ्चल अस्पतालभित्रका वार्डमा जाडोले बसिसक्नु छैन। बिरामी चौरमा घाम तापेर स्वास्थ्यलाभ गररिहेका भेटिन्छन्।

च्याङ्ग्राका बथान लिएर ओहोरदोहोर गर्नेहरू पनि ठाउँठाउँमा भेटिन्छन्। अर्गानिक जिल्ला घोषित जुम्लाका खेतमा यतिबेला कम्पोस्ट मलका थुप्रा देख्न पाइन्छन्। विमानस्थलमा मध्याह्न चहलपहल बढ्छ। टिकट पाएर खुसी र नपाएर दुःखी हुने दुवैथरी भेटिन्छन्। स्थल यातायात सुरु भए पनि हवाई टिकटका लागि मारामार हुन्छ। यहाँ पहुँच हुनेले टिकट पाउँछन्, सर्वसाधारणले रातभर कुरे पनि पाउँदैनन्। विमानस्थलबाहिर लहरै बसेर महिला जुम्ली स्याउ र ओखर बेच्छन्। छेउका कोसेली घरमा रैथाने जातका सिमी, कालीमार्सी चामल, हर्बल चिया, स्याउको वाइन पाइन्छन्।















तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

जनक नेपालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

कथा   [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar