पहिरन : पन्चु सर्ट

बैंककबाट ल्याइएको पन्चु सर्ट जाडो मौसममा युवतीका लागि एउटा गतिलो विकल्प हुन सक्छ। यस्तो ऊन सर्टको विशेषता हुडसमेत हुनु हो। भित्रपटि्ट हाइनेक लगाएर लगाउँदा अझ खुल्छ। लेगिन्स वा जिन्स पाइन्टसँग पनि लगाउन मिल्छ। बाहुला फोल्डिङ् गर्न मिल्छ। पि|mसाइजमा रातो, नीलो, हरियो र खैरो रंगमा यी सर्ट उपलब्ध छन्। सिभिल मलको ब्याक स्टेज-४०६ मा यसको मूल्य २ हजार ४ सय ९५ छ।



रिसोर्ट : मेलम्चीको आनन्द

मेलम्ची बजारमा सुसाउँदै गरेको इन्द्रावती नदीछेउमा छ, मेलम्ची बिच रेसोर्ट। यो रिसोर्ट चिसो मौसममा क्याम्पफायरका लागि परिचित छ। झन्डै दुई दशक अमेरिका, बहराइन, दुबईलगायत मुलुकमा सेफका रूपमा काम गरेका स्थानीय उत्तमदीप खड्काले गाउँमै आधुनिक रिसोर्ट निर्माण गरेका हुन्।

रिसोर्टबाट पाँच किलोमिटर परसम्म 'रभिर भ्यु' गर्न सकिन्छ। रिसोर्टबाटै र्‍याफ्टिङ् र पौडीको आनन्दसमेत लिन सकिन्छ। आठवटा अट्याच बाथरुम भएका, दुईवटा सुइट र सातवटा सामान्य कोठा छन्। एक सय जना क्षमताको सेमिनार हलसमेत छ । आधुनिक जापानी प्रविधिबाट निर्माण गरिएको हुँदा कोठामा साउन्डप्रुफ, टेम्प्रेचर कन्ट्रोलजस्ता सुविधा छन्।

रिसोर्टलाई केन्द्र पारेर तीन घन्टामा हेलम्बु तथा ६ घन्टामा पाँचपोखरीको हाइकिङ् जान सकिन्छ। नजिकैको लाङटाङ राष्ट्रिय निकुञ्ज अर्को आकर्षण हो। खानपिनमा असला माछा यहाँको मौलिक परिकार हो। यद्यपि, नेपाली, चाइनिज र कन्टिनेन्टल परिकारसमेत उपलब्ध छन्। तरकारीहरू सबै अर्गानिक छन्। काठमाडौँबाट ६२ किलोमिटरको दूरीमा रहेको रिसोर्टमा कोठाका लागि तीन सयदेखि १ हजार ५ सय रुपियाँसम्म तिर्नुपर्छ।





सन्दर्भ : फिल्मी काठमाडौँ

सर्ट फिल्म र डकुमेन्ट्रीका साथै एनिमेटेड फिल्म हेर्न पाइने भएको छ, काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिवल (किम्फ)मा। २२ देखि २६ मंसिरसम्म चल्ने फेस्टिवलमा २८ देशका ६२ फिल्म देखाइनेछन्।

नेपाल प्यानोरोमामा १० फिल्म छन्। किम्फको अर्को आकर्षण हो, शिक्षासम्बन्धी फिल्म प्रतियोगिताका उत्कृष्ट १० फिल्म। यसमा अन्तर्राष्ट्रिय विधा, नेपाल प्यानोरोमा र खुला गरी तीन विधा समेटिएको छ। नेपाल प्यानोरोमा अन्तर्गत वृत्तचित्रमा काडामाण्डू, एक्टिन्सन अफ पास्चर, योमरी या बाँखा छन् भने सर्ट फिल्ममा हरि र इक्स्िटन्ट छन्। खुला प्रतिस्पर्धामा खाँटी सुन, अन्टिल ह्वेन, बाँसुल्ली, हु विल बी अ गोर्खा र सुनगाभा छन्। हिमाल एसोसिएसनद्वारा आयोजना गरिएको फेस्टिवल यसपटक पर्यावरणीय विविधता र बसाइँसराइका विषयमा केन्दि्रत छ।

फेस्टिवलकै क्रममा हिमाली क्षेत्रबारे लेखन, हिमाली मार्ग, पर्वतीय फिल्म निर्माणबारे कार्यशाला हुनेछ भने 'मनाङ ३० वर्षपछि' शीर्षक फोटो प्रदर्शनीसमेत हुँदै छ।





परिकार : उडन क्यासरोलमा मटन तास

मटन तास नेपालीका लागि कुनै नौलो परिकार होइन। तैपनि, यहाँको विशेष काठे भाँडोमा तयार पारिएको उडन क्यासरोलको स्वाद अलि फरक छ। तासको पूरा प्याकेज मिलाएर सर्भ गरिनु यसको अर्को विशेषता हो। उडन क्यासरोल चार भागमा विभाजित हुन्छ। एउटामा मटन पिसलाई १० मिनेटजति तावामा गि्रल्ड गरेको तास राखिन्छ भने अर्कोमा चिउरा-अमलेटको मिश्रण। तेस्रोमा नेपाली शैलीको चटपटे हुन्छ। र, नेपाली अचार र सलादसँग सर्भ गरिन्छन्। अर्डर गरेको १५ मिनेटमा आइपुग्ने यसको मूल्य चार सय रुपियाँ छ।





प्रविधि : नोकियाको हाइफाइ हेडसेट

मर्निङ्वाकमा जाँदा होस् या सवारी चलाउँदा, मोबाइलले समस्या दिइरहेको छ भने नोकियाको ब्लुटुथ स्टेरियो हेडसेट लिँदा हुन्छ। बीएच-५०५ मोडलमा उपलब्ध यसमा एकपटक फुल चार्ज गरेपछि १२ घन्टा कुरा गर्न मिल्छ भने १० घन्टा गीत सुन्न मिल्छ। ३ सय ७५ घन्टा स्ट्यान्डबाइ रहन सक्छ। एटूडीपी ब्लुटुथ प्रोफाइल सपोर्ट गर्ने मोबाइलमा यो हेडसेट प्रयोग गर्न मिल्छ। यसको दायाँबाट कल गर्न, कल अन्त्य गर्न र भोलुम सेट गर्न सकिन्छ भने बायाँतर्फ म्युजिक फरवार्ड/ब्याकवार्ड हुन्छ। मोबाइलभन्दा १० मिटर टाढासम्म यसले काम गर्छ। नेपाली बजारमा यसको मूल्य २ हजार ५ सय रुपियाँ छ।





फिल्म : प्रेतात्माको कथा

आमिर खान बलिउडका कहलिएका ब्रान्ड हुन्। उनको प्रोडक्सनमा बनेको फिल्म जस्तोसुकै होस्, दर्शक हेर्न लालायित भइहाल्छन्। उनका फिल्म कसैकसैले नराम्रो भनिहाल्दासमेत अर्को समूहले निकै रुचाइरहेको हुन्छ। उनकै प्रोडक्सनको तलासले समेत मिश्रति प्रतिक्रिया पाइरहेको छ।

समुद्रछेउको सुनसान सडकमा एकनासले हुँइकिरहेको गाडी अचानक मोडिएर समुद्रमा पुग्छ। त्यसअघि पनि त्यहाँ त्यसैगरी थुप्रै दुर्घटना भएका हुन्छन्। बलिउड अभिनेता अरमान कपुरको मृत्यु भएपछि भने त्यसले आमचासोको रूप लिन्छ। अनुसन्धानमा खटिन्छन् इन्स्पेक्टर सेरावत (आमिर खान)। उनले समेत समुद्री दुर्घटनामै छोरा गुमाएका हुन्छन्। अनुसन्धानकै क्रममा उनको नीरस व्यक्तिगत जीवनका पाटा खुल्दै जान्छन्। सेरावत आफ्नी श्रीमती रोशनी (रानी मुखर्जी)सँग छोराको मृत्युसँगै रम्न सकेका हुँदैनन्।

बाहिरबाट हेर्दा दृढ देखिए पनि सेरावत भित्रभित्रै आफैँसँग एक्लिरहेका हुन्छन्।  रातमा सुत्दैनन्। अरूले देख्दा एक्लै बोलिरहेका हुन्छन्। अर्थात्, उनी एउटा प्रेतात्माको संगतमा हुन्छन्। खासमा त्यस दुर्घटनापछाडि अन्य कारण खासै हुँदैनन्। त्यो दुर्घटना नै हुन्छ।

फिल्ममा उठाइएको कथा लोक जनजीवनमा सुनिआएकै हो। फिल्ममा फरहान अख्तरले उत्कृष्ट संवाद लेखेका छन्। छायांकन, पात्रहरू र उपकथालाई राम्ररी जोडिएको छ। तैपनि, तलास आमिर खानका अघिल्ला फिल्मजति सशक्त हुन सकेको छैन। अघिल्ला फिल्मका कारण आमिर खानसँग बढी अपेक्षा राखिनु अस्वाभाविक पनि होइन। उनका अघिल्ला फिल्मसँग तुलना नगर्ने हो भने यसमा खोट लगाइहाल्नुपर्ने देखिँदैन।

संयोजन : प्रदीप बस्याल

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar