मुख्य समाचार


पुतली घरकी 'पुष्पा मामु’

  • सीएनएन हिरो - २०१२, पुष्पा बस्नेत

अमेरिकाको लस एन्जलसमा नेपाली समय अनुसार १८ मंसिरको बिहानै एकेडेमी अवार्ड विजेता डेड म्यान वाकिङ् स्टार सुसान सार्डनले विश्वभरबाट छानिएका अन्तिम १० हिरोलाई ५० हजार अमेरिकी डलर बराबरको रकमसहित सम्मान गरेकी थिइन्। यो सम्मानसँगै सीएनएन हिरोजको माहोल एकाएक तातियो।

फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमा सीएनएन हिरोज-२०१२ बारे विभिन्न अड्कलबाजी भइरहेका बेला घोषणा गरियो, पुष्पा बस्नेत, २८, को नाम। सीएनएन हिरो नेपालको पोल्टामा परेको यो दोस्रोपटक हो। दुई वर्षअघि माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले पनि सो अवार्ड जितेकी थिइन्।

सीएनएन हिरोको उपाधिसम्म आइपुग्न पुष्पाको दृढ इच्छाशक्ति र लगनशीलताले काम गरेको छ। काठमाडौँको सेन्ट जेभियर्स कलेजमा 'सोसल वर्क'मा स्नातक गर्दै गर्दा पुष्पा फिल्ड वर्कका लागि कालीमाटीस्थित प्रहरी चौकी पुगेकी थिइन्। त्यसबेला त्यहाँ प्रहरी निरीक्षक थिइन् मीरा चौधरी, जसले महिला बन्दीका बारेमा जानकारी गराइन्। त्यो सुनिसकेपछि उनले जेल अवलोकन गरनि्। र, त्यसले नै उनको जीवनमा एउटा नयाँ मोड तयार पारिदियो।

जेलभित्र यति धेरै बालबालिका थिए कि तिनीहरूको कठिनतम् जीवनबारे कल्पनासम्म पनि गरेकी थिइनन् पुष्पाले। सीएनएन हिरोजमा मनोनयन हुनुअघि नेपालसँगको कुराकानीमा उनले भनेकी थिइन्, "त्यतिखेर जेलमा रहेकी एउटी बालिका सानुमाया तामाङले पछ्यौरी तानेपछि म निकै भावुक भएँ।" त्यसै दिन उनले सानुमायाजस्ता बालबालिकाका लागि काम गर्ने सपना तय गरेकी थिइन्।

निकै रहर गरेर बनाएको सुनको बाला बेच्दा उनलाई त्यतिखेर नमज्जा लागेन। आफ्नो योजना सुनाउँदै बाबुआमा, दिदीबहिनी र साथीसंगीसँग सहयोग मागिन्। त्यसबेला उनलाई उत्प्रेरणा दिने कोही भएनन्। उनले भनेकी थिइन्, "पैसा दिनेले पनि केही दिनको लहड त हो नि भन्थे।" जस्तो प्रतिक्रिया आए पनि उनी आफ्नो अभियानमा रोकिइनन् र ७० हजार रुपियाँ जम्मा पारनि्। र, जेलका पाँच बालबालिका ल्याएर दिनभर स्याहार-सुसार गर्दै पढाउन थालिन्। ती बालबालिकालाई साँझ भने जेलमै फर्काउँथिन्।

दुई वर्षपछि उनले पुतली घर स्थापना गरनि्, जहाँ उनी स्थायी रूपमा बालबालिकासँग बस्न थालिन्। उनमा बिस्तारै थप बालबालिका ल्याउने उत्प्रेरणा जम्मा हुँदै थियो तर भएजति पैसा सकियो। तर, उनी भित्रैदेखि निकै बलियो बनिसकेकी थिइन्। जसोतसो पैसा जम्मा त पार्थिन् तर बच्चाबच्चीले हल्ला गर्छन् भन्दै भाडाका कोठा पाउन मुस्किल हुन्थ्यो। दिइहाल्नेले पनि केही महिनामै छाड्न भन्थे। थुप्रैपटक डेरा सररिहनुपर्‍यो पुष्पालाई। अहिले भने चपली गाविसको एउटा घरमा ४४ बालबालिकाको साथ छिन्।

२१ वर्षे उमेरमा जब पुष्पाले जसोतसो अलिकलि पैसा जम्मा पारेर जेलमा बसिरहेका बालबालिकाको स्याहार-सुसारका लागि 'अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर' खोलिन्, धेरैले 'बहुलाएको' भन्दै व्यंग्य गरे। सिग्मन्ड प|mायडको परिभाषामा भन्ने हो भने, त्यसबेला उनी साँच्चिकै बहुलाएकी थिइन्। 'जब कसैसँग प्रेम हुन्छ, ऊ बहुलाउँछ,' प|mायडको यो भाव पुष्पाका हकमा भने जेलभित्र पढ्न नपाएर छटपटाइरहेका बालबालिकाको उद्धारमा अनूदित भयो। युवावस्थाको रामरमितामा अल्भिmने बेला उनमा त्यस्ता असहाय बालबालिकाप्रति प्रेम पलायो। करबि आठ वर्षअघि थालेको दुस्साहसले उनलाई संसारमै एउटा आदर्श समाजसेवीका रूपमा चिनायो, सीएनएन हिरो बनाएर।

पुष्पा अविवाहित छिन् तर ममतामयी व्यवहारले गर्दा बालबालिकाहरू उनलाई 'मामु' भनेर बोलाउँछन्। एउटा बेग्लै खाले दैनिकी र अभियानका कारण पनि होला, विवाह गर्ने र आफ्नै कोखबाट सन्तान जन्माउनेजस्ता कुरा उनका प्राथमिकताभन्दा धेरै पर पुगेका छन्। नेपालसँग उनले भनेकी थिइन्, "यी सन्तान यति पि्रय छन् कि यिनलाई छाडेर बेग्लै आमा हुने मन छैन।" उनी स्वयं बालबालिकाका लागि खाना पकाउने, भाँडा माझ्ने, लुगा धुनेजस्ता काम गर्थिन्। सीएनएन अनलाइनमा उनले भनेकी छन्, "बालबालिकाको मुस्कानले यति उत्प्रेरति गथ्र्याे कि म कहिल्यै थाकिनँ।"

कुर्ता-सुरुवालमा सजिएकी पुष्पा 'सीएनएन हिरो अफ दी इयर २०१२' घोषणा हुँदा निकैबेर भक्कानिएकी थिइन्। उनका आँखा रसाएका थिए। त्यतिबेला अमेरिकाभन्दा हजारौँ माइल परको नेपालमा समेत उनको बालगृहमा कार्यक्रमको प्रत्यक्ष प्रसारण हेररिहेका बालबालिका हर्षले रोए। आफूलाई साँघुरो चार पर्खालभित्रबाट निकालेर नयाँ संसारसँग परििचत गराउने 'मामु'को खुसीमा बालबालिकाहरू रमाए। त्यस दिन कोही विद्यालयसमेत गएनन्।

हालसम्म उनले सयभन्दा बढी बालबालिकालाई उद्धार गरेकी छन्। ६ वर्षभन्दा कम उमेरका बालबालिकालाई उनले दिवा सेवा दिन्छिन् भने त्यसभन्दा माथिकालाई आवासीय रूपमै शिक्षा, स्वास्थ्य तथा भोजनसहित रेखदेख गर्छिन्। सीएनएनको वेबसाइटमा उनको भनाइ राखिएको छ, "मैले भाग्यले राम्रोसँग शिक्षादीक्षाको अवसर पाएँ, जुन अरूलाई पनि दिन सकूँ भन्ने लाग्छ।"

तीन वर्षअघि पुष्पाले एउटा गजबको जुक्ति निकालिन्, जेलमा बस्ने अभिभावकलाई हस्तकलाको तालिम दिने। त्यसका दुइटा उद्देश्य थिए। पहिलो, त्यसबाट हुने आम्दानी आफ्ना छोराछोरीका लागि पनि पठाऊन् भन्ने। दोस्रो, नपठाए पनि जेलबाट छुट्दा उनीहरूको स्याहार-सुसारका लागि सहयोगी बनोस् भन्ने। त्यसले सँगै नभए तापनि बालबालिकासँग आमाबुबाको दूरी भावनात्मक रूपमा कम गर्‍यो।

उनी सानैदेखि विद्रोही स्वभावकी थिइन् तर कसैसँग झैझगडा नगर्ने। बुबा पूर्णबहादुर बस्नेतका अनुसार पुष्पाले बालबालिका सेवा सुरु गर्ने बेला सानै उमेरमा जिम्मेवारीपूर्ण काममा लाग्दा पढाइ बिग्रन्छ भनेर उनलाई हतोत्साहित गरिएको थियो। "उनले हाम्रो कुरालाई गलत त भनिनन् तर आफ्नै तरिकाले काम सुरु गरनि्," बस्नेत सम्झन्छन्, "हामीले उनमा यो हदसम्मको क्षमता छ भन्ने सोचेकै थिएनौँ।" आफूलाई चाहिने सामग्री घरबाट बालगृहसम्म लैजाने उनको जुक्ति गजबको थियो। उनले आमालाई घरको यो सामान पुरानो भयो या राम्रो भएन भनेर अर्को किन्न लगाउँथिन् र अर्को आएपछि त्यो सामान बालगृह लैजान्थिन्।

पछिल्ला वर्ष आफ्नो सम्पूर्ण तनमन पुतली घरकै बालबालिकामा दिएकीले उनी चाडपर्वमा समेत घर आउन छाडेकी थिइन्। उनका दाजु पुष्कर बस्नेत भन्छन्, "हामी आफँै उतै गएर चाडपर्व मनाउन थालेका छौँ।" पुष्पाको घरमा अहिले सम्मानका लागि भन्दै थुप्रै संघसंस्था आइरहन्छन्। उनका बुबा यसबारे पुष्पाको प्रतिक्रिया उद्धृत गर्दै भन्छन्, "मैले कुनै दिन यसरी सम्मान पाउँछु भनेर बालबालिकाको रेखदेख गरेकी होइन, त्यस्तोमा सकेसम्म मलाई नपार्नूस्।" कारागार व्यवस्था विभागको तथ्यांक अनुसार नेपालका जेलमा अझै त्यस्ता ८० जना बालबालिका छन्। अवार्ड थापेपछि उनले मञ्चबाटै भनिन्, "मामु तिमीहरूलाई लिन आउँदै छिन्।" पुष्पाको यस्तो पवित्र कर्म जारी रहोस् ।

 

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

प्रदीप बस्यालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar