चिता खरानी कात्रो भवितव्य जिन्दगीको
श्मशान घाट नै हो गन्तव्य जिन्दगीको ।
मर्नु छ एकदिन त बाँच्तैन कोही जगत्मा
माया र स्नेह नै हो वैभव्य जिन्दगीको ।
आफू र आफ्नै लागि सुखानन्द खोजी हिँड्नु
त्यति मात्र सायद होइन कर्तव्य जिन्दगीको ।
सबै हाँसी-खुसी बाँचून् सम्पूर्ण देशवासी
होइन परिवारको सानो घेरा मन्तव्य जिन्दगीको ।
कर्मप्रधान जगत्मा केही छ गर्नु तिमीले
दीनदुःखीको सेवा नै हो दातव्य जिन्दगीको ।
तपाईंको प्रतिकृया