कुर्सी साना दललाई

अबको प्रधानमन्त्री साना दलबाट अलिक स्वच्छ छवि भएका व्यक्तिलाई बनाए कसो होला ? जस्तै : नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेँ र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी । ठूला दलका शीर्ष नेताहरूले देशको राजनीतिमा केही गर्न सकेनन् । साना दललाई जिम्मा दिए केही नयाँ काम हुन सक्थ्यो कि ?

- रमण चापागाईं 

यूएई, दुबई



प्रचण्ड राजनीति

पछिल्ला राजनीतिक गतिविधि हेर्दा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफैँ प्रधानमन्त्री बन्ने 'रोडम्याप'मा भएजस्तो लाग्छ (सिंहदरबारमा को ?, २४ मंसिर)। कारण, जसरी उनले अरू नेताहरूलाई विकल्पका रूपमा प्रधानमन्त्री पदका लागि उभ्याएका छन्, त्यसको राजनीतिक अभीष्ट अर्कै छ। जस्तो ः प्रचण्डले बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बनाउने कुरा अघि सारे। विपक्षी दलहरू भट्टराईको नेतृत्व मान्न तयार छैनन् र हुँदैनन् भन्ने उनलाई थाहा छ। यही 'कार्ड'ले  भट्टराई 'रङि्'बाट बाहिरिए। प्रचण्डका अरू विकल्प पनि यस्तै रणनीति अनुरूप अघि सारिएका हुन्।

प्रचण्डको इच्छा देशको राष्ट्रपति हुनु हो, त्यो पनि कार्यकारी अधिकारसहितको राष्ट्रपति। यो कुरा कहीँकतै छिपेको छैन। तर, पछिल्ला दिनको रणनीतिक अवस्थाले गर्दा तत्कालै आफूले चाहेजसरी राष्ट्रपति बन्न सकिँदैन भन्ने निक्र्योल प्रचण्डले गरेका छन्। त्यसैले उनी चुनावी सरकारको नेतृत्व लिने दाउमा लागेका छन्। उनको रणनीति सबैले बेलामै बुझून्।

- थानेश्वर कोइराला

विराटनगर



जबजब देशमा राजनीतिक संकट देखापर्छ, तबतब नागरकि समाजलाई सत्ता दिइनुपर्ने आवाज सुनिन्छ। सत्य कुरा के हो भने नेपालमा बलियो नागरकि समाज छैन। यसका अगुवाहरू कुनै न कुनै राजनीतिक दलको पुच्छर बनेका छन्। त्यसैले नागरकि समाजका अगुवालाई संक्रमणको सत्ता नेतृत्व दिनु भनेको कि त दलहरू र तिनका नेताहरू असफल भएको प्रस्ट पार्नु हो, कि त घुमाइफिराई आफ्नै पक्षधरलाई सत्तामा ल्याउने चालबाजी मात्र।

- कमर्स केसी

त्रि-चन्द्र क्याम्पस, काठमाडौँ



देश नदुखाऊ

झापाको मेचीनगर-११ भान्साखोला-वासीलाई कति देश दुख्दो हो (सुत्दा नेपाल, उठ्दा भारत, २४ मंसिर)। रातारात आफ्नो भूभाग अर्कै देशमा परेपछि जोकोही जुर्मुराउनु स्वाभाविक हो। तर, स्थानीयको आवाज केन्द्रसम्म पुगेको रहेनछ।

त्यसो त सीमा समस्या सुल्झाउनेबारे हाम्रो सरकार सधैँ असफल देखिएको छ। भान्साखोलाजस्तै कति ठाउँमा नेपालले आफ्नो भूभाग गुमाएको होला ? त्यसको लेखाजोखा कसले गर्ने ? यसरी देश दुखेको टुलुटुलु हेरेर बस्ने हाम्रा कूटनीतिक निकायलाई सबै मिलेर झकझकाउनुपर्ने आवश्यकता देखियो। लौ न यसबारे केही गरौँ!

- दानबहादुर थापा

बिर्तामोड, झापा



अपहरणमा छुट्टै दस्ता

अपहरणका घटना बाहिर आइसकेपछि पनि झन् रहस्यमय बनाइन्छन् (फिरौती बुझाए तर फर्किएनन्, २४ मंसिर)। कतिपय घटनाका दोषीको पहिचान भइसक्दा पनि लामो समयसम्म सुरक्षा निकाय पक्राउ गर्न असफल देखिन्छ। फिरौती बुझाइसक्दासमेत अपहरणमा परेकाहरू नफर्केका घटना त्यत्तिकै छन्। झन् सीमा क्षेत्रमा भएका यस्ता घटना अरू जटिल र रहस्यमय लाग्छन्। त्यसैले अपहरणका घटनाको छानबिन गर्न र आवश्यक कारबाही अगाडि बढाउन नेपाल प्रहरीले छुट्टै दस्ता तयार गर्न जरुरी छ। त्यस्तो दस्ता अपहरणका घटना छानबिन गर्न पूर्ण अधिकारसम्पन्न हुनुपर्छ। र, यसले नै सीमा क्षेत्रका घटना केलाओस् र छिमेकी देशको प्रहरीसँग पनि समन्वय गरोस्।

- विवेक पन्थी

गुलरयिा, बर्दिया



बेमौसमी सपना

सत्ताको साँचो खोजेर मात्र हुँदैन, सभापति सुशील कोइरालाज्यू ! ('प्रधानमन्त्री हुन्छु भनेर कहिल्यै भनेको छैन', २४ मंसिर)। यसअघि तपाईंको पार्टीले संगठनलाई मजबुत बनाउनुपर्ने आवश्यकता छ। यससँगै समकालीन राजनीतिका महत्त्वपूर्ण विषयमा एजेन्डा तय गर्नुपर्ने आवश्यकता छ। जस्तै : संघीयता र शासकीय स्वरूप। यी विषयमा कांग्रेसमा एकमत छैन, न त पर्याप्त बहस नै भएका छन्। त्यसैले मुद्दा प्राथमिकताको विषयमा कांग्रेस कमजोर देखिएको छ।

हुन त राजनीतिमा सत्ताको भाउ खोज्नु स्वाभाविक हो तर कांंगे्रसले आफ्नो खुट्टो दरो पार्नुपर्ने देखिन्छ। पार्टीका भ्रातृसंगठनहरू लथालिंग छन्। सबैमा गुट-उपगुटको आगो सल्केको छ। तल्लो तहका कार्यकर्ता निराश र मौन देखिन्छन्। कुनै पनि तहमा ऊर्जा छैन। यस्तो अवस्थामा सत्ताको मात्रै सपना देख्नु राम्रो कुरा होइन।

- हरिकला अधिकारी

पार्दी, पोखरा



कूटनीतिक रणनीति

चीनमा भएको सत्ता-नेतृत्व परविर्तनले नेपाललाई हेर्ने दृष्टिकोण प्रभावित हुन सक्छ (चीन-भारत एकै ठाउँ, २४ मंसिर)। तर, चीनको नेपालप्रतिको स्वार्थ क्षेत्र यसअघि नै प्रस्ट भइसकेको विषय हो। तिब्बती शरणार्थी र सुरक्षाका हिसाबले नेपालमा भारतीय र अमेरिकीहरूको उपस्थितिबाहेक अरू कुरामा चीनको खास चासो देखिँदैन। चीनलाई के कुरा राम्ररी थाहा छ भने नेपालको राजनीतिमा भारतीय चासो सदैव थियो, रहन्छ। फेरि चीनलाई नेपाली राजनीतिलाई लिएर भारतसँग जोरी खोजिरहनुपर्ने आवश्यकता पनि छैन।

एकाध चिनियाँ अर्धसरकारी या प्राध्यापकहरूले नेपालको राजनीति र भारतीय अभिप्रायमाथि गरेका टिप्पणीले त्यति अर्थ राख्दैन। मूल कुरा त चीनले नेपालजस्ता देशका आन्तरकि मामिलामा चासो राख्दैन या राखेजस्तो देखाउन चाहँदैन। बरू उसले नेपालको राजनीतिमा समान दृष्टिकोण बनाएर भारतसँग नसुल्झेका कतिपय आफ्ना विषय सुल्झाउन चाहन्छ। यो नै चीनको कूटनीतिक रणनीति हुन सक्छ।

- प्रबल

न्युयोर्क, अमेरिका

अनलाइनमा



चेतनाको अभाव

१० जना नेपालीमध्ये एक जनालाई कुनै न कुनै किसिमको मानसिक रोग छ (मानसिक रोगका अनेक रंग, २४ मंसिर)। यान्त्रिक जीवनशैली, अभाव, गरबिी र बेरोजगारीका कारण युवापुस्तामा समेत मानसिक दबाब बढ्दो छ।  चिकित्सकहरूले यस्तै दबाबका कारण डिप्रेसन, फोबिया र बाइपोलर डिसअर्डरजस्ता समस्या देखिने दाबी गर्दै आएका छन्।

जुनसुकै रोग कुनै कारण र परिस्थितिको उपज हो। रोगी बढेपछि राज्यले त्यसको निदानको उपाय खोजिदिनु पर्छ। अर्थात्, उपचारमा जनताको पहुँच हुनुपर्छ। तर, मानसिक रोगको हकमा एकातिर मान्छेहरूमा अन्योल र अर्कातिर उपचारको असहज परिस्थिति छ। सम्बन्धित निकायले यस रोगबारे चेतना फैलाउने काम गरे राम्रो हुने थियो।

- शिव चापागाईं

काभ्रे



मानसिक समस्याबारे सर्वसाधारणलाई सकारात्मक सोचाइतर्फ डोर्‍याउन अत्यन्त आवश्यक भइसकेको छ। डा ओम बानियाँले उल्लेख गरेजस्तो मानसिक रोगप्रति सकारात्मक सोचलाई प्रवर्द्धन गर्न समाजका सबै पक्ष अघि बढ्नु जरुरी देखिन्छ। पुरातनवादी सोच एवं मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावले गर्दा शिक्षित वर्गसमेत मानसिक रोगको उपचारतर्फ उदासीन पाइएको छ। यस विषयमा प्रकाश पारी जनचेतनाको सानै भए पनि खुड्किलो सारििदएकामा मुरीमुरी धन्यवाद।

- उमंगजंग शाह

नेपाल एकेडेमी अफ साइकोलोजी, ललितपुर



गजबका पात्र

इच्छाशक्तिजस्तो बलवान् केही छैन (साँझ परेपछि..., २४ मंसिर)। दिनभर अरू काम गरेर लखतरान परेका रेखा महर्जन, चण्डिका धिताल, बाबुराम नेपाल र ज्योति शर्माको स्कुले मोह पढेपछि आफ्नी दिदीलाई पनि विद्यालय जान सल्लाह दिएँ मैले।

६ कक्षा पढ्दापढ्दै 'ड्रप आउट' गरेकी दिदीले यो सामग्री पढेपछि अध्ययनलाई निरन्तरता दिने मनस्थिति बनाएकी छन्। एउटा निजी कम्पनीमा काम गर्ने दिदीको मनस्थिति बदल्ने यो सामग्रीका पात्रहरू गजबका छन्। उनीहरूलाई शुभकामना !

- सविता पौडेल

शान्तिनगर, काठमाडाँै



संन्यासको बेला

भारतीय क्रिकेटर सचिन तेन्दुलकरका बारेमा उनका बालसखा विनोद काम्बलीको प्रतिक्रियामा दम छ (समाप्तितिर 'सचिन युग', २४ मंसिर)। काम्बलीले हाँसोठट्टामै 'सचिनले अब संन्यास लिनुपर्छ' भनेका होइनन्। बरू सचिनका पछिल्ला खेल, गति र लयलाई विश्लेषण गरेर नै उनले संन्यास लिँदा उपयुक्त हुन्छ भन्ने सुझाएका हुन्।

भारतमा सचिनलाई देवताजस्तै मानिन्छ। यो तथ्य आफ्नो ठाउँमा होला तर कुनै पनि खेलाडीको खेलजीवन पनि एउटा समयसम्म मात्रै हुन्छ। चाहेर पनि खेलाडीले खेलजीवनको आयुभन्दा पर आफ्नो चमत्कार देखाउन सक्दैन। भारतीय क्रिकेट बोर्ड, मिडिया र सचिनका प्रशंसकले जेसुकै भनून्, अब सचिनका दिन गए।

- कर्मा

मेलबर्न, अस्ट्रेलिया, अनलाइनमा



फितलो प्रस्तुति

चाल्र्स शोभराजको विषयमा लेखिएको पुस्तक चक्रव्यूह सोचेजस्तो उत्कृष्ट लागेन (विश्वलालका नजरमा शोभराज, २४ मंसिर)। कारण, यसमा तत्कालीन प्रहरी निरीक्षक विश्वलाल श्रेष्ठले देखे-जानेका सूचनालाई शैली र बान्की मिलाएर पस्कन सकेका छैनन्। प्रहरी प्रशासनका अनुभवी श्रेष्ठको अनुभव र अनुभूतिलाई सम्पादक भरतविक्रम ढकालले राम्ररी छिमल्न सक्नुपथ्र्याे। उनका अनुभवलाई राम्ररी प्रस्तुत गर्न सकिएको भए यो पुस्तक अन्तर्राष्ट्रिय स्तरको हुने थियो।

- प्रवीण अधिकारी

कीर्तिपुर





मतदान गर्ने हो

ओजस्वी हिमाल छलछल जल पियास मेटाउने

को होला यस्तै निर्मल व्यक्ति कुर्सीमा बसाउने ।

दुःख र पिर आँसु र हाँसो जनता जानेको

शोभा नै ज्यादा कुर्सीमा बस्न ज्ञान गुन पढेको ।।



भान्जा र भान्जी, नाता र गोता आफन्ती बिर्साउने

यस्तै हो अब खोजेको व्यक्ति यो देश चम्काउने ।

सारंगी धुन बुद्धको ज्ञान नेपाली यो मन

पवित्र स्थलमा पूरा गरौँ बोलेको वचन ।।



आँसुको ढिका रगतको छिट्टा मुटुको ढुकढुकी

अझै छौँ यहाँ तर्सेका हामी सम्झेर झलझली ।

क्षणभरको चोला तेरो र मेरो व्यर्थको झगडा

मुसुक्क हाँस्लान् प्रभु नि कतै देखेर रमिता ।।

 

लिएरै जाने जस्तै नै गरी कम्मरै कसेको

पद र पैसा के गर्ने हो साँचै यो विधि तड्पेको ?

अबको हिउँद, अबको याम निकास दिने हो

कुन शासन यहाँ कोचाहिँ कहाँ मतदान गर्ने हो ।



- इन्द्रनारायण सुवेदी

एबीसी स्टेसनरी

वालिङ, स्याङ्जा

(प्रधानमन्त्रीको पर्खाइ, १७ मंसिर पढेपछि)

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar