आइटम जुनी

सुषमा कार्कीलाई सृष्टिकर्ताले नेपाली फिल्ममा 'आइटम डान्स' नै गर्नु भनेर पठाएका रहेछन्। त्यसैले होला, हिरोइन भएर खेलेको बिन्दास हिट भएर पनि सुषमालाई फिल्ममा आइटम डान्स गराउन लालायित छन् निर्माताहरू। बिन्दासको उत्ताउलो चरत्रिमा भन्दा दर्शकहरू उनले उत्तेजक नृत्य गरेकै मन पराउँछन् भन्ने एकथरी निर्माताको दाबी छ। लुटको 'उध्रेको चोली'मा कम्मर मर्काउँदै नाचेपछि उनलाई फिल्ममा हिरोइनका लागि भन्दा आइटम गराउने प्रस्ताव बढी आएको बुझिन्छ। हालै उनले रामराजा दाहालले निर्देशन गररिहेको फिल्म नेपथ्यमा पनि गरमागरम नृत्य गरेकी छन्। सुषमाको यो जुनी फिल्ममा आइटम गरेरै सकिने भयो होइन त ?



नगरवधु बन्न गाह्रो

नगरभरि पि्रयंकाको चर्चा चलेको छ। भित्ताभरि उनले नै खेलेको फिल्म थ्री लभर्सका पोस्टर टाँसिएका छन्। १५ मंसिरबाट रिलिज भएको फिल्मकी हिरोइन पि्रयंका कार्की भने नगरवधु बन्ने धुनमा छिन्। एउटा फिल्मका लागि नगरवधुको चरत्रि निर्वाह गर्ने तयारीमा उनले केही रात त्यस्ता इलाका चहारछिन्। समाजले घृणित मानेको उक्त पेसा धान्न गाह्रो हुने पि्रयंकाले अन्त्यमा बताइन्। भनेपछि त्यस्तो गाह्रो हुने गरी के गरछिन् उनले ?



पोस्टरमा कोमल

अर्को महिना एउटा फिल्म आउँदै छ, दबदबा। एमएस अग्रजले निर्देशन गरेको यो फिल्मको अनलाइन प्रचारमा लोकगायिका कोमल वलीको तस्बिर प्राथमिकताका साथ प्रस्तुत गरएिको छ। कोमल फिल्मकी हिरोइन होइनन्। बुझिएसम्म उनी फिल्ममा एउटा गीतमा देखापर्दै छिन्। गीतमा उनको प्रस्तुति मन परेर फिल्मकै लागि केही संवादसहितका दृश्य पनि खिचाइएको छ। उनको लोकपि्रयतालाई भजाउन निर्माताले पोस्टरमै फोटो राख्दा हिरोइन हुने कोमलको रहर पनि पूरा भएको हुनुपर्छ।



रेखा सगरमाथा चढ्ने !

बन्जीदेखि प्याराग्लाइडिङ् र राजनीतिदेखि सम्बन्धसम्मका कुराले नायिका रेखा थापाको चर्चा  भइरहेकै हुन्छ। हुँदाहुँदा उनै रेखाले सगरमाथा चढ्ने योजना बुनिरहेको चर्चा सुनिन थालेको छ। एक वर्षअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’-पुत्र प्रकाश दाहालको टोलीमै सगरमाथा चढ्ने रहर गरेकी रेखाले आफ्नै पहलमा शिखर चुम्ने तयारी गरिरहेकी छन्। निर्देशक सुरेशदर्पण पोखरेलले उनको योजनाको संयोजन गरिरहेका छन्। "आगामी वैशाखसम्म सगरमाथा आरोहण गर्ने तयारी भइरहेको छ," पोखरेल भन्छन्, "सबैभन्दा छोटो समयमा शिखर चुमेको कीर्तिमानधारी आरोही पेम्बादोर्जे शेर्पासँगै रेखाले सगरमाथा चढ्ने छिन्।" रेखाले सगरमाथा चढ्ने कुरा अर्की नायिका निशा अधिकारीको जस्तै गफमा मात्र सीमित हुने हो कि ?



छड्केलाई ३० लाख

पैसा कमाउन सकिएन भन्दै फिल्म निर्माताहरूले गुनासो गररिहेकै बेला प्रदर्शोन्मुख फिल्म छड्केलाई भने अस्ट्रेलियाको एउटा कम्पनीले ३० लाख रुपियाँमा किनेको छ। एक वर्षसम्म अस्ट्रेलियामा प्रदर्शन गर्ने अधिकारसहित खरदि गरिएको सो फिल्म लुटका निर्माताहरूले बनाएको फिल्म हो। लुटकै सहायक निर्देशक निगम श्रेष्ठले निर्देशन गरेको फिल्ममा नम्रता श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राईका साथ रक संगीत समूह 'रविन एन्ड द न्यु रिभोल्युसन'का रविन तामाङ छन्। कहलिएका कलाकार र फरक ढंगको प्रचारका कारण यो फिल्म महँगो दाममा खरदि गरिएको बुझिन्छ।



यशराजको एघारवर्षे माया

चकलेटी हिरो तथा मोडल यशराज गराचले पनि यसै वर्ष दुलही भित्र्याउने भए। एक उदाउँदा हिरोले दुलही भित्र्याउनु कुनै रोचक प्रसंग नहोला तर केही महिला प्रशंसकहरूको मनमा बसेका यी सेलिबि्रटीले ११ वर्षदेखिको प्रेम सम्बन्धको खुलासा गर्दै उनैसँग बिहे गर्न लागेको खबरले भने फिल्मवृत्त तरंगित भएको छ। प्रेमकथाका फिल्महरूमा देखिँदै आएका र दर्जनौँ म्युजिक भिडियोका मोडल यशराजले फिल्म लाइनमा आउनुअगावै विराटनगरकी अञ्जना मिश्रलाई 'आई लभ यू' भनिसकेका रहेछन्। 'टाइमपास लभ' र 'ब्रेकअप'का दर्जनौँ खबर सुनिने कलिउडमा यशराजको जस्तो प्रेम एउटा उदाहरण बन्न सक्छ ।



विदेश भनेपछि मरिहत्ते

दुबईमा केही व्यक्तिले आयोजना गर्न लागेको कार्यक्रममा भाग लिन एक हूल कलाकार त्यहाँ पुगेका छन्। कार्यक्रम हो, बक्स अफिस फिल्म अवार्ड। आयोजक भने कुनै संस्था नभई दुबईका नेपाली सूर्य अधिकारी, सुमन खाँड, सञ्जय खरेल र दीपक प्रसाईं हुन्।

एक-दुई जना व्यक्ति मिल्दै अवार्ड कार्यक्रम राख्ने र कलाकारहरू त्यही थाप्दै हिँड्दा दिने र लिने दुवैका लागि गर्वको विषय बन्दैन। तर, कार्यक्रमका लागि शिव श्रेष्ठ, राजेश हमाल, भुवन केसी, रेखा थापा, आर्यन सिग्देल, पूजना प्रधान किन पुगे होलान् त्यहाँ ? त्यसैले त बेलाबेलामा आलोचना सुनिन्छ, नेपाली कलाकारलाई विदेश जान पाए पुग्छ। कार्यक्रम के कस्तो हो खासै सोच्दैनन्।

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar