मुख्य समाचार


लोकमान रहस्य

  • कांग्रेसको भर्‍याङ चढेर दरबार हुँदै माओवादीसम्म

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को एकल प्रयास सार्थक भए उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख बन्नेछन्। तर, बाधक बनेको छ, बलियो विपक्षी मत। लोकतन्त्र स्थापनाको पाँच वर्षपछि नै मुलुकको संवैधानिक निकाय प्रमुख बन्ने दौडमा उनी अर्थात् शाहीकालका मुख्यसचिव लोकमानसिंह कार्की कायमै छन्। भलै, संवैधानिक परष्िाद्को ४ फागुनको बैठक बिनाकुनै निर्णय टुंगिएको होस्। करबि ६ वर्षदेखि रत्तिm अख्तियारको प्रमुख बन्नका लागि आवेदन दिएका उनी यसअघि पनि पटक-पटक प्रचारमा आएका थिए।

दार्जीलिङ र बेलायतमा अध्ययन, हुकुम प्रमांगीबाट राजदरबार सेवामा नियुक्ति, राजस्व समूहबाट निजामती सेवामा प्रवेश, नेपाल सरकारको सचिव, शाही शासनका मुख्यसचिव हुँदै माओवादी अध्यक्षसँगको सन्निकटतासम्मको कार्कीको यात्रा कम रोचक र चाखलाग्दो छैन। कार्कीको यस अविराम यात्राको राजमार्ग बनिदिएका छन्, मूलतः पूर्वप्रधानमन्त्री स्वर्गीय गिरजिाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड। कांग्रेस नेता महेश आचार्यबाट सुरु भएको कार्कीको निजामती यात्रा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र लोकतन्त्र स्थापनाको पाँच वर्षपछिसम्म आइपुग्दा विवादैविवादले भरपिूर्ण छ। बहुदलीय व्यवस्थाभर िनेपाली कांग्रेसकै कार्यकर्ताजस्ता देखिएका उनी शाही शासनमा कट्टर राजावादी र लोकतन्त्रपछि माओवादीनिकट हुन पुगेका छन्।

स्वर्गीय भूपालमानसिंह कार्कीले तत्कालीन राजा वीरेन्द्रसँग आफ्नो बेरोजगार पुत्रलाई सेवाको अवसर दिन बिन्ती नबिसाएका भए सम्भवतः यिनको जीवनयात्रा अर्कै बाटोमा मोडिन्थ्यो होला। त्यही बिन्तीले बहादुर भवनस्थित राजसभा स्थायी समितिमा सीधै उपसचिवका रूपमा उनको यात्रा आरम्भ भयो। दरबारको प्रभाव र कठिन प्रणालीका सामु निरीह सावित भएका उनी आफ्ना निकटस्थ मित्र महेश आचार्य ०४८ सालमा गठित पहिलो जननिर्वाचित सरकारमा अर्थराज्यमन्त्री बनेको मौकाको फाइदा उठाउन चुकेनन्। दरबारबाट सेवा परविर्तन गरेर राजस्व सेवामा कार्की जसै प्रवेश गरे, उनको उन्नतिको ग्राफ पनि ह्वात्तै उकालो लाग्यो।

कार्कीका एक समकालीनका अनुसार ०४८ सालपछि राजस्व समूहमा उनलाई नल्याउन तत्कालीन सामान्य प्रशासनमन्त्री महेश्वरप्रसाद सिंहले अडान लिएका थिए। तर, आफ्नो अडानमा सिंह त्यतिबेला गले, जब प्रधानमन्त्री गिरजिाप्रसाद र अर्थराज्यमन्त्री आचार्यले दबाब दिए। राजस्व समूहमा आएपछि कार्कीको लोक रभिmाइको यात्रा पनि आरम्भ भयो। त्यसको प्रमाण कार्कीको सहसचिवमा भएको बढुवा नै हो। उनको बढुवा कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर भएको थियो। स्रोतका अनुसार तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्तले कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर अन्य उपसचिवहरूलाई पछि पार्दै कार्कीलाई सहसचिव बन्ने मार्ग प्रशस्त गरििदएका थिए। मुलुकको निजामती इतिहासमा यो टिपेक्स काण्ड चर्चितमध्येको एक हो। कारण, त्यसलगत्तै सर्वोच्च अदालतले निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाउन नपाइने आदेश नै जारी गर्नुपर्‍यो।

त्यसलगत्तै भन्सार विभागका महानिर्देशक बने उनी। उनकै पालादेखि भन्सार नाकाहरूमा लाइन खुलेको मानिन्छ। अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, राजस्व अनुसन्धान महाशाखालगायतका अड्डाको कार्यभार पनि उनले सम्हाले। सहसचिव भएको पाँच वर्षपछि नै ६ वैशाख ०५८ मा उनी खेमराज नेपाल, चण्डीप्रसाद श्रेष्ठ, भानु आचार्य, अनन्त पाण्डेलगायतसँगै सचिवमा बढुवा भए। स्वास्थ्य, जलस्रोत, सूचना तथा सञ्चारलगायतका मन्त्रालयमा उनी सचिव बने। यद्यपि, गृहमन्त्रालय चलाउने उनको चाहना तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्काको अडानका कारण सफल हुन सकेन।

राजा ज्ञानेन्द्रको '१९ माघ'को कदमपछि मुख्यसचिव बन्ने समयमा उनले आफूभन्दा वरष्िठ १५ जना सचिवलाई पाखा लगाइदिए। स्रोतका अनुसार मन्त्रिपरष्िाद्का तत्कालीन उपाध्यक्ष कीर्तिनिधि विष्टले उनलाई सहयोग गरेका थिए।

रमाइलो कुरा त के भने जब कार्की निजामती सेवामा प्रवेश गरे, उनको सम्बन्ध आफैँलाई सहयोग गर्ने कांग्रेस नेता आचार्यसँग टाढिँदै गयो। त्यसैको परण्िााम हो, उनको अप्रत्यक्ष भूमिकामा उनका दौतरीहरूले ०५६ सालको निर्वाचनमा आचार्यलाई हराउन चलाएको अभियान। कोइराला निवासका युवा महत्त्वाकांक्षीहरूले पनि त्यस अभियानमा साथ दिए। आचार्यसँगको सम्बन्ध बिगि्रएपछि त्यतिबेलाका 'सुपर पावर' गिरजिाप्रसादसँग सम्बन्धको गाँठो कसिलो बनाए। दुवैको सम्बन्धलाई नजिकबाट बुझेका एक कांग्रेस केन्द्रीय सदस्य दाबी गर्छन्, "एकअर्काका आवश्यकतापूर्ति गरििदने भएपछि सम्बन्ध कसिएको हो।"

योगप्रसाद उपाध्याय १ पुस ०१७ को राजा महेन्द्रको कदमको समयमा गृहसचिव थिए। राजाको कदमपछि उपाध्याय पञ्चायत प्रवेश गरेनन्, बरू कर्मचारीतन्त्रबाट बिदा लिनु उचित ठाने। तर, बहुदलीय व्यवस्थाभर िकांग्रेसको सहयोग पाएका कार्की राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा एकाएक परविर्तित भए र मुख्यसचिव हुने महत्त्वाकांक्षा पूरा गरे। यतिसम्म त ठीकै थियो तर उनी एक कदम अगाडि बढेर आफूलाई कट्टर राजावादी देखाउन 'राजावादी नहुने कोही पनि कर्मचारी बन्न नसक्ने' भद्दा अभिव्यक्ति दिन पनि पछि परेनन्।

लोकतान्त्रिक आन्दोलन चलिरहँदा उनी त्यसको विरुद्धमा कुनै कसर नछाडी होमिए। लोकतन्त्र स्थापनापछि भने अत्तालिएका उनी तीन महिनासम्म गुप्तबासमा गए। त्यो गुप्तबास मोरङको दर्बेशास्थित आफ्नै स्वामित्वको चन्दि्रका डिस्टिलरीको गेस्टहाउसमा थियो। तीन महिनापछि बाहिर निस्किँदा उनी माओवादीप्रति सहानुभूति राख्ने भइसकेका थिए। यो बेग्लै कुरा हो कि, माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो निकटता उक्त पार्टीका कार्यकर्ताबाट आफ्नो जीवनको सुरक्षाका लागि रहेको कार्कीले आफ्ना साथीभाइमाझ बताउने गरेका छन्।

माओवादी अध्यक्ष प्रचण्डसँग कार्कीको पहिलो भेट नेपाल प्रहरीका पूर्वडीआईजी अशोक श्रेष्ठको पहलमा भएको हो। स्रोतका अनुसार देशभक्त र राष्ट्रवादीहरूबीच एकताको नारा माओवादीले अघि सारेपछि दरबारका पूर्वएडीसीसमेत रहेका श्रेष्ठ पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओलीको पहलमा माओवादीनिकट देशभक्त गणतान्त्रिक मोर्चामा प्रवेश गरे। त्यसपछि श्रेष्ठले दरबारमा हुँदा कार्कीसँगको सम्बन्ध उपयोग गरेर उनलाई पनि त्यस मोर्चामा सामेल गराएका हुन्। प्रचण्ड प्रधानमन्त्री छँदै निजामती कर्मचारीमा आफ्नो पकड बलियो बनाउने उद्देश्यले माओवादीले पूर्वप्रशासकहरूलाई जम्मा गर्ने क्रममा पनि कार्की प्रचण्डको निकट पुगे। बानेश्वर हाइटस्थित कार्कीको घरमा लगाइएको महापुराणको प्रसाद ग्रहण नै प्रचण्डसँगको उनको निकटता अघि बढ्ने मुख्य विन्दु भएको स्रोतको दाबी छ।

त्यसो त, गिरजिाप्रसाद जीवित छँदै माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीकालमा पनि कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउन नखोजिएको होइन। पार्टीभित्रबाट लोकमानका नाममा आपत्ति आउने भएपछि गिरजिाप्रसादले श्रीकान्त रेग्मीका नाममा समर्थन जनाएका थिए। यद्यपि, कार्कीलाई प्रमुख आयुक्त बनाउने दाहालको प्रयासमा कोइरालाको मौन समर्थन थियो।

गिरजिाप्रसादसँगको कार्की सम्बन्ध कति गठिलो हो भने ०५६ सालमा उनी प्रधानमन्त्री हुँदा वलदेव शर्मा मजगैयाँ जलस्रोत मन्त्री नियुक्त भएका थिए। कार्कीलाई जलस्रोत मन्त्रालयको सचिव बनाइएपछि मजगैयाँले त्यसको विरोध गर्दै राजीनामा दिए। गिरजिाप्रसादले बरू जीवनभर आदर्श, मूल्य र मान्यताको राजनीति गरेका मजगैयाँको राजीनामा स्वीकृत गरे तर कार्कीलाई भने सचिवमा निरन्तरता दिए।

हुन त, भूपालमानसिंह कार्कीको परविारसँग कोइराला परविारको सम्बन्ध नयाँ होइन। बीपी कोइरालादेखि नै दुई परविारबीच निकटस्थ सम्बन्ध छ। बीपी, केशवप्रसाद हुँदै गिरजिाप्रसादसम्म मात्र नभई अहिलेका युवा कोइरालाहरूसम्म पनि यस्तो सम्बन्धमा निरन्तरता देखिन्छ। सम्बन्धको निरन्तरतालाई अनौठो मान्दैनन्, कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला। भन्छन्, "सम्बन्धको कुरा एकातिर छ तर उनको योग्यता र क्षमताको उपयोग हुने ठाउँ अन्यत्र -अख्तियारबाहेक) पनि हुनसक्छ।"

उनलाई नजिकबाट चिन्नेहरू उनी नियम, कानुन र शब्दमा खेल्ने मान्छे नभएको बताउँछन्। कर्मचारी भए पनि राजनीतिकर्मीले जस्तै निर्णय लिन कहलिएका उनले सञ्चार मन्त्रालयको सचिव हुँदा बाबु भूपालमानसिंह कार्कीका नाममा हुलाक टिकट मात्र निकालेनन्, युनाइटेड टेलिकम लिमिटेड -यूटीएल)लाई १९ करोड रुपियाँ राजस्व मिनाहा दिने विवादास्पद निर्णय पनि लिए। शाही शासनकालमा उनी निकट रहेर काम गरेका एक सुरक्षा अधिकारीका अनुसार व्यक्तिको नियत चिनेर सोही अनुसार व्यवहार गर्ने खूबी छ, काकीसँग। उनी भन्छन्, "कमजोर क्यालिबरका मान्छे होइनन्, उनी।"

०५१ सालमा कार्की भन्सार विभागका महानिर्देशक थिए भने हाल अख्तियारमा सचिव रहेका भगवती काफ्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख थिए। ९ पुस ०५१ मा हङ्कङ्बाट काठमाडौँ आएको आरए-४१० विमानमा १० किलो सुन र १ सय ५० किलो चाँदी फेला पर्‍यो। ७३ लाख रुपियाँ मूल्य बराबरको उक्त सुन-चाँदी एकाएक गायब भयो। उक्त काण्डमा कार्की र काफ्ले दुवै मुछिएका थिए। ४ भदौ ०५४ मा पुनरावेदन अदालत पाटनले कार्कीलाई सफाइ दियो। तर, काफ्लेलाई सजाय गर्‍यो। पाटन पुनरावेदन अदालतविरुद्ध काफ्ले सर्वाेच्च पुगे भने कार्कीविरुद्ध सरकार पुनरावेदनबाट सर्वाेच्च गयो। तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले १२ जेठ ०५६ मा काफ्ले, कार्कीलगायतका सबै आरोपी निर्दोष भएको फैसला सुनाए। भ्रष्टाचार अभियोगको मुद्दा विचाराधीन रहेकै अवस्थामा तत्कालीन प्रधानन्यायाधीश शर्मा विराटनगरस्थित कार्की निवासमा भइरहेको महायज्ञमा भाग लिन पुगे। त्यसलगत्तै सर्वोच्चको फैसला पनि कार्कीको पक्षमा आयो।

बाल्यकालदेखि नै यिनी क्रिकेटका सोखिन हुन्। आफ्नो लक्ष्य पूरा गर्न उनी खेलका नियमहरू पनि वास्ता गर्दैनथे। नियम मिचेरै भए पनि उनी लगातार छक्का हान्न तम्सिन्थे। छक्कामै लक्ष्य पूरा गर्न खोज्नु उनको स्वभाव नै हो, सके छक्का हान्छन् नसके आउट हुन्छन्। अहिलेको सन्दर्भमा भने उनको छक्का हान्ने प्रयास सफल हुने सम्भावना न्यून छ र उनले 'आउट' नै रोज्नुपर्ने हुनसक्छ।





'प्रचण्डसँग व्यावसायिक सम्बन्ध हो'

- लोकमानसिंह कार्की



गिरिजाप्रसाद कोइरालासँग तपाईंको सम्बन्ध कसरी निकटस्थ भयो ?

हामी एउटै गाउँठाउँका मान्छे हौँ। कृष्णप्रसाद कोइरालादेखि नै मेरो बुबा भूपालमानसिंह कार्कीको सम्बन्ध थियो। त्यसलाई बीपी, मातृकादेखि गिरजिाप्रसाद कोइरालासम्मले निरन्तरता दिनुभएको थियो। गिरजिाप्रसादलाई मैले आफ्नो अभिभावकका रूपमा सधैँभर िपाएको थिएँ। उहाँलाई आफ्नो संरक्षकका रूपमा सम्मान गर्थें/गर्छु।



त्यसो भए माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’सँगचाहिँ तपाईंको सम्बन्ध कस्तो हो त ?

शाही शासन, गिरजिाप्रसाद कोइराला र प्रचण्डसँगको मेरो सम्बन्धले पुष्टि गर्छ, म कुनै राजनीतिक व्यक्ति होइन। र, म धोकेबाज चरत्रिको मान्छे पनि होइन। लोकतन्त्रको स्थापनापछि म चुपचाप घरमा बसेको छु, कहीँकतै दृश्यमा छैन। म पूर्ण व्यावसायिक व्यक्ति हुँ, २५ वर्षको मेरो व्यावसायिक इतिहास पनि छ। प्रचण्डसँगको मेरो सम्बन्ध त्यस्तै व्यावसायिक मात्र हो। म प्रचण्डको पि्रयपात्र भएको भनेर बाहिर आएका कुरा गलत हुन्। किनभने, एउटा व्यक्ति शाही शासन, गिरजिाप्रसाद कोइराला र प्रचण्डसँगको 'एक्स्िट्रम'मा कसरी जान सक्छ र ?



संवैधानिक नियुक्तिको सन्दर्भमा अख्तियार नै रोज्नुको कारण के हो ?

म घरमा चुपचाप अवकाशप्राप्त जीवन बिताएर बसेको छु। भगवान्को कृपाले देशको निजामती सेवाको सर्वोच्च पद मुख्यसचिव बनिसकेको छु। लोकतन्त्रपछि अन्यायपूर्वक सरुवा गरएिको विरोधमा अदालत पनि गएँ, अदालतले जे निर्णय गर्‍यो, त्यसको सम्मान गरेर मैले व्यक्तिगत जीवन निर्वाह गररिहेको छु। तर, मनले मानेन। देशमा व्याप्त सुशासनको कमी, व्यापक भ्रष्टाचार, बेथितिलाई हेरेर बसिरहन मन लागेन। त्यसैले यो बेथितिलाई थितिमा ल्याउने, कुशासनलाई सुशासनमा बदल्ने र मौलाएको भ्रष्टाचार नियन्त्रण गर्ने काममा सफल हुन्छु कि भनेर मैले अख्तियार रोजेको हुँ।



तपाईंलाई राजनीतिक दल र नेताहरूको आर्थिक स्रोत जुटाइदिने प्रमुख व्यक्तिका रूपमा पनि चित्रित गरिन्छ, के भन्नुहुन्छ ?

मान्छेलाई आरोप लगाउन सजिलो छ। कुनै पनि आरोप लगाउनुअघि त्यसको सत्यता चाहिन्छ। नकारात्मक कुरा मात्र गर्ने हाम्रो समाज नै कुण्ठित र रोगी छ। यो सत्यभन्दा करोडौँ कोस दूरीको आरोप हो। मैले गिरजिाप्रसाद कोइरालालाई त्यस्तो कुनै पनि किसिमको आर्थिक स्रोत जुटाइदिएको थिइनँ। माओवादी अध्यक्ष प्रचण्ड र हालका प्रधानमन्त्री बाबुराम भट्टराई ठूला छाती भएका मान्छे लाग्छ मलाई। उहाँहरूसँग निकट हुने मौका मैले पाएको छु। तर, उहाँहरूले मसँग कुनै पनि किसिमको अपेक्षा अघि सार्नुभएन र नै सम्बन्ध नजिकिएको हो। उहाँहरूले कुनै अपेक्षा अघि सार्नुभएको भए म ठाडै अस्वीकार गर्ने थिएँ।



प्रचण्ड र बाबुरामसँग तपाईं कसरी नजिकिनुभयो त

लोकतान्त्रिक आन्दोलनपछि जब माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि नै उहाँहरूसँग मेरो भेट भएको हो। उहाँहरू व्यावसायिक व्यक्तिहरूसँग भेटघाट गररिहनुभएको थियो। सोही क्रममा मेरो पनि भेट भएको हो।



भन्सार महानिर्देशक हुँदा त्रिभुवन विमानस्थलको सुनकाण्डमा तपाईंको नाम पनि मुछिएको थियो नि त ?

त्यतिबेला म भन्सारको महानिर्देशक थिएँ, भगवती काफ्ले विमानस्थल भन्सारको प्रमुख हुनुहुन्थ्यो । त्यतिखेर लामो र्फम भरेर १० किलो सुन ल्याउन पाउने व्यवस्था थियो । सुन ल्याउने मान्छेले पनि सोही प्रक्रिया पूरा गरेर सुन ल्याएको थियो । तर, अध्यागमनमा उसको नाम फरक परेको प्राविधिक कारणले उक्त सुन भन्सारमा दाखिला गराइएको थियो र भन्सार प्रमुख काफ्लेले टिप्पणी उठाएर पठाउनुभएको थियो । महसुल शाखाका कर्मचारीहरूसँग राय-सल्लाह लिएरै मैले त्यसलाई सदर गरेको हो । अदालतले मलाई निर्दोष भएको भनेर सफाइ पनि दिइसकेको छ

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

उपेन्द्र पोखरेलद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar