धम्की : एक योग्यता

आफूभन्दा माथिल्लो तहका सरकारी अधिकारीलाई कार्यकक्षमै पसेर धम्क्याउने कर्मचारीलाई के होला अथवा के हुनुपर्ला ? पक्कै पनि स्पष्टीकरण र त्यसपछि सजायसम्मको कारबाही। तर, वन विभागको एउटा घटनाले भने अनुमानभन्दा ठीक उल्टो अर्थात् पुरस्कृत गरएिको परण्िााम देखाएको छ।

घटना पुस पहिलो साताको हो। सहायक वन अधिकृत सर्वदेव यादव महानिर्देशक ब्रजकिशोरप्रसाद यादवको कार्यकक्षमा पसेर तथानाम गाली गर्दै धम्की दिइरहेका थिए। उनले महानिर्देशकको सातो मात्रै लिएनन्, तथानाम गालीगलौजसमेत गरे। आफूलाई कुनै एक जिल्लामा कायममुकायम जिल्ला वन अधिकृत (डीएफओ) बनाएर पठाउनुपर्ने माग पूरा नभएको भन्दै उनले अब पनि माग पूरा नभए महानिर्देशकको 'दाँत झारेर कौडा खेल्ने' बताएका थिए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकनिकट मधेसी निजामती कर्मचारी फोरम नेपाल, लोकतान्त्रिकका वरष्िठ उपाध्यक्षसमेत रहेका यादवले आफ्नो संगठनका कर्मचारीलाई आफूले भने अनुसारको सरुवा नगरे जागिर चट पारििदने धम्की पनि महानिर्देशकलाई दिएका थिए।

कार्यकक्षमै पुगेर महानिर्देशकलाई धम्क्याएको प्रसंग विभागमा फैलिएपछि यादवमाथि कारबाही हुने अपेक्षा कर्मचारीले राखेका थिए। तर, अचम्म ! उनी त उल्टै वन तथा भू-संरक्षण राज्यमन्त्री लक्ष्मण महतोको निजी सचिवमा नियुक्त भएर पुरस्कृत भए। १३ पुसमा राज्यमन्त्रीको निजी सचिव भएपछि यादवको कारबाहीको प्रसंग गायब मात्र भएको छैन, बरू उनको धम्क्याइ योग्यतामा परण्िात भएको छ। चोरलाई चौतारो, साधुलाई सूली भनेको यही होला सायद !

- जनकराज सापकोटा





सजावट खर्च ....करोड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ५ माघमा लाजिम्पाटस्थित भव्य महलमा सरेको प्रसंगलाई नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय मिडियाले समेत प्राथमिकतामा पारे। महलका मालिकबारे अनेकन समाचार सतहमा आए। तर, प्रचण्ड सर्नुअघि र पछि महल सजावटबारे कहीँकतै केही आएन।

महिनाको १ लाख १० हजार रुपियाँ तिर्ने गरी 'भाडा'मा बस्न पुगेका प्रचण्डको त्यस निवासलाई गत कात्तिकदेखि नै सजाउन थालिएको थियो। जसको खर्च आठ अंक -करोड)मा भएको छ। दाबी अनुसार सजावटका लागि पाँच करोड रुपियाँ खर्च भएको छ। तर, यतिका रुपियाँ लगानी भइसक्दा पनि सजावट कार्य अझै सकिएको छैन।

प्रचण्ड निवासको सजावट गर्ने कम्पनीको नाम हो, ओबेराय फर्निसर्स। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको यस कम्पनीका मालिक राजेन्द्र ओबेराय हुन्। उनको कम्पनीले सन् १९७८ मा बनेको दरबारमार्गस्थित अन्नपूर्ण होटलको पनि सजावट गरेको थियो भने बौद्धस्थित ह्यात रजिेन्सी होटल, याक एन्ड यती र पोखरास्थित फूलबारी होटलको पनि सजावटमा संलग्न थियो। त्यस्तै, स्वर्गीय राजा वीरेन्द्रका लागि नारायणहिटी दरबारको सजावटको जिम्मेवारी पनि यिनै ओबेरायले पाएका थिए।

तीन रोपनी क्षेत्रफल रहेको प्रचण्डको नयाँ निवास कम्पाउन्डमा दुईवटा घर छन्। स्रोतका अनुसार त्यही कम्पाउन्डभित्र १५ कोठाको नयाँ घर थप्ने तयारी पनि भइरहेको छ, जसको डिजाइनसमेत भइसकेको छ। अहिले प्रचण्डको सुरक्षामा खट्ने सुरक्षाकर्मीका लागि कम्पाउन्डबाहिर एउटा घर भाडामा लिइएको छ। घर बनेपछि भने सुरक्षाकर्मीलाई भित्रै सार्ने योजना छ। प्रचण्डले यसअघि पनि ९६ हजार रुपियाँको पलङ खरिद गरेर चर्चा बटुलेका थिए । सर्वहाराका सर्वसम्पन्न नेता भनेका यस्तै हुन्छन् क्या र !

- माधव बस्नेत





बीबीसीमा वित्तीय बबाल

अरूलाई जिम्मेवारी, पारदर्शिता र नीतिनियम पालनाको रखबारी गर्नेले नै बाटो बिराएका समाचार नौलो हुन छाडेका छन्। यही लहरोमा परेको छ, नेपालस्थित बीबीसी मिडिया एक्सन (तत्कालीन बीबीसी वल्र्ड सर्भिस ट्रस्ट) पनि।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था -आईएनजीओ)सम्बन्धी नियम र वैदेशिक सहायता नीतिका कतिपय प्रावधानलाई लत्याएर नेपालमा काम गररिहेको उक्त संस्थाको आन्तरकि लेखा प्रणालीमा समेत गोलमाल देखिएको छ। बीबीसी मिडिया एक्सनको बेलायतस्थित मुख्यालयबाट आएको टोलीले गरेको छानबिनपछि उक्त संस्थामा लाखौँ रुपियाँ बराबरको हिसाब कीर्ते कागजातका आधारमा भएको पाइएको छ। यस प्रकरणमा उक्त संस्थाका दुई नेपाली पूर्वकर्मचारीलाई दोषी किटान गरी प्रहरीमा जाहेरी परेको छ। तर, प्रहरीले भने संस्थाको नेतृत्वमाथि नै शंका गरी छानबिन अघि बढाएको छ।

संस्थाको नेपाल कार्यालयका तर्फबाट प्रशासनिक तथा वित्तीय प्रबन्धक पुष्पराज सापकोटाले प्रहरीलाई दिएको विवरण अनुसार, ८२ लाख रुपियाँ हिनामिना भएको छ। विवरण अनुसार, कर्मचारीको तीन महिनाको सञ्चयकोष जम्मा नगरेको र विभिन्न संस्थालाई दिनुपर्ने रकम पनि नदिएको पाइएको छ। त्यसमा संस्थाका पूर्वप्रशासनिक तथा वित्तीय प्रबन्धक पारस कार्की र लेखा अधिकृत टोमा लामाको संलग्नता रहेको संस्थाको दाबी छ। संस्थाका तर्फबाट परेको जाहेरीका आधारमा प्रहरीले ती दुवै पूर्वकर्मचारीलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीले संस्थाले उपलब्ध गराएको विवरणलाई पूरै पत्याइसकेको छैन। कारण, संस्थाको कन्ट्री डाइरेक्टरको हस्ताक्षरबिना कुनै पनि प्रकारको चेक नसाटिने ठाउँमा तल्लो तहका कर्मचारीले मात्रै लाखौँ रुपियाँ हिनामिना कसरी गर्न सके भन्ने प्रश्नको उत्तर खोज्न प्रहरीलाई हम्मेहम्मे परेको छ। जिन्सी सामान खरदिमा पनि अनियमितता भएको प्रहरीको अनुसन्धानले देखाएको छ। त्यसैले प्रहरीले उक्त संस्थाका नेपाल निर्देशक क्रिस्चियन क्लार्कलाई पनि छानबिनको घेरामा राखेको छ।

बीबीसी मिडिया एक्सन त्यही संस्था हो, जसले नेपालको आन्तरकि कानुनविपरीत आफ्ना परयिोजना प्रत्यक्ष कार्यान्वयन गररिहेको छ। नेपालमै रहेर विभिन्न दातृनिकायले नेपालका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको रकम बटुलेर कार्यक्रम गररिहेको छ। अझ, नेपालको आन्तरकि राजनीतिका गम्भीर र संवेदनशील मुद्दामा बहस गराई सञ्चारमाध्यममार्फत प्रसारण गराइरहेको छ। अब त उसका आर्थिक गतिविधि पनि पारदर्शी नभएको प्रमाण भेटिन थालेका छन्। हुने भएन त अब अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अन्तर्राष्ट्रिय बदनामी ?

- रामबहादुर रावल

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar