विज्ञापन !

"तैँले थाहा पाइस् कान्छा सुबिदार्नी बूढी त बहुलाइन् रे नि?" आमाले कार्यालयबाट फर्किनासाथ मलाई सुनाउनुभयो। 'ए, हो र ! मलाई त थाहै छैन' भनेँ मैले।

"के थाहा पाउँथिस् त तँ, हेर्दर्ै जा अब म पनि बहुलाउँछु।" आमाका वाक्य आज अनौठा थिए। आमाले आज एकाएक बहुलाउने घोषणा गर्नुभयो। कस्तो अचम्म ! बहुलाउनु भनेको त एकाएक मस्तिष्क असन्तुलित भएर भाँडभैलो हुनु हो। मान्छे कोही पनि घोषणा गरेर बहुलाउँदैनन्। बहुलाउने रहर पनि हुने कुरै भएन। भन्न त भन्छन् नि, मर्नुभन्दा त बहुलाउनु निको ! यो भनेको पनि जीवनप्रतिको मोह हो। मान्छे मर्न चाहँदैन, बहुलाएरै भए पनि बाँच्न चाहन्छ। यही बाँच्ने संघर्षमा कताकता हन्डर-ठक्कर खाएर मान्छे यथास्थितिमा थेगिन सक्दैन र असन्तुलित हुन्छ। बहुलाएपछि उसले जे पनि गर्छ।

डिप्रेसन भन्छन्, सायद मानसिक तनाव भन्नुपर्ला। मान्छेमा ज्यादा मानसिक तनाव भयो भने ऊ सामान्य अवस्थामा रहन सक्दैन। यसका परण्िााम भयानक भएका पनि सुनिन्छन्। आत्महत्या, बहुलाउनुलगायतका भयंकर कुरा आखिर मस्तिष्कको असन्तुलनकै कारण त भएका हुन् नि ! सहज अवस्थामा चल्न नसकेपछि सन्तुलन बिगि्रन्छ। तर, ८० वर्ष काटिसकेकी बूढी कसरी बहुलाइन्? नहुनुपर्ने हो। फेर िउनी बहुलाउनुसँग आमाको के तादात्म्य? उनी नाताकी हुन् तर बसाइ निक्कै टाढा छ र काठमाडौँ आएको तीन वर्ष भइसक्दा पनि आमाले ती बूढीसँग भेट गर्ने अवसर पाउनु भएको छैन। तैपनि, आज तिनै बूढीसँग जोडिएर आमाले एकाएक बहुलाउने कुरो गर्नुभयो।

कार्यालयबाट थाकेर आएकाले मैले कुरा लम्ब्याएर कारण बुझ्न खोजिनँ। म आफ्नो कोठामा पसेँ। श्रीमती भान्सामा थिइन्। सोचेँ- सासू-बुहारीको ठाकठुक परेर त्यसो भन्नुभएको होला। बाबुआमाका बीचमा त त्यस्तो केही हुने कुरै भएन। दुवै जना सल्लाहले नै वैष्णव बन्नुभएको हो र पूजापाठमै रमिरहनुभएको छ। यस उमेरमा पनि श्रीमान्श्रीमती यस्तो मिलनका साथ जिउन पाउनु भनेको त ठूलै कुरा हो। कामको नाममा न त सिन्को भाँच्नुपरेको छ, न त ढलेको गिलास उठाउनुपरेको छ। ठीक्क-ठीक्क समयमा चिया, दूध, खाना, खाजा, दबाइ, फलफूल। लोग्नेस्वास्नीको साथ। जाडो भए घाम, बेलुका हिटर-आगो। अहँ ! कमी त केही भएकै छैन। तैपनि, आमाले आज बहुलाउने कुरो गर्नुभयो !

तर, आमाले एकाएक त्यसो भनेपछि आमा काठमाडौँ आएपछिका उहाँका व्यवहार लस्करै मेरा आँखामा आउन थाले। शंकाले लंका पुर्‍याउँछ भन्थे, हो रहेछ जस्तै भयो। उहाँलाई अलिक सञ्चो छैन। स्पष्ट देखिएको कुनै रोग छैन तर सञ्चो पनि छैन ! कहिले मुटु हल्लियो, मर्छु क्यार भन्नुहुन्छ। कहिले रातभर दुखेर निद्रा लागेन भन्नुहुन्छ। कहिले शरीरको सबै मासु-नसा कक्रिए, पेट पनि फुलेजस्तो भयो, माइती परविारका सबै क्यान्सरले मरे, मलाई पनि क्यान्सरै भएजस्तो छ भन्नुहुन्छ। एक्सरे, ईसीजी, सीटी स्क्यान, अल्ट्रासाउन्ड, भिडियो एक्सरे, एमआरआई सबैका नतिजा ठीक छन् तर उहाँ पत्याउनु हुन्न। भन्नुहुन्छ, "मोराहरू केही जान्दैनन्। आफ्नो शरीरको मलाई थाहा हुँदैन? यी यसरी दुख्छ, केही न केही नभई यस्तो हुन्छ?" स्वास्थ्य परीक्षणले केही नदेखाएपछि आयुर्वेदिक औषधी, धामीझाँक्री, होमयज्ञ आमाले इच्छाएजति गर्न बाँकी राखिएको छैन। दुई-दुई महिनासम्म अकुप्रेसर थेरापी गराउँदा पनि आमालाई छोएन।

आमालाई देखिएको रोगै भन्नुपर्दा ग्यास्टि्रक थियो, अहिले कन्ट्रोलमा छ। पत्थरी थियो, अप्रेसन भइसकेको छ। घुँडाका हड्डी खिइएका छन्, त्यो त यस उमेरमा सामान्य नै हो। हुन त कुन जाडो, कुन गर्मी बाह्रै महिना आमालाई उस्तै छ तर पनि मौसम बदली हुँदा, पानी पर्दा झन् साह्रै पार्छ भन्नुहुन्छ। त्यो पनि हुनुपर्दैन उहाँका लागि। रेडियोको मौसमसम्बन्धी बुलेटिन र समाचारमा भनिएको कुनै जिल्लाको बाढीपहिरो, असिना अथवा भारत, चीन, अमेरकिामै परेको पानीको समाचारले पनि उहाँलाई असर गर्छ। समाचार सुनेर भन्नुहुन्छ, "ऊ फलानू ठाउँमा त्यस्तो भएको रहेछ अनि पो झन् कक्र्याएको रहेछ त !" आमाका कुरा सुनेर डाक्टरहरू हाँस्छन्, "आमा त मौसमविद् पो हुनुहुँदो रहेछ।" आमाले कुन तेल दल्नुभएको छैन शरीरमा ! रायोको तेल, सस्र्युको तेल, तीलको तेल, तारपेनको तेल, राइफलको तेल, बिजुलीको तेल, स्यालको रक्सी, भालुको पित्त, सर्पको बोसो ! अहँ, कुनैले पनि उहाँका हातखुट्टालाई तन्दुरुस्त पार्न सकेनन्, जीउलाई चंगा बनाउन सकेनन्। खानामा अरूचि छैन, बोल्नमा थकान छैन। केवल हिँड्न सक्दिन भन्नुहुन्छ र हिँड्नै चाहनुहुन्न।

यतिसम्म त भइरहेकै हो। अब त आमाले बहुलाउने नै घोषणा गर्नुभयो ! यी यावत् उपचारले नछोइरहेको अवस्थामा झन् बहुलाउने कुराले त चिन्तित बनाउने नै भयो। अनि, म आमाका बोली र व्यवहार विचार गर्न थालेँ। गफ गर्ने साथी पाउनुभयो भने उहाँ सद्देझैँ देखिनुहुन्छ। बोल्न थालेपछि त्यो सुन्नेलाई झर्को लाग्छ, उहाँ गल्नुहुन्न। सुुन्नेले होमा हो मिलाएर बेलाबेलामा प्रश्न गरििदए, उहाँलाई अघि दुःख गर्दाका कुरामा चुकचुकाइदिए प्रसन्न हुनुहुन्छ। सासू-ससुराका कुरा, माइतीका कुरा, बुहारीले काम र खानामा भोग्नुपरेका पीडा, गर्भवती हुँदा र घाँसदाउरा गर्दाका, लगभग यिनैका सेरोफेरोमा हुन्छन् गफ। दिनमा एक जनासँग धक फुकाएर बोल्न पाउनुभयो भने आमा उज्याली देखिनुहुन्छ। अब यो काठमाडौँको ठाउँमा को छ र त्यस्तो फुर्सदिलो मान्छे ! फुर्सद भएर मात्रै पनि नहुने, त्यस्ता कुरामा चाख पनि हुनैपर्‍यो। गफमा पनि स्थानविशेष मिल्नुपर्छ, सर्कल मिल्नुपर्छ, सोच मिल्नुपर्छ, तब न गफ मिल्छ। ती त सबै उतै छुटिगए। यहाँ साथमा बा हुनुहुन्छ, म छु, बुहारी, नातिनातिनी छन्। मसम्म कहिलेकाहीँ फुर्सदमा सुन्छु तर मनग्य फुर्सद त कहिले हुन्छ र जागिरेलाई ! बुहारीलाई यस्ता कुरामा कत्ति पनि रुचि छैन। के सुन्नु त्यस्ता थाङ्ने कुरा भन्छिन्। कसैलाई रुचि नभएपछि जबरजस्ती सुन्नुपर्छ भन्न पनि भएन। 'मेरा बाबुआमाले पनि दुःखै गरेका थिए होलान्, खै त हामीलाई केही सुनाउँदैनन्' भन्छिन् उनी। पहिलो फुर्सद, दोस्रो टीभी, पत्रपत्रिका, बच्चाबच्चीको पढाइ, भातभान्सा आदिको धमाधम।

आमालाई भनेको पनि हो- बूढाबूढी हुनुहुन्छ, दुवै जना सँगसँगै घुम्नू, दुई जना गफगाफ गर्नू। तर, बालाई रेडियो भए पुगिहाल्छ। उहाँले गफ गर्ने भनेको बिजुली छैन भने मात्रै हो। नत्र, कानमा रेडियो घन्केको घन्कियै हुन्छ। कान कम सुन्नुहुन्छ, रेडियोको सानोतिनो आवाजले कानमा छुँदै छुँदैन। त्यसमाथि पनि आमालाई भन्नुहुन्छ, "यस बूढीले बोलेको त झन् फिटिक्कै सुन्दिनँ र बुझ्दिनँ पनि।" उता आमाको गुनासो हुन्छ, "यी बूढालाई अचेल के भएको हो, कुरै बुझ्दैनन्। यसो बोलौँ भन्यो, अहँ कुरै बुझाउन सकिँदैन।" फेर िकहिलेकाहीँ देख्छु- मसिनो बोलीमा पनि बूढाबूढी मज्जाले गफ गररिहेका हुन्छन्। यथार्थ त यही हो नि, बूढोलाई बूढी, बूढीलाई बूढो ! बूढेसकालका साथी, पुस्ता, सोच सबै मिल्ने। व्यवहार, आनीबानी सबै भोगेको अभिन्न साथ भनेकै यही त हो।

भर्खरै हो, बा बिरामी पर्नुभयो। राती अचानक बिरामी परेकाले इमरजेन्सी जानुपर्‍यो। दिउँसो अलिक सञ्चो भएपछि घर आउँदा आमा धमाधममा देखिनुहुन्थ्यो। पहेँलो कपडा र रामनामीलाई दुइटादुइटा बनाएर घाममा सुकाउनुभएको थियो। तील, जौ, कुश, तुलसी-मञ्जरी सबै ठीक पार्नुभएको थियो। आमाले यसो गरेको देखेर छक्क परेँ। "के गरेको यो सब तपाईंले आमा?" 'खै, के हो, के हो, सपना पनि नराम्रा देखेकी छु, त्यही भएर ठीक पारेकी' भन्नुभयो। छक्क परेँ म। यी सब कसको भागमा पहिले प्रयोग होला, भन्न सकिन्न अहिल्यै। सँगसँगै त एकाधका मात्र हुन्छन्। तिनलाई समाजले भाग्यमानी जोडीको संज्ञा दिन्छ।

आमालाई सुरुसुरुमा त ट्याक्सी चढाइचढाई कहिले कसको घरमा, कहिले कसको घरमा लगेर दिनभर गफ गर्न छोडिदिएको पनि हुँ। आफन्त, चिनजानका वरपिर िभए सजिलो हुन्थ्यो, त्यो छैन। दुई-चारपटक त पशुपति वृद्धाश्रममा लगेर दिनभर छोडिदिएर बेलुका ल्याएँ पनि। यसो गर्दा उहाँ निकै प्रसन्न देखिनुहुन्थ्यो। यो पनि कति दिन सम्भव हुन्थ्यो र ! खर्च, फुर्सद सबै हुनैपर्‍यो। अनि, आज एक्कासि सुबिदार्नी बूढी बहुलाएकी सुनाएर आफू पनि बहुलाउने कुरा गर्दा आमासँगै यो यथार्थ जान्नु राम्रो हो भन्ने निष्कर्षमा पुग्नैपथ्र्यो मैले।

सुबिदार बूढा स्वर्गे भएपछि सुबिदार्नीलाई छोराले काठमाडौँमै ल्याएर राखेका छन्। धन सम्पत्तिको कुनै कमी छैन। सुनको पलङ बनाएर सुत्छु भने पनि पुर्‍याउन सक्ने हैसियत छ। उच्च ओहदाबाट सेवानिवृत्त भएका र भ्रष्टाचारको मुद्दा लागेका भए पनि चोखिइसकेका वरष्िठ व्यक्तित्वको थप बयान गर्नु आवश्यक छैन। उनले आमालाई सजिलो होस्, एकान्त होस्, पूजापाठमा सहज होस्, मन लागेका बेला आफैँ पकाएर खान सक्नुहोस् इत्यादि कुरा सोचेर छतमा छुट्टै कोठा बनाइदिएका थिए। यसमा थप अरू पनि सोच्न सकिन्थ्यो- आफ्नो आधुनिक व्यवहारमा आमाबाट बाधा नपुगोस्, ठूलाबडासँग बोलिरहँदा, मिटिङ्-भेटघाटमा बाधा नपुगोस्, आमालाई भेट्न आउनेहरूले छतमा गएर छुट्टै भेट्न सकून् भनेर पनि छुट्टै र अलग्गै कोठा गरएिको उपयुक्त नै ठहथ्र्यो। यसैलाई बढाइचढाई गर्नेहरूले अर्कैतिर मोडिदिएका पनि थिए। भनेको सुनिन्थ्यो, "फलानाले बूढीआमालाई एक्लै कोठामा थुनेर राखेको छ अरे ! त्यस्तो छोरो पनि के छोरो? बरु वृद्धाश्रममा लगेर राखिदिनु नि, कोठामा थुन्नुभन्दा त?" अब मैले बुझेँ, यही एकान्तबासले सुबिदार्नी बहुलाएकी र धक फुकाएर मान्छेले बोल्न पाएन भने गुम्सिएर बहुलाउँछ भन्ने निष्कर्षमा आमा पुग्नुभएको रहेछ।

उहाँले भन्नुभएको 'हेर्दै जा, अब म पनि बहुलाउँछु'सँग जोडिएको मूल विषय नै यही पो रहेछ। सुबिदार्नी बहुलाउनु र आमाले आफू पनि बहुलाउने घोषणा गर्नुसँग उतिसारो तादात्म्य नदेखिए पनि म झसंगचाहिँ भएको छु।

आमाको खुसीका लागि मैले थप केही व्ययभार बेहोर्ने निर्णय गरेँ अब। श्रीमतीजीले भाँडा मोल्न र लुगा धुन सकिनँ, एउटा मान्छे राख्नुपर्‍यो' भन्दा बरु आफैँ सघाउनपट्ट िलागेर थुमथुम्याएको थिएँ तर आमाले बहुलाउँछु भनेपछि थामथुमले पनि नहुने देखियो। त्यसैले आमाकै लागि आजै एउटा विज्ञापन गरेको छु अर्थात् 'वान्टेड'।

विज्ञापनको भाषा यस्तो छ, 'एक जना वृद्ध महिलासँग गफ गर्ने कुशल महिला चाहियो। गफ गर्न र कुरा सुन्न झर्को नमान्ने स्वभाव हुन आवश्यक छ। उहाँले भयो अब आजलाई नभनेसम्म छुट्टी मिल्ने छैन। विशेषगरी पुराना पारविारकि कुरामा रुचि र दख्खल भएकालाई प्राथमिकता दिइनेछ। जुनसुकै उमेरकी महिला भए पनि हुन्छ। लाउन, खान, बस्न, दिएर थप के कति तलब सुविधा दिनुपर्ने हो? सोको टुंगो अन्तर्वार्ताक्रममै लगाइनेछ। सात दिनभित्र आफ्नो अनुभवको व्यक्तिगत विवरण, एकप्रति फोटो र नागरकिताको प्रतिलिपि मेरो ठेगानामा पठाउनुहोला। तपाईंलाई अनुकूल मिल्छ भने इमेल ठेगानामा पठाउन पनि सक्नुहुनेछ। अन्तर्वार्ताचाहिँ आमा स्वयंले नै लिनुहुनेछ र परीक्षणकाल एक साताको हुनेछ।'

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

तुलसीहरि कोइरालाद्वारा अन्य प्रकाशित लेखहरू

ए, कसको ?

अंक: ५१७
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar