जोसिला सभासद्, रसिली वली

४० हजार नेपाली कार्यरत मुलुक ओमानमा दूताबास छैन। दूताबास स्थापनाका लागि वातावरण बनाउन गैरआवासीय नेपाली (एनआरएन) ओमानले युवा सभासद् गगन थापा, रवीन्द्र अधिकारी र चन्द्रबहादुर थापालाई ओमान लैजाने भयो। सम्पूर्ण तयारी भएर पनि अन्तिम समयमा माओवादी सभासद् थापा मात्रै ओमान टेक्न सफल भए।

दूताबास नहँुदा नेपालीले पाइरहेको सास्ती कस्तो हँुदो रहेछ भन्ने रातो पासपोर्ट बोकेका उनले त्यहाँको विमानस्थलमा ओर्लिनासाथ आफैँले भोग्न पाए। भयो के भने, उनको रातो राहदानी देखेपछि ओमानी अधिकारीले कूटनीतिक व्यक्तिलाई लिन विमानस्थलमा दूताबासका अधिकारी चाहिने बताए, जसका कारण उनले ६ घन्टा विमानस्थलमा बिताउनुपर्‍यो। साउदीस्थित दूताबासबाट पत्र पठाउँदा पनि कुरो नमिलेपछि अध्यागमनका एक अधिकारीले एक जना ओमानी शेखले जिम्मा लिए छुटाउन सकिने सुझाए। ओमानमा कार्यरत एक नेपाली बाबुराम अर्यालले आफ्ना शेखलाई अनुरोध गरे। शेखले फोन गरेर सम्पूर्ण जिम्मेवारी लिएपछि सभासद् थापा सानदार हिसाबले ओमान पुगे।

त्यस घटनाले चिसिएका थापालाई भोलिपल्टको कार्यक्रममा गायिका कोमल वलीले मञ्चमा उभिएर 'ह्यान्डसम सभासद्'को बिल्ला भिराइदिएपछि वातावरण झनै तातियो। झन् वलीले सभासद्लाई 'झ्वाक तन्नेरी'देखि 'पोइला जान पाम्' गीतमा मञ्चमा तानी तानी नचाइदिएपछि ओमानमा रहेका नेपालीका मुखमुखमा झुन्डियो, जोसिला सभासद् र रसिली वलीको किस्सा।

 

खाना बनाउँदै, फाल्दै

ओमानको राजधानीबाट करबि २५ किलोमिटर टाढा रबी भन्ने ठाउँ छ, जसलाई नेपालीले काठमाडौँको रत्नपार्कसँग दाँज्दा रहेछन्। त्यहाँबाट केही दूरीमा सिबिडी भन्ने व्यापारकि क्षेत्र छ। ठूल्ठूला बैँकदेखि बिजनेस हाउसहरूले भरभिराउ त्यहीँ सेराटन होटल पनि छ। ओमानमै प्रख्यात यस होटलमा झन्डै ३० नेपाली कार्यरत छन्। सेराटनमा नेपाली कामदारलाई सधैँ भ्याइनभ्याई हुन्छ। त्यो पनि खाना पकाउँदै फाल्दै गर्न। अचम्म !

गाँठी कुरा के रहेछ भन्दा, सेराटनका सञ्चालक दुई दाजुभाइबीच अंश-झगडा रहेछ। झगडाकै कारण होटल राम्ररी चल्न सकेको रहेनछ। कानुनी रूपमा होटल बन्द नभएको देखाउन पनि कामदारहरूले होटलको क्षमता अनुसार हरेक दिन दुई सय जनालाई खाना तयार गर्ने रहेछन्। पाहुना नराखिने सेराटनमा काम गर्ने एक नेपाली कामदार ठट्टा गर्दै थिए, "खाना पकायो, फाल्यो र आफूलाई चाहिँ बाहिरबाट मगायो, खायो।"



यात्रा, त्यहाँको र यहाँको

राजधानी मस्कट र यसको वरपिर िसहरमा कार्यरत नेपाली कामदारको क्याम्प घुमिसकेपछि पालो आयो, सललहको। ओमानको दोस्रो सहर सललह मस्कटबाट करबि १ हजार १ सय किलोमिटरको दूरीमा पर्छ। सललहमा घरेलु काममा कार्यरत नेपाली महिला अत्यधिक छन्। जसरी पनि त्यहाँ पुगेर नेपाली चेलीको स्थिति बुझ्नु थियो। त्यहाँ पुग्न बिहान र रात्रिकालीन मात्र बस चल्ने रहेछन्। त्यसैले साँझ ठीक ७ बजेको अरब ट्रान्सपोर्टको सुविधायुक्त बस रोजियो। बसयात्रा अन्यन्तै व्यवस्थित र निर्धारति समयमा हुने रहेछ। भनेको ठाउँ, भनेकै समय। प्रतिघन्टा १ सय २० किलोमिटर दौडने बस यात्राले नेपालमा सवारी जाम र धिमा यात्राको यादलाई गिज्याइरहेथ्यो।



ज्यानभन्दा रूख प्यारो

खाडीमा हरिया बोटबिरुवा देख्न पाउनु चानचुने कुरा होइन। तर, मस्कटको सडक छेउछाउमा सुन्दर रंगीबिरंगी फूलहरू मात्रै फुलिरहेका थिएनन्, हरियो दूबो र झ्याम्म परेका मझौला रूख पनि देखिए। यस्तो बनाउन कम्ती मिहिनेत गरेका रहेनछन् ओमानीहरूले।

हरेक रूखका जराजरामा पाइपमार्फत थोपाथोपा पानी दिएर रूख बचाइएको रहेछ। बिरुवा हुर्काउने माटो भने छिमेकी देशबाट ल्याइएको रहेछ। एउटा बिरुवा हुर्काउन मस्कट नगरपालिकाले वर्षमा करबि पाँच हजार रियाल खर्च गररिहेको छ। त्यति महँगो बिरुवालाई हुर्काउन राज्यले समय पनि त्यत्तिकै लगाएको छ। अझ यहाँ दुर्घटना हुँदा भन्दा बोटबिरुवा क्षतिग्रस्त भएकामा बढी झमेला हुने रहेछ। सडकछेउको बिरुवालाई क्षति पुग्यो भने चालकले नपाउने दुःख पाउँदा रहेछन्। त्यसैले बोटबिरुवा बढी खतरनाक रहेछन्, यहाँका नेपाली चालकहरूका लागि।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

होम कार्कीद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar