अझै छ उपयोगितावाद

एकीकृत नेकपा माओवादीले विगतमा अपनाएको रणनीति भनेको उपयोगितावाद नै थियो (उपयोगका १६ वर्ष, ७ फागुन)। शान्ति प्रक्रियामा आएपछि पनि उसले कतिपय एजेन्डाका हकमा अरूलाई उपयोग गरेको छ।

खासगरी १२ बुँदे दिल्ली समझदारी माओवादीले नेपाली कांग्रेस र एमालेलाई उपयोग गरेको परिणति थियो। भन्न त कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पटकपटक 'माओवादीलाई जंगलबाट शान्ति प्रक्रियामा ल्याएको हो' भन्थे तर लडाइँमा जित हात पार्न नसकिने निष्कर्षमा पुगेको माओवादीलाई त्यो नै सहर पस्ने सबैभन्दा उत्तम ढोका हुन पुग्यो। त्यसपछि माओवादीले कांग्रेसभित्र कोइराला र अर्का नेता शेरबहादुर देउवाबीच र एमालेभित्र वामदेव गौतमलाई उचालेर खेल्नसम्म खेल्यो। संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन), भारत र चीनका सम्बन्धहरूमा पनि माओवादी नेताहरूका नाटकीय अभिव्यक्तिहरू आए, आइरहेका छन्। यिनले माओवादीभित्रको उपयोगितावादको अभीष्ट प्रकट गर्छन्।

आलोक विक

- कपन, काठमाडाँ





समाजकै समीक्षा

सिनेमा र समाजको समीक्षा एकैपटक गरेको जस्तो लाग्यो (लुटपछि ब्रह्मलुट, ७ फागुन)। प्रचलित नेपाली फिल्मको शैलीभन्दा फरक छ, लुट। समाजमा विद्यमान हत्या, हिंसा र चोरी-डकैतीजस्ता विषयलाई स्थान दिइएको यस फिल्मले लेखकले भनेजस्तै नेपाली फिल्मको पुरानो युगलाई बिर्साउँछ र नयाँ सम्भावनाको संकेत गर्छ।

- कविर केसी

पोखरा





मन्त्रीको बबाल

मन्त्रीजस्तो जिम्मेवार व्यक्तिसँग लाज र सरम नभएपछि यस्तै हो (आफैँ बोक्सी आफै झाँक्री, ७ फागुन)। मन्त्री लेखराज भट्टले भनेजसरी प्रदेश बनाउने भए संसद्मा किन समिति चाहियो, अझ त्यतिले पनि नपुगेर किन राज्य पुनःसंरचना आयोग बनाउनुपर्‍यो ? अचम्मै छ बा!

राज्यको पुनःसंरचना आफूले भनेजसरी भएन भने आन्दोलन गर्ने, देशै बन्द गर्ने र सडक ठप्प पार्नेजस्ता धम्की दिन मन्त्रीजस्तो पदमा बसेको व्यक्तिलाई शोभनीय लाग्दैन। मन्त्रीज्यू, अलिकति मान र मर्यादाको पनि ख्याल गर्ने हो कि !

- हस्त चापागाईं

रत्ननगर, चितवन





वास्तविकताको तस्बिर

एउटै तस्बिरले यति धेरै वास्तविकता बोलेको देख्दा रमाइलो लाग्यो (नियतिको संयोग, ७ फागुन)। अहिले सहरमा डन्डीबियो खेलेको देख्न कहाँ पाउनू? त्यसैगरी संस्कृत भाषा पनि झन्डैझन्डै लोप नै भइसकेको छ, हाम्रो समाजबाट। पुरानो खेल र पुरानो भाषालाई सम्झाउने गरी सहरभित्रको एउटा पाठशालामा देखिएको दृश्यले हाम्रो समाजको एउटा दुःखद पाटोलाई सम्झाएको छ।

रत्न कोइराला

हाल : त्रिचन्द्र क्याम्पस, काठमाडौँ





सान्दर्भिक अभियान

परविर्तित समाजमा ज्येष्ठ नागरकिमाथिको अपमान बढिरहेका बेला डा गौरीशंकरलाल दासको समूहले ज्येष्ठ नागरकिका लागि लडिरहेको थाहा पाएर खुसी लाग्यो (जीवनप्रति सदा उत्साही, ७ फागुन)। तर, उनीहरूको यो अभियान बीचैमा सुस्ताउनु हुँदैन। यसको सान्दर्भिकता दिनप्रति दिन अरू बढ्दै जानेछ। समाजको आधुनिकीकरणले पारविारकि सद्भाव र परम्परालाई क्षति गर्दै लैजाँदा राज्यले पनि ज्येष्ठ नागरकिका मौलिक हक र अधिकार सुरक्षित पार्न कर लाग्नेछ।

- पवित्र पौडेल

हाल : यूएई





गलत साँठगाँठ

गृहमन्त्री विजयकुमार गच्छदार केही न केही उट्पट्याङ नगरी बस्नै नसक्ने रहेछन् (खेलमा खप्पिस, ७ फागुन)। रत्तिm रहेको वरष्िठ प्रहरी उपरीक्षक पदमा आफ्ना मान्छे लैजान दरबन्दी नै थप्ने षड्यन्त्रका पछाडि पक्कै पनि रकमको चलखेल हुन सक्छ। नत्र यतिसम्मको हर्कत गरएिको समाचार किन आउँथ्यो र ! यसमा मन्त्री गच्छदारले प्रहरी प्रमुखहरूलाई पनि हात लिएका रहेछन्।  प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप श्ााहले मन्त्रीको यस्तो गलत नियतको विरोध गर्नुपर्नेमा उल्टो साथ दिनु राम्रो होइन।

- प्रविन वाग्ले

तनहुँ, हाल : अलखोर, कतार







हावादारी तर्क

वामदेव गौतमले अघिल्लोपटक पार्टी नफुटाएको भए सायद उनको हैसियत अहिले चौथो नम्बरमा हुने थिएन ('पार्टीमा मेरो रोलनम्बर-४ हो', ७ फागुन)। सम्भवतः उनले यतिधेरै आलोचना पनि खेप्नुपर्ने थिएन।

पछिल्ला दिनमा अध्यक्ष झलनाथ खनाल र अर्का प्रभावशाली नेता केपी ओलीबीच सम्बन्ध बनाउन सहजकर्ताको भूमिका खेलेका भनिएका नेता गौतमले माओवादी नेतृत्वप्रति नरमभाव देखाउनु अस्वाभाविक  होइन। तर, यही कारण पार्टीभित्र उनले आफ्ना विरोधीहरू जन्माएको भन्ने पक्षचाहिँ सत्य हो।

संवादमा गौतमले नेपालका वामपन्थीहरू एकीकृत हुने सम्भावनालाई पनि आँैल्याएका रहेछन्। तर, यो आदर्शको कुरा मात्र हो। वामपन्थीहरू कहिल्यै पनि जुट्न सक्दैनन् भन्ने विगतदेखिको राजनीतिले प्रस्ट पारेको छ। यस्तो हावादारी कुराका पछाडि नेता गौतम

नलागेकै वेश।

- दीपक भुसाल

ताराताल, बर्दिया



- कुनै समय माओवादीसँग दुई वर्षभित्र पार्टी एकीकरण गर्ने योजना सुनाउनु हुन्थ्यो, वामदेव गौतमले। हाल त्यो योजना कसरी अगाडि बढिरहेको छ त ? यसको जवाफ नेपाली जनतालाई कसरी दिनुहुन्छ गौतमजी ?

- तीर्थ शर्मा, काठमाडाँ

अनलाइनमा





लुटाहा प्रवृत्ति

एकीकृत माओवादी लडाकूका चेक खोस्ने योजना त पार्टी अध्यक्ष स्वयं पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा पो बनेको रहेछ (चेक खोसिनुको कारण, ७ फागुन)। १७ कात्तिक ०६८ को जनरल स्टाफ बैठकमा बनाइएको यस्तो योजनाले अहिले माओवादीलाई गर्नसम्म बदनाम गरेको छ।

हिजो जनमुक्तिको सपना देखाएर लडाइँको मोर्चामा ल्याइएका नेपाली युवकयुवतीलाई अहिले चेक दिएर बिदाइ गरँिदैछ। तिनै चेक पनि पार्टीले नियोजित रूपमा खोस्दा एकातिर स्वैच्छिक अवकाश लिएका लडाकूहरू पार्टीसँग बिच्केका छन् भने अर्कोतिर प्रतिपक्षीहरूले सदनदेखि सडकसम्म आलोचना गर्ने अवसर पाएका छन्। माओवादीले यस्तो लुटाहा प्रवृत्तिलाई रोकोस्।

- दीपकराज चौलागाइँ

हेटाँैडा, मकवानपुर

 



लाज पचेका मन्त्री

माथिल्लो ओहोदामा बस्ने अधिकांश व्यक्तिमा निहित परविारवाद प्रवृत्तिको निरन्तरता कृषि तथा सहकारीमन्त्रीले पनि दिएछन् -यी सवारी मन्त्री, ७ फागुन)। यस्तो प्रवृत्तिले जिम्मेवार पद, गैरजिम्मेवार प्रवृत्ति र कानुनबमोजिम पाउनेबाहेक कार्यकारीको पटके निर्णयको दुरुपयोगको प्रस्ट प्रमाण पेस गर्छ। जिम्मेवारहरूले मर्यादा अनुरूपको व्यवहार नगर्दा लोकतान्त्रिक संस्कृति नै कमजोर हुने हो कि भन्ने चिन्ता लागेको छ।

- दानबहादुर कार्की

गोकर्ण-१, माकलबारी, काठमाडाँ





ब्लाटरसँगको अपेक्षा

फिफा अध्यक्ष सेप ब्लाटरको आगमनलाई अखिल नेपाल फुटबल संघ -एन्फा)ले उपलब्धिमूलक बनाउन सक्नुपर्छ -किन आउँदैछन् ब्लाटर ? ७ फागुन)। खासगरी नेपाली राष्ट्रिय टोलीको विकासका लागि ब्लाटरले सहयोग गर्न सक्छन्। एन्फाले कूटनीतिक हिसाबले उनलाई सहयोगका लागि मनाउन सक्यो भने त्यतिबेला अध्यक्ष गणेश थापाको क्षमता पनि प्रकट हुनेछ। अहिलेलाई यही अपेक्षा गरौँ।

- सजित लामा

तीनथाना, काठमाडौँ





भौगोलिकतालाई ध्यान दिऔँ

भोजपुरीमा, अंग्रेजीमा, संस्कृतमा, नेपालीमा जुनसुकै भाषाबाट पढे पनि रामायणको कथाले एउटै अर्थ दिन्छ -सर्वस्वीकार्य संघीयताको आधार, २२ माघ)। असल शासन, महान् पुरुषार्थी, आततायी र स्वार्थी रावण, असल कन्या सीता इत्यादि भनेजस्तै जुनसुकै तरकिाबाट नेपाल वर्गीकरण वा विभाजन गरे पनि आखिर गर्ने त उही विकास, शान्ति र अमनचैन

त हो।

प्राकृतिक सुन्दरताले असाध्यै भरभिराउ भएको यो निकै सानो राष्ट्र नेपाललाई पुनःसंरचना गर्दा विचार पुर्‍याउनु अति जरुरी छ। जातीय आधारमा मात्रै प्रदेशहरू बनाउँदा भोलिका दिनमा विश्वको मानचित्रमा सानो राष्ट्र नेपाल पनि बिलाउन नपरोस्। तसर्थ, करबि तीन करोड नेपाली रहेको यस धर्तीमा शान्ति, अमनचैन र पारदर्शी व्यवस्था पुनःस्थापना गर्न जातका आधारमा मुखरति भएर भन्दा यहाँको भौगोलिकता र गरबिीलाई हेरेर राज्यको निर्धारण गर्दा सबैको भलो र सर्वपि्रय हुन्थ्यो कि ?

- इन्द्रनारायण सुवेदी

वालिङ-३, स्याङ्जा

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar