भुस्याहा कुकुरका जीवनदाता

मानिसको सबैभन्दा इमानदार साथी कुकुरलाई मानिन्छ। जस्तै प्रतिकूलतामा पनि कुकुरले आफ्नो स्वामीको साथ छोड्दैन। तर, यही कुकुरलाई हामी गल्ली, बाटो र चोकतिर देख्दा भुस्याहा भनेर छिःछि दूरदूर गर्छौं। मानिस र कुकुरबीचको गाँठी भेद यही हो। तर, भक्तपुर सूर्यविनायकका पशुचिकित्सक प्रणवराज जोशीले कुकुरको महत्त्व बुझेका छन्। पेसाको सुरुवातबाटै उनी भुस्याहा कुकुरको संरक्षणमा दत्तचित्तले लागे र आजसम्म लागि नै रहेका छन्। उनी अक्सर भुस्याहा कुकुरमा लाग्ने रेबिज रोगप्रति त सचेत छन् नै,यसबाहेक आमकुकुरमा पाइने अनेकौँ रोगको उपचार निःशुल्क गररिहेका छन्।

भुस्याहा कुकुरको रोगको जड हो, सन्तान उत्पादन। त्यसैले उनले आफूले उपचार गर्ने हरेक कुकुरको शल्यक्रिया गरेर पाठेघर झिकिदिन्छन्। यसबाट उनले कुकुरको संख्या नियन्त्रण गर्न पनि सघाइरहेका छन्।

सन् २००९ मा पशुचिकित्सक भएपछि उनले पहिलो काम नै भुस्याहा कुकुरको निःशुल्क उपचारबाट आरम्भ गरे। शरीरभर िघाउ नै घाउ भएको र छाला खुइलिएर सारा रौँ झरेको एउटा कुकुरलाई भक्तपुर दरबारक्षेत्रबाट बोरामा हालेर ल्याई तीन महिना उपचार गरे। तीन महिनामा त्यो कुकुरले यसरी रङ फेर्‍यो, उनको एल्बमका फोटा नहेर्ने हो भने त्यो कुकुर कुनै दिन यति बीभत्स अवस्थामा थियो भन्ने खुट्याउन पनि कठिन हुन्छ। तर, उनले यस्ता सयौँ कुकुरको निःशुल्क उपचार गरेका छन्।

'भेट फर योर पेट' नामक भक्तपुरको गजपली-१२, सूर्यविनायकस्थित आफ्नै घरमा रहेको क्लिनिकमा उनले अहिलेसम्म १ सय २५ वटा छालारोगी कुकुरको उपचार गरसिकेका रहेछन्। त्यसबाहेक ६३ वटा कुकुरको उनले बन्ध्याकरण र चारवटा बिरालोको समेत उपचार गरसिकेका छन्। यो खर्चचाहिँ कसरी जुटाउँछन् त? यी ३२ वर्षे पशुचिकित्सकलाई यस कामप्रति कुनै तनाव छैन, न त खर्चको नै चिन्ता छ। त्यसैले स्वाभाविक उत्तर दिन्छन्, "क्लिनिक चलाएको छु, त्यसबाट हुने आम्दानीको ३० प्रतिशत यसमा खर्च गर्छु, कुनै समस्यै छैन।"

केही समय वरष्िठ पशुचिकित्सक डा बलराम थापाको निर्देशनमा काम गरेपछि उनलाई के बोध भयो भने भुस्याहा कुकुरलाई मारेर होइन, उपचार गरेर नै समाजलाई स्वस्थ राख्न सकिन्छ। "एउटा भुस्याहा कुकुरलाई मार्‍यो भने त्यसको ठाउँमा फेर ितुरुन्तै अर्को कुकुर आउँछ," डा जोशी भन्छन्, "त्यसैले मारेर भुस्याहा कुकुर नियन्त्रण गर्न सकिँदैन।" उनी आफ्ना छरछिमेकीका बिरामी भुस्याहा कुकुर मागेरै ल्याउँछन् र निःशुल्क उपचार गरेर फर्काइदिन्छन्। उनको यो सेवा भुस्याहा कुकुरको उपचार पनि हो र स्वस्थ समाज बनाउने अभियान पनि। हुन त उनी आफँैले पनि आठ-दसवटा भुस्याहा कुकुर पालेका छन्। उनले तिनको नाम पनि राखिदिएका छन्। ती भुस्याहा कुकुर यति अनुशासित र उनको भाषा बुझ्ने भइसकेका छन्, उनले नाम लिएर बोलाउँदा पुच्छर हल्लाउँदै त्यही नामको कुकुर उनीसँग गुटुमुटु हुन आइपुग्छ। यी सबै कुकुरको उपचार मात्र होइन, उपचार अवधिभरकिो खाना पनि उनी आफ्नै खर्चमा जुटाउँछन्। उनको टोलवरपिरकिा सारा कुकुरलाई उनले रेबिजको खोप पनि लगाएका छन्। आफूले उपचार गरेका प्रत्येक कुकुरको अलिकति कान काटिदिन्छन् र त्यसको छेउमा उपचार गरेको मिति आदि ट्याटु गरेर लेखिदिन्छन्। "यसबाट कुनै भुस्याहा कुकुरले टोक्यो भने पहिचान गर्न सजिलो हुन्छ," डा जोशी भन्छन्।

उनी कुकुरका हरेक स्वभावबाट परििचत छन्। कुनै कुकुरले झम्टिन आयो भने ठिङ्ग उभियो या टाउको घुँडामुनि घुसारेर बस्यो भने टोक्तैन। गाडी या बाइकमा हुइँकिइरहेका बखत अक्सर कुकुरले लखेट्छ, यस्तो बेलामा गाडी झ्याप्प रोक्नुपर्छ। बच्चा पाएको या खाना खाँदै गरेको कुकुरको छेउमा जानुहुँदैन, टोक्छ। उनले जानेको कुकुरको अर्को स्वभाव हो, पुच्छर घिसारेर ४५ डिग्रीको कोणमा उभिएका कुकुर रसिाहा हुन्छन्।

उनको विचारमा भुस्याहा कुकुरलाई पनि बाँच्न पाउने अधिकार छ, त्यसैले यिनलाई मार्नु पनि अपराध हो। त्यसैले उनी मारेर होइन, उपचारबाट कुकुरको संरक्षण गर्नुपर्ने विचार राख्छन्। पशु स्वस्थ भयो भने समाज स्वतः स्वस्थ हुन्छ भन्ने उनको मान्यता छ। भन्छन्, "कुकुरजस्तो इमानदार पशुलाई पूजा गरनिुपर्छ, पूजा भनेको तिनको उपचार हो, भुस्याहा कुकुरका नाममा कुनै कुकुरलाई मार्नु हुँदैन।"

- रमण घिमिरे

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar