प्रधानमन्त्रीका 'डाक्टर’ सुरक्षा गार्ड !

११ भदौ २०६८ मा प्रधानमन्त्रीमा नियुक्त भएपछि बाबुराम भट्टराईले आफ्ना अंगरक्षकलाई सोधेछन्, 'तपाइ कुनचाहिँ डाक्टर ?'  कुरा हुँदै जाँदा उनीहरूबीच धेरै समानता देखिएछ। एउटाले वर्गीय विभेद अन्त्य गरी नेपाली समाजलाई कसरी समुन्नत गर्ने भन्नेमा ज्ञान हासिल गरेको र अर्कोले नेपाली सेनालाई व्यावसायिक रूपमा शान्तिसेनामा पठाएर कसरी मुलुक समुन्नत बनाउने भन्ने थेसिस लेखेको। तर, उनीहरूको पृष्ठभूमि भने बिल्कुलै फरक। सामन्ती सत्तालाई परास्त गर्दै आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न भट्टराईले सशस्त्र विद्रोहको सहारा लिए भने उनका अंगरक्षक आशबहादुर तामाङ त्यही 'सामन्ती' सत्ताको रक्षा गर्न कुनै बेला तिनै माओवादीविरुद्धको लडाइँमा होमिए। अनि, कालान्तरमा उनी एकअर्काको परपिूरक भई काम गररिहेका छन्।

नेपाली सेनामा २३ वर्ष जागिर गरसिकेका तामाङ गत वर्षको माघमा मात्र त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रबाट विद्यावारििध सिध्याएका हुन्। हाल उनी सेनाको प्रमुख सेनानी पदमा बहाल छन्। नेपाली सेनाको 'इन्फेन्ट्री'मा विद्यावारििध गर्ने प्रेमसिंह बस्नेतपछि दोस्रो व्यक्ति हुन्, तामाङ। शान्ति स्थापना कार्यमा नेपाली सेना विषयमा विद्यावारििध गर्न उनले झन्डै सात वर्ष समय खर्चिनुपर्‍यो। नेपाली सेनाको अन्तर्राष्ट्रियस्तरमा कायम व्यावसायिक छविलाई कायमै राख्न सरकारले कुनै पनि 'कम्प्रमाइज' गर्न नहुने उनको विद्यावारििध शोधार्थमा सुझाइएको छ। रोचक त के भने त्यस्तो ज्ञान आर्जन गरेका प्रमुख सेनानी अहिले कुनै बेलाका लडाकूका नेता र अहिले प्रधानमन्त्रीका अंगरक्षक छन्, जतिबेला साढे ६ हजार लडाकू सेनामा समायोजन हुँदैछन्।

क्याप्टेन हुँदा राजा वीरेन्द्र (०५३-०५५) को अंगरक्षक थिए तामाङ, लगत्तै पूर्वराजा ज्ञानेन्द्रको विशेष सुरक्षा बलमा पनि खटिए । झलनाथ खनालको ६ महिने प्रधानमन्त्रीकालमा पनि उनै प्रमुख अंगरक्षक थिए । र, भट्टराईको सुरक्षामा नेपाली सेनाले उनलाई नै पठायो । प्रधानमन्त्रीले नामका अगाडि जहिलै डा लेख्छन् तर अंगरक्षक तामाङले आफ्नो नामप्लेटमा कहिल्यै डाक्टर लेख्दैनन्। कहिलेकाहीँ निमन्त्रणापत्रमा 'डा आशबहादुर तामाङ' भनेर आउँदा साथीभाइले जिस्काउँदै भन्छन्, "यो देशमा राष्ट्रपति डाक्टर, प्रधानमन्त्री डाक्टर अनि प्रधानमन्त्रीको सुरक्षागार्ड पनि डाक्टर !"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar