पाल्पा सरकारमा मन्त्री हँुदा

पाल्पा स्वतन्त्र भएको दिन अर्थात् २१ पुस २००७ को राती गोप्य रूपमा भोलानाथ शर्माको प्रधानमन्त्रीत्वमा सात सदस्यीय मन्त्रिपरष्िाद् गठन भयो। त्यसको जानकारी हामी कम्युनिस्ट पक्षधरहरूले भोलिपल्ट मात्रै पायौँ। त्यसपछि हामीले त्यसको कडा विरोध गर्‍यौँ। 'अविलम्ब कम्युनिस्टसहितको सरकार पुनःगठन हुनुपर्छ', 'जिल्लामा प्रधानमन्त्री होइन, मुख्यमन्त्री बनाइनुपर्छ' र 'बेजिल्लाको मानिसलाई प्रमुख पदमा नियुक्त गरनिु हुँदैन'भन्नेजस्ता माग राखी आन्दोलन सुरु गर्‍यौँ। पर्चा/पम्पलेट छर्‍यौँ। हातैले लेखेर पनि कतिपय पर्चा बाँड्यौँ।

त्यो मन्त्रिपरष्िाद् खास गरी काठमाडौँबाट धपाइएका रुद्रशमशेर राणा र कपिलवस्तुका भोलानाथ शर्माका मानिसहरूलाई मात्रै राखेर गठन गरएिको थियो। नेपाली कांग्रेसबाट पनि भित्रभित्रै आलोचना सुरु हुन थालेपछि २३ पुसमै मन्त्रिपरष्िाद् पुनःगठन गरयिो। तर, दुर्भाग्य ! त्यसमा पनि हामीलाई भने समेटिएन। त्यसपछि हामीले निणर्ायक आन्दोलनका रूपमा सरकारलाई कर नतिरी असहयोग आन्दोलन गर्ने निर्णय गर्‍यौँ। आन्दोलन चर्किंदै गयो। जनता सडकमै उत्रिए। पाल्पा दरबार घेराउ गरयिो।

१ माघका दिन हामीले तानसेन भगवतीस्थानमा विरोधसभाको आयोजना गर्‍यौँ। गौरीशंकर सैँजू तराईबाट भर्खर तानसेन आइपुगेका थिए। मुक्तिसेनाद्वारा तराईको झन्डीनगर कब्जा गर्दा अग्रपंक्तिमा खटिनेमा उनी पनि एक थिए। रुद्रशमशेरका छोरा गोपालशमशेरसँग उनको मतभिन्नता बढेपछि सैँजू तराईबाट पाल्पा फर्किएका थिए। हाम्रो विरोध सभामा उपस्थित हुने क्रममा कार्यक्रमस्थलतर्फ जाँदै गर्दा उनलाई रुद्रशमशेरको दरबारमा लगिएको थियो। झन्डीनगर कब्जाका क्रममा आफूसँग भनाभन परेका र झन्डै हातपातको अवस्थामा पुगेका धैर्यशमशेर र भक्तिशमशेर पहिले नै दरबारमा उपस्थित रहेछन्।

त्यत्तिकैमा सैँजूलाई दरबारमै बन्दी बनाउने उद्देश्यले भक्तिशमशेरले गार्डलाई भनेर बाहिरबाटै ढोका बन्द गर्न लगाएछन्। सैँजू पनि के टेर्थे, लात्ताले ढोका फोरेर 'आइन्दा यस्तो गरे अझ नराम्रो हुने' चेतावनी दिँदै बाहिर निस्किएछन्। यो कुरा उनले सरासर आएर मलाई भने। त्यसपछि हामीले राणाशासनका विरुद्ध सँगै मोर्चामा लडेका मुक्तिसेनालाई बन्दी बनाउने काम गर्छन् भने सर्वसाधारणको अवस्था झन् कस्तो होला भनेर आमसभामै चर्को भाषण गर्‍यौँ। तर, आमसभा सकेर फर्किने क्रममा पाल्पा दरबारका लप्टन फत्तेबहादुरसँग सैँजूको जम्काभेट भयो। उनले सैँजूलाई पेस्तोल ताकेरै 'तिमीलाई थुन्ने आदेश छ' भन्न के भ्याएका थिए, जुलुसबाट फर्किरहेकाले फत्तेबहादुरको कठालो समातेर हातबाट पेस्तोल खोसे र लछारपछार गर्न थाले। २ माघका दिन हामीले महिलाको भव्य जुलुस निकाल्यौँ र चर्को दबाब सिर्जना गर्‍यौँ। दरबारभित्र जाने पानीका पाइपसमेत काटिए।

ज्यादै संकट परेपछि रुद्रशमशेरले हाम्रा माग पूरा गर्ने वचन दिँदै वार्तामा बस्न आग्रह गरे। कम्युनिस्टका तर्फबाट वार्ताका निम्ति त्रिरत्न बज्राचार्य, हर िच्यान्टु र म दरबार पुग्यौँ। कुनैबेला पाल्पाका बडाहाकिम रहेका रुद्रशमशेरले त्यसबेला हाम्राअगाडि प्रदर्शन गरेको व्यवहार देखेर हामी त छक्कै पर्‍यौँ। 'तपाईंहरूसँग म शान्तिको भिक्षा माग्छु' भन्दै अञ्जुलि थापेर उनले अनुनयविनय नै गरे। हामी त हेरेका हेर्‍यै भयौँ।

३ माघमा हाम्रा माग पूरा भए। कम्युनिस्टसहितको मन्त्रिपरष्िाद् गठन भयो। जेलमा रहेका काशीनाथ गौतमको मुख्यमन्त्रीत्वमा नयाँ मन्त्रिपरष्िाद् बन्यो, जसमा हाम्रातर्फबाट नगेन्द्रध्वज जोशी उपमुख्यमन्त्री भए भने म ग्रामसुधार मन्त्री। हाम्रातर्फबाट ६ र कांग्रेसका तर्फबाट १२ जना गरी १८ सदस्यीय मन्त्रिपरष्िाद् गठन भयो। जसको मिलिटरी गभर्नरका रूपमा रुद्रशमशेरलाई नै नियुक्त गरयिो।

पाल्पामा गठन भएको जनसरकारको सर्वेसर्वा पनि एक किसिमले उनै पूर्वबडाहाकिम रुद्रशमशेर नै भए। त्यस कुराको उदाहरण उनले दिएको सार्वजनिक मन्तव्यले पनि पुष्टि गर्छ। मन्त्रिपरष्िाद्का १८ जना सदस्यको नामावलीसहितको शिरबेहोरामा रुद्रशमशेरले उल्लेख गरेका थिए, 'पाल्पाका सारा जनतालाई थाहा होस् कि मैले २००७ साल पौष २३ गते १ को दिन १२ बजे दिउँसो खडा गरेको १४ जनाको मन्त्रिमण्डललाई जनताले विघटन गर्ने माग गरेकाले आज २००७ साल माघ ३ गते मंगलबारको दिन ४ बजे दिउँसो निम्नलिखित नयाँ मन्त्रिमण्डल जनताको राय लिई स्थापित गरेँ।' यसरी जनताको सरकारभन्दा पनि माथिल्लो अवस्थामा रुद्रशमशेरको नियुक्तिले पाल्पाली जनताले परविर्तनको महसुस नै गर्न पाएनन्।

००७ सालको परविर्तनपश्चात् पाल्पामै भाषण गर्ने क्रममा रुद्रशमशेरको एउटा भनाइ ज्यादै रोचक रह्यो। उनले भनेका थिए, 'ज्यादै धेरै दिन भयो मैले तित्राको मासु खान पाएको थिइनँ, अब त सहज रूपमा त्यो उपलब्ध हुने भयो।' उनलाई परिवर्तनभन्दा पनि तित्राको मासु खान पाइने कुरा बढी रमाइलो लागेको रहेछ। बडाहाकिम हुँदैदेखि उनका लागि तित्रा मार्न भनी दुई जना जवान खटिएका थिए।

अर्कोतिर, सुरक्षाफौजलाई कसरी रासनपानी उपलब्ध गराउने र मिलिटरी गभर्नरका लागि सहुलियत अभिवृद्धि गर्ने भन्नेमै पाल्पा जनसरकारको ध्यान केन्दि्रत भयो। त्यस सरकारको सकारात्मक काम भनेको महेन्द्र प्रधानको नेतृत्वमा नौजवानहरूको मिसन गठन गर्नु थियो, जसले पाल्पा हुँदै स्याङ्जा र पोखरासम्म जागृति र चेतना फैलाउने काम गरेको थियो। उक्त सरकारबाट पनि खासै केही उपलब्धि हासिल हुने नदेखेपछि मैले राजीनामा दिनु नै उपयुक्त सम्झेँ। र, डेढ महिना बित्दानबित्दै ग्रामसुधार मन्त्रीबाट राजीनामा दिई गाउँगाउँ गई जागृति र चेतना फैलाउने अभियानमा सरकि हुन थालेँ।

- प्रस्तुति: ईश्वरी ज्ञवाली

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar