सम्पदा पुरातत्व


सुस्त उत्खनन

"राजा पृथ्वीनारायण शाह रिसाहा थिए।" इतिहासकारहरूको यही निष्कर्षका आधारमा मूर्तिकारहरूले पृथ्वीनारायण शाहको अनुहार र शरीरको कल्पना गरे। त्यसबेला तस्िबर खिच्ने प्रविधि नभएकाले चित्र वा मूर्तिकारहरूले उनको चरत्रि अनुसारको अनुहार उतार्नु स्वाभाविक पनि थियो। त्यसैमुताबिक चोकचोकहरूमा उनको रसिाहा अनुहार ठड्याइयो। तर, हालै मात्र पृथ्वीनारायण शाह जीवित छँदै बनाइएको सालिक फेला परेको छ। हनुमानढोका संग्रहालयमा भेटिएको पछिल्लो सालिकले पृथ्वीनारायणको सही अनुहार र शरीर सार्वजनिक हुने संग्रहालयको दाबी छ।

उनको अनुहार पटक्कै रसिाहा प्रकृतिको थिएन। शरीर छरतिो थियो र उनी असाध्यै धार्मिक पनि थिए। फेला परेको सालिकका बारेमा वर्णन गर्दै संग्रहालय प्रमुख तथा पुरातत्त्वविद् श्यामसुन्दर राजवंशी भन्छन्, "यो सालिक पृथ्वीनारायण शाहको पालाकै थियो भन्ने प्रमाण पनि फेला परेको छ।" अहिलेका सालिकहरूमा पृथ्वीनारायण शाहले लगाएको श्रीपेचमा फुर्का छ। तर, पछिल्लोपटक भेटिएको सालिकमा सामान्य टोपीजस्तो मात्र छ। घुँडा टेकेर दुई हात जोडेको अवस्थामा रहेको यो भक्त मूर्तिमा पृथ्वीनारायणको अनुहारको बनोटसमेत अहिलेको भन्दा निकै नै फरक रहेको राजवंशी बताउँछन्। इतिहासविद् प्राध्यापक दिनेशराज पन्तका अनुसार, पनि अहिले यसअघि देखिँदै आएको पृथ्वीनारायण शाहको अनुहार गलत हो। भन्छन्, "बालकृष्ण शाहको परकिल्पना र अमर चित्रकारको कलाले यस्तो अनुहार बनेको हो।"

ढलोटको बढेमानको यो सालिकसँगै पृथ्वीनारायणका दुई श्रीमती चन्द्रप्रभा र नरेन्द्रवतीका पनि छुट्टाछुट्टै सालिक भेटिएका छन्। तलेजु भवानीको भण्डार कोठामा थन्किएको यो सालिक केही समयपछि नै सार्वजनिक गर्ने लक्ष्य लिएको छ, संग्रहालयले। तत्कालीन सिंहासन, दुईवटा पाल्कीलगायतका सामग्री पनि सार्वजनिक गरनिे संग्रहालयले जनाएको छ।



थपिँदैछन् अरू

"पुरातत्त्व भनेको खेत खन्नेजस्तो काम होइन," पुरातत्त्वविद् श्यामसुन्दर राजवंशीको यस भनाइले सम्पूर्ण नेपाली पुरातत्त्वको खोज अनुसन्धानको प्रवृत्तिलाई व्यंग्य गर्छ। अनुसन्धान र उत्खननका नाममा खन्ने तर रपिोर्ट तयार नगर्ने परम्परा छ पुरातत्त्व खोजमा। अधिकांश उत्खननका रपिोर्ट सम्बन्धित अनुसन्धानकर्ताको मुखबाट मात्रै सुन्नुपर्ने अवस्था छ। भेटिएका सामग्री पनि लुसुक्क संग्रहालय पुर्‍याउने परम्परा छ। तीन महिनाअघि काठमाडौँको मासम गल्लीमा भेटिएको शिवलिंग प्रकरणको पटाक्षेप यसैगरी भयो। लिच्छविकालीन शिवलिंग घरको जग खन्ने क्रममा भेटिएको थियो। अभिलेखालयका अधिकृत तथा पुरातत्त्वविद् प्रकाश दर्नालका अनुसार, त्यसरी फेला परेका सामग्रीलाई भेटिएकै ठाउँमा संरक्षित र सुरक्षित राख्ने नियम छ। विडम्बना के देखियो भने थाहा नै नदिई त्यस शिवलिंगलाई राष्ट्रिय संग्रहालय पुर्‍याइयो। दर्नाल भन्छन्, "भेटिएको ठाउँमा संरक्षण दिन नसके उत्तम ठाउँ संग्रहालय नै हो। तर, संग्रहालय नै किन लानु पर्‍यो भन्नेचाहिँ खुलाउनुपर्छ।"

काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा हालै मात्र भएको उत्खननमा १४औँ शताब्दीको दरबार भेटियो। पुरातत्त्व विभागका प्रमुख पुरातत्त्वविद् उद्धव आचार्य भन्छन्, "उत्खननमा पर्खाल नै पर्खाल भेटिएको छ। पर्खालभित्र एउटा मन्दिरको आकृतिको जग पनि छ।" उत्खननको अन्तिम निष्कर्ष भने आउन बाँकी नै छ। ०६४ सालदेखि सुरु भएको पनौती उत्खनन ०६६ मा सकिएको थियो।

आचार्यको संलग्नतामा झापाको किच्चकबधमा अर्को पनि अनुसन्धान भएको छ। ०६२ सम्म भएको किच्चकबधको प्रारम्भिक अनुसन्धानबाट निकै नै पुरानो इतिहास फेला परेको छ। अनुसन्धानकर्ताका अनुसार, दुई हजार वर्षअघिका माटाका भाँडाहरू भेटिएका छन्। यसको अन्तिम परीक्षणपछि अझ धेरै कुरा खुल्ने अनुसन्धानकर्ताहरू बताउँछन्। तर, सुरक्षाका कारण यसको अनुसन्धान पूरा हुन नसकेको पुरातत्त्व विभाग बताउँछ।



अलपत्र अनुसन्धान

पुरातात्त्विक महत्त्वको खोजी गर्न भन्दै जुम्लाको सिञ्जामा एक वर्षसम्म अनुसन्धान भएको थियो। केही वर्षअघिको यो प्रयास बीचमा नै अलपत्र पर्‍यो। कुनैबेला खस राज्यको राजधानी भएको भन्ने आधारमा गरएिका ती अनुसन्धानहरू सुरक्षाका कारण रोकिएको बताइन्छ। क्याम्बि्रज विश्वविद्यालयसँग मिलेर पुरातत्त्व विभागले गरेको अनुसन्धान त्यतिबेला अवरुद्ध भयो, जतिबेला क्याम्बि्रजले सशस्त्र द्वन्द्वका कारण असुरक्षा बढेको भन्दै नेपालबाट फिर्ता गयो। यति हुँदाहँुदै पनि सो प्रारम्भिक उत्खननबाट ११औँ शताब्दीदेखि १४औँसम्मका सामग्री भने फेला परे।

त्यसैगरी कास्की र लमजुङको सीमामा पर्ने कोला भन्ने हिमाली गाउँमा सुरु भएको अनुसन्धान कार्य पनि अवरुद्ध भएको थियो। कोला क्षेत्रलाई गुरुङ जातिको पुख्र्यौली थलो मानिन्छ। १०औँ शताब्दीमा बस्ती रहेको भनेर अनुमान गरनिे कोलाको प्रारम्भिक अनुसन्धानमा १३औँ शताब्दीका मानव सभ्यताका प्रमाण भेटिसकिएको बताउँछन् अनुसन्धानमा संलग्न उद्धव आचार्य। विडम्बना नै भन्नुपर्छ, 'क्याम्बि्रज'को सहयोग रोकिएपछि कोला असुसन्धान अभियानमा पनि पूर्णविराम लाग्यो।

तत्कालीन जिल्ला प्रशासनले अनुसन्धान टोलीको सुरक्षा दिन इन्कार गरेपछि झापाको किच्चकबधबाट अनुसन्धान बीचमा नै रोकेर टोली काठमाडौँ फर्किएको पुरातत्त्व विभागले जनाएको छ। मोफसलमा सुरक्षाको डर भनेर पुरातत्त्व फर्किए पनि काठमाडौँ उपत्यकाभित्रका भक्तपुर नङ्खेल उत्खनन कार्य पनि बीचैमा रोकियो। ०६३ सालसम्म भएको सो अनुसन्धानमा लिच्छविकालीन मन्दिरको जग, कुवा आदि भेटिएका थिए। त्यसैगरी, हाँडीगाउँमा भएको एउटा बृहत् उत्खनन पनि पूर्ण हुनसकेन। यो उत्खनन ०४४ तिरै गरएिको थियो। कैलाशकुट भवन रहेको क्षेत्र भन्ने अनुमानमा गरएिको उत्खननमा केही शीलालेखचाहिँ भेटिएका थिए। डाक्टर रामकुमार भौकाजी भन्छन्, "त्यस ठाउँमा सहर बसिसकेकाले बाँकी उत्खनन र अनुसन्धान अघि बढ्न असम्भवप्रायः छ।"

अर्को महत्त्वपूर्ण भनिएको रूपन्देहीको रामग्रामको अनुसन्धान पनि बीचमा नै रोकिएको छ। जस्तो- त्यहाँ बुद्धको अस्तु भएको भन्ने आधारमा खोजी तीव्र पारएिको थियो। काम रोकिएपछि रामग्राम अनुसन्धानले कुनै पनि नयाँ कुरा बाहिर ल्याउने कुरै भएन।



किन रोकिन्छन् काम ?

उत्खनन किन थोरै मात्र हुन्छन् ? हुँदै गरेका उत्खननहरू पनि बीचमा नै किन रोकिन्छन् ? यस प्रश्नको जवाफ एउटा मात्र छैन। पुरातत्त्व विभाग राम शाहपथका महानिर्देशक विष्णुराज कार्कीका अनुसार बजेट थोरै छ। सरकारको प्राथमिकतामा स्वास्थ्य, शिक्षालगायतका अति संवेदनशील विषय पर्ने हुनाले बजेट कम हुनु स्वाभाविक मान्छन् उनी।

०६२/६३ र ०६३/६४ मा विभागको विकास बजेट साढे चार करोड रुपियाँमा सीमित थियो। अहिले यसको वाषिर्क विकास बजेट साढे पाँच करोड रुपियाँको हाराहारीमा छ। तर, अनुसन्धानकर्ताहरू विभागको यस तर्कसँग सहमत छैनन्। विदेशी अनुसन्धानकर्तालाई आकषिर्त गर्न सकेको खण्डमा खर्चको जोहो गर्न मुस्िकल पर्दैन। त्यसो त विभागले विदेशीसँग पनि काम गरेको अनुभव बटुलेको छ। तर, ती काम पनि अपुरो रहे। यसको कारण थियो, असुरक्षा।

कतिपय अनुसन्धानकर्ताहरू आर्थिक र सुरक्षा अभावलाई मात्र उत्खनन रोकिने कारण मान्दैनन्। उत्खननबाट पौराणिक र ऐतिहासिक प्रमाण भेटिएको खण्डमा नयाँ इतिहास कोरनिे डरले कतिपय विदेशीहरूले षड्यन्त्र गरेर योजना रोक्ने गरेको उनीहरूको बुझाइ छ। खासगरी लुम्बिनी क्षेत्र र गौतम बुद्धसम्बन्धी उत्खननमा विदेशीहरूले भाँजो हाल्ने गरेको पनि अनुसन्धानकर्ताहरू निष्कर्ष सुनाउँछन्। स्वतन्त्रसँग अनुसन्धान गर्न पाएको खण्डमा हाम्रो इतिहास, पौराणिकता आदि यथार्थ खुल्दै जाने बताउँछन्, अनुसन्धानकर्ता रतनकुमार राई। भन्छन्, "अनुसन्धान गर्छु भन्नेहरू पनि हच्किएर भाग्ने अवस्थामा छन्।"

आजसम्मका उपलब्धि

लुम्बिनीमा रहेको अशोक स्तम्भलाई नेपालले जोगाइराखेको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि ठान्छन्, पुरातत्त्वविद्हरू। उत्खननबाट भेटिएमध्येको सबैभन्दा पुरानो सालिकचाहिँ ईश्वी संवत् १८५ एडीको सालिक हो। '४० को दशकको अन्त्यतिर मालिगाउँ उत्खननमा भेटिएको यो सालिक राजा जय वर्माको थियो। हाल यसलाई राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ। अर्को प्रमाण भेटिएको थियो, चाबहिलको धन्दो चैत्य जीर्णोद्धार गर्दा। ०५९ भेटिएको ब्राम्ही लिपिको इँटाले झन्डै दुई हजार वर्षअघिको सभ्यता दर्शाउने विज्ञहरूको दाबी छ।

सबैभन्दा पुरानो प्रमाण भेटिएको हो, कपिलवस्तुमा। त्यो प्रमाण ईशापूर्व १२ सय वर्ष पुरानो हो। कपिलवस्तुको गोटीहवामा त्यसबेला मानव बस्ती थियो भन्ने प्रमाण उत्खननमा फेला परेको बताउँछन् पुरातत्त्वविद् उद्धव आचार्य। यस हिसाबबाट हेर्दा आजसम्म ३२ सय वर्षअघिको इतिहास पुरातत्त्वले फेला पारेको छ।

मुस्ताङका गुफाहरूमा भएका पटक-पटकका उत्खननमा ईशापूर्व चार सय वर्षदेखि आठ सय वर्षसम्मका विभिन्न प्रमाण संकलन भएका अनुसन्धानकर्ताहरूले बताउँदै आएका छन्।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

दिवस गुरागाईंद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar