गरगहना सम्बन्धी नियमावली संशोधन गर्न माग

(0 Votes)
gold

काठमाडौ, पुस २६ - नेपाल रत्न तथा आभुषण सङ्घ, नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ र नेपाल सुन चाँदी शिल्प व्यवसायी सङ्घले सुन चाँदी तथा गरगहना व्यवसायी सङ्घले ‘सुन, चाँदी तथा गरगहना व्यवसाय  तथा बिक्री मापदण्ड नियमावली’ मा आफ्ना सुझाव पनि समावेश गर्न माग गरेका छन् ।

सुन, चाँदी, पत्थर र सोबाट बनेका गरगहना तथा अन्य वस्तु खरिद बिक्रीसम्बन्धी कारोवारलाई गुणस्तर, शुद्धता, तौलमा सुनिश्चितता गरी यस व्यवसायलाई थप मर्यादित बनाउन नेपाल सरकारले सो नियमावली तयार गर्न लागेको उनीहरूले बताए ।

स्टाण्डर्ड नाप र तौल ऐन २०२५, ले दिएको अधिकार प्रयोग गरी सरकारले सो नियमावली ल्याउन लागेको ती सङ्घहरूद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिँदै नियमावलीमा व्यवसायीका सुझाव समावेश गर्न आग्रह समेत गरे ।

नेपाल राष्ट्र बैँकका अनुसार गत वर्ष मात्र नेपालमा रु २६ अर्बको सुन आयात भएको थियो । एकातर्फ सुनको भाउ वृद्धि भइरहदा पनि यसको कारोबार गर्ने व्यवसायीहरूको सङ्ख्यामा कमी आएको छैन ।

नेपालमा सुनसँग सम्बन्धित करिब ५० हजार कालिगड रहेका छन् । सो नियमावलीमा गरगहना, शुद्ध सुन चाँदी, पत्थर, ज्याला, गुणस्तर, जर्ती, नापतौल आदिका बारेमा परिभाषा गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनःले सुन व्यवसायलाई थप पारदर्शी बनाउन सरकार भन्दा व्यवसायी लाग्नुपर्ने बताए ।

नेपाल राष्ट्र बैँकका गभर्नर डा युवराज खतिवडाले सुनको आयात वृद्धि हुनु चिन्ताको विषय रहेको धारणा राखे ।

नेपाल रत्न तथा आभुषण सङ्घका रमेश महर्जनले नियमावलीलाई संशोधन गर्न माग गरेका थिए ।

 

प्रकाशित मिति: २०६९ पुस २६ ०५:०९


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication