स्वास्थ्य चौकी लुट्दै गर्दा पक्राउ

(1 Vote)

काभ्रे, पुस २६ - नाग्रेंगगचे ४ स्थित स्वास्थ्य चौकी लुट्दै गर्दा गाउँलेले लुटेरालाई नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीलाई बुझाएका छन् । बुधवार राति स्वास्थ्य चौकी लुट्दै गर्दा घेरा हालेर गाउँलेहरुले ५ लुटेरालाई नियन्त्रणमा लिएका थिए । ३ जना  लुटेरा फरार भएका छन् ।

'गाउँलेले लुटेरालाई नियन्त्रणमा लिई कारवाहीको लागि हामीलाई बुझाएका छन्' प्रहरी नायव उपरीक्षक कृष्णजी अधिकारीले भने 'फरार रहेका लुटेराहरुको खोजिमा प्रहरी परिचालन गरिसकेका छौ ।' पक्राउ परेका लुटेराबाट ५ थान खुकुरी, ७ वटा मोवाइल र नगद ६ हजार ५ सय रुपैयाँ बरामद भएको उनले बताए ।

पक्राउ पर्नेमा मिल्चे ८ का २३ बर्षे बिक्रम सोराली मगर, चितवन जुटपानी ३ का १९ बर्षे उत्तम अधिकारी, दोलखा ज्याकु ४ का २३ बर्षे रामचन्द्र कार्की, बनेपा ६ का २३ बर्षे सुजन श्रेष्ठ र धादिङ सिंमजुङ १ का २४ बर्षे बुद्धिमान तामाङ रहेका छन् ।

 

प्रकाशित मिति: २०६९ पुस २६ ०९:०९


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication