दसैंमा उडान थप

(0 Votes)
airlines

काठमाडौ, कार्तिक ६ - दसैं मान्न राजधानीबाट बाहिरिने यात्रुलाई सहज सुविधा दिनका लागि आन्तरिक उडान गर्ने विमान कम्पनीहरूले उडान संख्या थप गरेका छन् ।

अठत्तर नियमित उडान गरिहेको नेपाल वायुसेवा निगमले ३५ भन्दा बढी उडान दसैंका लागि थप गरेको छ । निगमले भोजपुर र लामिडाँडामा सबैभन्दा बढी ७/७ उडान थप गरेको छ । त्यसपछि जोमसोम चार र जुम्ला ३ उडान थप गरेको छ ।

अन्य गन्तव्यमा खानीडाँडा, खामखर्क, कंगेलडाँडा, फाप्लु र चौरजहारी २/२ अतिरिक्त उडान भइरहेको निगमका मदन खरेलले बताए । 'दुई उडान थप भएका गन्तव्यमा बिहानमात्र उडान सम्भव भएकाले थोरै मात्र थप्न मिलेको हो,' उनले भने । बाजुराका लागि एक उडान थप गरिएको उनले बताए ।

निगमले असोज २७ देखि कात्तिक ७ गतेसम्म थपिएका उडान संचालन गर्ने छ । त्यस्तै तारा एयरले लामिडाँडा, फाप्लु, सिमिकोट, बाजुरा, जुम्ला र डोल्पाका लागि एक/एक उडान थपेको छ । यी सबैमा ताराले साताको एक उडान गर्नेमा अब दसैंंसम्म २/२ उडान हुने बजार व्यवस्थापक मन्जनी श्रेष्ठले बताइन् । यो समयमा एकतर्फी भारमात्र हुने भएकाले एकभन्दा बढी उडान थप गर्न नसकिएको उनको भनाइ छ । बुद्ध एयरले विराटनगरका लागि २ र यतिले १ उडान थपेका छन् । त्यस्तै बुद्धले भद्रपुरका लागि ७२ सिटे जहाजको एउटा उडान यसअघि नै थपेको थियो ।

सडक पहुँच भएका स्थानमा बसबाट गए पनि पहाडी जिल्लामा हवाई सेवा एउटै मात्र माध्यम हो । यसलाई मध्यनजर गरी नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालक संघको सहमतिमा ट्रंक रुटका चाप बढी हुने क्षेत्रमा उडान थप गरिने निर्णय भएको थियो । यसअनुसार भद्रपुर र तुम्लिङटारमा घटस्थापना अगाडिसम्म बुद्ध र यतिले अतिरिक्त उडान गरेका थिए ।

प्राधिकरण र संघको समन्वयमा कणर्ाली क्षेत्रका लागि सिता र ताराले एक/एक जहाज नेपालगन्ज या सुर्खेत बेसमा राख्ने निर्णय भएको थियो । त्यस्तै पोखरा बेसमा तारा र अग्निको नियमित उडानबाहेक ताराको एउटा जहाज राखिएको संघले जनाएको छ । चाडपर्वका बेला यात्रुलाई समस्या नहोस् भनेर यस्तो निर्देशन दिइएको हो । यसपालि पहिलेजस्तो चाप नभएकाले तुलनात्मक रूपमा कम उडान थएकिो विमान कम्पनीहरूको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका लागि तयार जहाजहरू ।                                                       फाइल तस्बिर/कान्तिपुर

 

प्रकाशित मिति: २०६९ कार्तिक ६ ११:१६


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication