टुटेको मनले पायो साथ

(0 Votes)
Hollywood

लस एन्जल्स (एजेन्सी), आश्विन ९ - नायिका केट होल्म्सका लागि पछिल्ला दिन उतारचढावमा बितिरहेका छन् । नायक पति टप क्रुजसँगको विच्छेदले विक्षिप्त बनिरहेकी केटले नयाँ सम्बन्धको रूपमा पुरानो साथी पाएकी छन् ।

सन् १९९८ देखि पाँच वर्ष चलेको टीभी सिरियल 'डाउसन्स क्रिक' की नायिका केटले त्यसकै को-स्टार जोसुआ ज्याक्सनलाई प्रेमीका रूपमा पाएकी छन् । त्यसो त ज्याक्सन उनका पूर्वप्रेमी पनि हुन् । केटले छोडेर क्रिस हुँदै टमसम्मको सम्बन्धमा दौडिएपछि ज्याक्सनले पनि जर्मन नायिका डायन क्रुगरसँग लामो समय बिताए । यतिबेला पुनः पुरानी प्रेमिका फर्किएर आएपछि भने उनले आफू रोमाञ्चित भएको बताएका छन् । केटले उनलाई डिभोर्स भइसकेपछि साथ दिन आग्रह गरेकी थिइन् ।

'पुरानो साथीजस्तै गरी हाईहेलो भयो । अनि सन्चो/बिसन्चोसँगै के भइरहेको छ भन्नेबारेमा खबर आदानप्रदान भयो,' ज्याक्सनले केटसँगको कुराकानीका बारेमा उल्लेख गर्दै भने, 'त्यो क्षण वास्तवमै क्रेजी थियो । उनले मसँग बच्चा छ भनिन् । मैले पनि डिभोर्सको कुरा सुनेको बताएँ ।' उनले केटसँगको पुनर्मिलनका बारेमा आफूले सधैं सोच्ने गरेको पनि यतिबेला खुलासा गरेका छन् । केटले भने नयाँ सम्बन्धका बारेमा अहिल्यै केही खुलाइसकेकी छैनन् ।

प्रकाशित मिति: २०६९ आश्विन ९ ०९:४८


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication