क्रिस्टिनले पाइन् माफी

(1 Vote)
Hollywood

लस एन्जल्स (एजेन्सी), आश्विन २ - ब्वाइफ्रेन्ड रोबर्ट प्याटिन्सनको आँखा छलेर परपुरुषसँग रोमान्स गर्दै गरेका तस्बिरहरू पापाराजीले सार्वजनिक गरिदिएपछि क्रिस्टन स्टेवार्ट आपतमा परिन् । विवाहित फिल्म निर्देशक रुपर्ट स्यान्डर्ससँग आवेशमा आएर गरेको रोमान्सले प्रेमीकै साथ गुमाउनुपरेपछि उनले विगत डेढ महिनायता प्रायश्चित्तमा बिताइन् ।

'ट्वाइलाइट' जोडीमा एकाएक बोल्ती बन्द भयो । पक्ष/विपक्षमा फ्यानहरूमा ध्रुवीकरण निम्तियो । तर घुर्की र गुनासाका बाबजुद रोबर्टले क्रिस्टनका 'मूर्ख गल्ती' लाई हालै माफी दिँदै जोडीका रूपमा पुनः सकारेका छन् ।

बेलायती म्यागजिनले भनेको छ, 'उनीहरू एक-अर्काबिना रहन नसक्ने निष्कर्षमा पुगेपछि सम्बन्धलाई कायमै राखेका हुन् ।' यसअघि क्रिस्टनले रुपर्टसँगको रोमान्सलाई जिन्दगीकै ठूलो गल्ती मान्दै आफू अझै पनि रोबर्टकै मायाको भोको रहेको अनुनय गरिरहेकी

थिइन् । तर धोका खाएका रोबर्ट भने क्रिस्टनसँगको 'लिभिङ टुगेदर' सम्बन्ध तोड्दै घर छोडेर हिँडेका थिए । आखिर २२ वर्षीया सुन्दर क्रिस्टनको मनले रोबर्टलाई पगाली छाड्यो । 'रोबर्टले यसलाई क्रिस्टनले गरेको मूर्ख गल्तीका रूपमा लिए । लामो समयसम्म भएको रोनाधोना सहितको कुराकानीपछि दुवै सँगै रहने निष्कर्षमा पुगेका हुन्,' घटनाको जानकार एकले भने ।

अब भने उनीहरू पुनः लस एन्जल्समा रहेको पहिलेको फ्ल्याटमा बस्न राजी भएका छन् भने 'ट्वालाइट' शृखंलाको अन्तिम फिल्म 'बे्रकिङ डाउन २' को रेड कार्पेट पि्रमियरमा पनि सँगै आउने भएका छन् । दुवै पुनः जोडिएपछि भने उनीहरूका फ्यानमा खुसी छाएको छ । तर उनीहरूले भने अझै आधिकारिक रूपमा आफ्ना फ्यानलाई केही भनिसकेका भने छैनन् । द सनले भनेको छ, 'यतिबेला उनीहरू आफैंले एक-अर्कालाई बुझ्ने प्रयास गरिरहेका छन् ।'

प्रकाशित मिति: २०६९ आश्विन २ १०:४४


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication