सकिन्द्रलाई १२ लाख रुपैया सहयोग
सोल, फाल्गुन १८ - बोनम्यारोको अभावमा सोलस्थित सेभरान्स अस्पतालमा उपचार गराईरहेका तेह्रथुम सोल्माका सकिन्द्र सुब्बालाई १ करोड ५० लाख वन (करिब १२ लाख रुपैया) सहयोग गरिएको छ । किम्हे माईग्रे न्ट चर्चका पास्टर यज्ञराज सुबेदीको अनुरोधमा केबीएस टीभी च्यानलले दुई महिनासम्म एआरएस् कल मार्फत सो रकम संकलन गरेको थियो । टीभीको क्षेत्रीय प्रसारण केन्द्र छाङवनमा शुक्रबार सुब्बाका दाइ दिलबहादुर सुब्बालाई पास्टर सुबेदी र टीभिका पदाधिकारीहरुले संयूक्त रुपमा हस्तन्तरण गरेका थिए ।
आर्थिक अभावका र बोनम्यारो नमिलेका करण बिगत एक बर्षदेखि सुब्बा अस्पताल शैयामा रहेका छन् । आफन्तको बोनम्यारो मिल्न सक्ने अस्पतालले जनाएपछि छ महिनाअघि मलेसियाबाट सुब्बाको दाइ आए पनि बोनम्यारो नमिलेको परीक्षणबाट थाहा भएको थियो । उक्त अस्पतालले अमेरिकास्थित बोनम्यारो संग्र्राहलयमा सम्पर्क गरिरहेको र मिल्ने पाइए करिब ८० लाख रुपैया खर्च लाग्ने अस्पताल श्रोतले जनाएको छ । सेभरान्स कोरियाकै महङगो अस्पताल हो ।
उनको प्राण बचाउन यसअघि पत्रकार महासंघ सहित यहा कार्यरत दर्जन संघसस्थाले अभियानको रुपमा सहयोग संकलन गरेका थिए । सुब्बा दुई बर्षअघि ईपीएस मार्फत छाङवनमा रहेको सुसाङ नामक आल्मुनियम कम्पनीमा रोजगारी गर्न कोरिया आएका थिए । पास्टर सुवेदीले आर्थिक सहयोग गरेर सुब्बाको प्राण रक्षा गर्न संसारमा रहेका नेपालीहरुलाई अनुरोध पनि गरेका छन् ।
प्रकाशित मिति: २०६९ फाल्गुन १८ ०७:५२










तपाईंको प्रतिकृया