राजतन्त्र स्थापित गर्न तीन दलको सहमति भएको उपेन्द्र यादवको दाबी
निजगढ , फाल्गुन १८ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलको सत्ता मोहको सिन्डिकेटले मुलुक संकटमा फसेको बताएका छन् ।
बाराको कलैयामा मधेसी किसान फोरमको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले तीन दल राजतन्त्र स्थापित गर्ने षड्यन्त्रमा लागेकोसमेत आरोप लगाए । उनले भने 'संघीयता समाप्त पार्ने र संवैधानिक राजतन्त्रलाई स्थापित गर्ने षडयन्त्र अन्र्तगत तीन दलको सहमति भएको हो ।'
लोकतान्त्रिक व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलग अलग रहने विश्वव्यापी मान्यता हुँदा हुँदै एउटै व्यक्तिलाई कार्यपालिका र न्यायपालिकाको जिम्मेवारी दिन नमिल्ने भए पनि जबर्जस्ती दिएर संघीय गणतन्त्र समाप्त पार्न खोजेको उनको भनाई थियो । 'यिनै षड्यन्त्रपूर्वक खेलले मुलुक संकटमा फसेको छ,' उनले भने ।
प्रकाशित मिति: २०६९ फाल्गुन १८ ०६:३०










तपाईंको प्रतिकृया