पुरस्कार भन्दा लडेको चर्चा (फोटोफिचर)

(1 Vote)
jenifor lawrence

काठमाडौ, फाल्गुन १८ - ओस्कार अवार्डको ८५ औं संस्करणमा चलचित्र सिल्भर लाइनिङ प्लेबुककी २२ बषर्ीया नायिका जेनिफर लरेन्सको लागि अविष्मरणीय क्षण थियो । आफूले उत्कृष्ट नायिकाको अवार्ड पाएको घोषणा हुनासाथ आत्तिएकी उनी पुरस्कारको लागि स्टेजमा उक्लन खोज्दा लडिन् । उनको त्यही लडाईले उनको पाएको पुरस्कारको चर्चालाई ओझेलमा पार्लाझैं भएको छ ।

स्टेजमा चढ्न खोज्दा उनी लडेको, सम्हालिएर उठेको र कलाकार डुन डुजार्डिनको हात समातेर स्टेज उक्लिकएको तस्वीर विश्वभरका संचारमाध्यममा छाएको छ ।  सेतो गाउनमा पुरस्कार लागि पुगेकी सुन्दरी नायिका भर्‍याङमा लड्दा उनलाई केही चोट लागेको भने छैन् । तर, पुरस्कार पाएको खुशीमा आत्तिदै स्टेज उक्लिन खोजेकी जेनिफरले पुरस्कार पाएपछि भने लडेपछि माफी मागेकी थिइन् ।

फागुन १३ गते क्यालिफोर्नियामा भएको पुरस्कार समारोहमा भएको यो घटनाको २ दिनपछि मात्रै यो तस्वीर पार्वजनिक भएको थियो ।

 

 

फोटो स्रोत : एजेन्सी

प्रकाशित मिति: २०६९ फाल्गुन १८ ११:२४


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication