सहमति नजिक पुग्यौं : दलहरु
काठमाडौ, फाल्गुन १८ - चुनावी सरकार गठनबारे छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका दलका नेताहरुले सहमति नजिक पुगेको दाबी गरेका छन् । राष्ट्रपतिसँगको छलफलबाट बाहिरिएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाओवादी नेता कृष्णबहादुर महराले दलहरु सहमति नजिक पुगेको दाबी गरे ।
राष्ट्रपतिसागको भेटमा नेताहरुले दलहरुबीच भएको पछिल्लो सहमतिबारे जानकारी गराएका थिए । दलहरुले फागुन २४ गते अघि नै प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने तयारी गरिहेका छन् ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रक्रिया खारेजीको माग गर्दे सर्वोच्च अदालतमा परेको रिटको फागुन २४ गते सुनवाई हुादैछ । सुनुवाई अघि नै सरकार गठनको तयारीमा दलहरु लागेका छन् । तर, मधेश केन्द्रीत दलहरुले राख्दै आएका नागरिकता, मतदाता नामावली, सत्यनिरुपण तथा बेपत्ता खोजबिन आयोग, सेनामा समायोजित लडाकुको दर्जा निर्धारणजस्ता विवादका कारण दलहरुको सहमति टुंगोमा पुग्न सकेको छैन् ।
.........................................
शिर्ष नेता शितल निवासमा
प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रक्रिया खारेजीका लागि परेको रिटमा सर्वोच्च अदालतले बिपक्षीको नाममा लिखित आदेश माग गरेर फागुन २४ गतेको लागि इजलाश सारेको थियो । दलहरुले सर्वोच्चको इजलाश अघि नै सरकार गठनको तयारी गरेका हुन् ।
यसअघि शिर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा सरकार गठनबारे छलफल गरेका थिए । राष्ट्रपतिसँगको छलफलपछि आज बेलुका प्रमुद दलहरुबीच चुनावी सरकार गठनबारे पुन: छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति: २०६९ फाल्गुन १८ १०:४२










तपाईंको प्रतिकृया