टि्वटरको म्यासेज इमेलमा
काठमाडौ, फाल्गुन १५ -
सोसियल नेटवर्किङ साइट टि्वटरले एउटा यस्तो नयाँ फिचर सार्वजनिक गरेको छ, जसको मद्दतले म्यासेज स्टि्रममा रहेका 'टवीट्स' हरूलाइ सीधै इमेलमार्फत एकसाथ कैयौं मानिसलाई पठाउन सकिनेछ। टि्वटरले हालै मात्र विकसित गरेको यो नयाँ फिचर सार्वजनिक भैसकेको छ। यसलाई गुगलको एन्ड्रोइड सफ्टवेयरमा आधारित स्मार्टफोनहरूमा प्रयोग गर्न सकिन्छ। टि्वटर डट कमबाट सीधै कुनै पनि टि्वटलाइ ईमेल गर्न सकिन्छ। यो फिचर टि्वटरका सबै सदस्यलाई उपलब्ध गराइनेछ।
प्रकाशित मिति: २०६९ फाल्गुन १५ ०१:३५










तपाईंको प्रतिकृया