मन्त्री ढकालद्वारा शिखर सम्मेलनमा सम्बोधन
सोल, फाल्गुन १७ - सहकारी तथा गरिवी निवारण मन्त्री एकनाथ ढकालले दक्षिण कोरियाको राजधानीमा भएको शान्ति सुरक्षा र मानवीय विकास विश्व सम्मेलनलाई सम्बोधन गरेका छन् ।
नेपाली टोलीको नेतृत्व गर्दै आएका उनले एसिया प्यासिफिक विश्वको सवैभन्दा बढी जनसंख्या रहेको र उदाउँदो अर्थतन्त्र भएकाले शान्ति सुरक्षा र मानवीय विकासका लागि यस क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे । उनले चीन अमेरिकाको एकमात्र प्रतिस्पर्धी रहकाले दुई राष्ट्रबीचको सहकार्य शान्तिका लागि अपरिहार्य रहेको बताए ।
मन्त्री ढकालले लोकतन्त्रको विश्वब्यापी मान्यता, मानव अधिकारको पालना गर्दै राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुनेमा जोड दिए । नेपाल असंलग्न परारष्ट्र नीतिमा रहेको उल्लेख गर्दै उनले सवै मुलुकसँग मित्रवत् सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको बताए ।
सम्मेलनका क्रममा मन्त्री ढकालले विभिन्न देशका राष्ट्रप्रमुखसँग भेट गरेका छन् ।
प्रकाशित मिति: २०६९ फाल्गुन १७ १२:२४










तपाईंको प्रतिकृया