केशव स्थापित हटाइए

  • पाँच जनाको मुद्दा फिर्ता

(1 Vote)
keshav sthapit

काठमाडौं, माघ ४ - सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त केशव स्थापितलाई अवकास दिई योगेश्वरकृष्ण पराजुलीलाई पाँच वर्षका लागि नियुक्त गरेको छ । स्थापित ९ महिनाअघि मात्र नियुक्त भएका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थापितलाई हटाएको हो ।

सन्तोषजनक काम गर्न नसकेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई हटाउने तयारीस्वरुप मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा संयोकत्वको छानबिन समिति गठन गरेका थिए ।  नौ महिनासम्म कुनै पनि काम नगरेको भनी समितिले प्रतिवेदनमा उल्लेख गरेपछि उनलाई हटाइएको हो ।

सहरी विकासमन्त्री समेत रहेका प्रधानमन्त्री भट्टराईले यसअघि स्थापितलाई मौखिकरूपमै राजीनामा दिन निर्देशन दिएका थिए । तर स्थापितले कुनै पनि हालतमा आफू राजीनामा नदिने अडान लिएका थिए ।

आफूलाई पूर्ण अधिकार नदिएको भन्दै स्थापित पनि विगत पाँच महिनादेखि प्रधानमन्त्रीदेखि असन्तुष्ट बन्दै आएका थिए । स्थापित केही दिनदेखि कार्यालय जान छाडेका थिए ।

पाँच जनाको मुद्दा फिर्ता

सरकारले सत्तारूढ माओवादीका विशालजंग साहसमेत पाँच जना कार्यकर्ताको हत्याको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । माओवादी नेतृत्वको सरकारले राजनीतिक आग्रहका कारण उनीहरूमाथि ज्यान मुद्दा लगाइएको दाबी गर्दै हत्यामा जस्तो गम्भीर अपराधमा संलग्न आफ्ना पार्टी कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिए । साहसति पाँच जनाको मुद्दा दाङी जिल्ला अदालतमा विचाराधीन छ ।

सेनामा अब विकास महानिर्देशनालय

अब सरकारले सेनाको राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयलाई महानिर्देशनालय बनाउने निर्णय गरेको छ । जंगी अड्डाको प्रस्तावमा सहायक रथीको सट्टा उपरथी प्रमुख रहने गरी राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयलाई महानिर्देशनालय बनाउन लागिएको हो । विकास निर्माणको काममा आवश्यक जनशक्तिसहित सेनाको प्राविधिक क्षमता बढाउन महानिर्देशनालय बनाइएको जानकारी एक सैनिक अधिकारीले दिए ।

मन्त्रिपरिषदले राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयलाई महानिर्देशनालय बनाउन आवश्यक दरबन्दी र दर्जा स्वीकृत गरेको जानकारी वनमन्त्री झाले दिए ।

मेडिकल कलेज जग्गा प्रदान

सरकारले धनढीमा सुदूरपश्चिमाञ्चल मेडिकल कलेज स्थापना गर्न ५१ द्यशमलब ८२ हेक्टर वन क्षेत्रको जमिन ३० वर्षका लागि भोगाधिकार गर्न दिने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: २०६९ माघ ४ ०९:०६


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication